Wednesday, June 26, 2019

नक्कली शिक्ष्Fक प्रकरणः सरोकारवाला सबैलाई अख्तियारले बोलायो

प्रस, वीरगंज, ११ असार/
    पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकामा रहेका सामुदायिक विद्यालयहरूमा नक्कली शिक्ष्Fक नियुक्ति प्रकरणमा अख्तियारले अनुसन्धान लम्ब्याएको छ ।
    अख्तियारको हेटौंडा कार्यालयले छानबीन गरेको यो घटनामा अहिले केन्द्रले छानबीन गर्दै घटनासँग आबद्ध सबैलाई बयानको लागि अख्तियारमा बोलाएको छ । पहिलो चरणमा असार १ गतेदेखि ३ गतेसम्म गापा अन्तर्गतका ३० वटा सामुदायिक विद्यालयका प्रअहरूलाई चौमासिक माग फारम, बैंक स्टेटमेन्ट, नियुक्तिपत्र, समर्थनपत्र र टिप्पणी आदेशसहित हाजिर गराएर बयान लिएको अख्तियारले अहिले सोही प्रकरणमा नियुक्ति पाएका शिक्षक, नियुक्त गर्न निर्णय गर्ने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, सदस्य, निर्णयमा सहभागी शिक्ष्Fा समन्वय समितिका प्रतिनिधिसमेतलाई असार १५ गतेदेखि विभिन्न मितिमा हाजिर हुनको लागि तारेख दिइएको स्रोतले जनाएको छ ।
    यसैबीच अख्तियारले छानबीन गरिरहेको कारण अहिले सो गापाका सक्कली शिक्ष्Fकहरूले समेत चौमासिक तलब, पोशाक भत्ता पाउन सकेका छैनन् । चैतदेखि असारसम्मको अन्तिम चौमासिक तलब जेठ मसान्तसम्म बुझिसक्नुपर्नेमा सो गापाले कुनैपनि शिक्ष्Fकलाई तलब सुविधा उपलब्ध गराएको छैन ।
    यसैगरी प्रत्येक वैशाखमा वार्षिकरूपमा दिइने पोशाकबापतको रु १० हजार पनि सक्कली शिक्ष्Fकहरूले पाएका छैनन् । पर्सा जिल्लाको १४ वटा स्थानीय तहमध्ये जगरनाथपुरबाहेक सबैले यो सुविधा उपलब्ध गराइसकेको बुझिएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us