Friday, June 14, 2019

रावणपछि विभीषणको के भयो होला ?

सञ्जय मित्र
    रामराज्य स्थापनापश्चात् रामलाई चारैतिर मर्यादा पुरुषोत्तम भन्न थालिएको थियो उनकै जीवनकालमा । रामले राजकाजसम्बन्धी अनेक मर्यादा स्थापित गरेका थिए । अनेकौं मान्यता पनि उनले स्थापित गर्न सकेका थिए । शुरूमा राजकाजमा उति धेरै रुचि नदेखाए पनि सबै भाइहरूको सहयोगले राम सम्राट नै बनेका थिए । तत्कालीन अवस्थामा रावणमाथिको विजयले रामको नाम विश्वभर पैmलिएको थियो । वास्तवमा आप्mनो युगमा रावण विश्वकै शक्तिशाली शासक थिए । रावणले आप्mनो पूजा गराउन शुरू गराइसकेका थिए । रक्ष संस्कृतिका संस्थापकको हैसियतमा उनको नाम र मान विश्वमैं चम्किएको थियो तर रावणको साख्खै भाइ विभीषणको सहायताले रावणमाथि विजय प्राप्त गरेपछि रावणप्रतिको आस्था र श्रद्धामा निकै ¥हास आयो । रावणको यश एकैचोटि समाप्त त भएन किनभने आजपर्यन्त रावणको पूजा भइरहेको छ तर उनको ख्याति निकै साँघुरिन पुग्यो ।    विभीषणले सहयोग नगरेका भए रामले रावणमाथि विजय प्राप्त गर्न सक्थे कि सक्दैनथे, त्यसै भन्न सकिन्न तर रामको पराजय भएको भए विभीषणको के हुन्थ्यो भन्ने कुराको अनुमान सजिलै गर्न सकिन्छ । विभीषणले आप्mनो भविष्यको अनुमान लगाएरै हुनुपर्छ रामलाई सबै किसिमले सबै किसिमको सहयोग गरेको ।
    रामले लङ्कामाथि विजय प्राप्त गरेपछि आप्mनी पत्नी सीतालाई लिएर अयोध्या फर्कन्छन् । लङ्कामाथि विजय प्राप्त गर्दासम्म रामको चौध वर्षको वनवासको अवधि करीब समाप्त भइसकेको थियो । रामको राजतिलक हुने निश्चित थियो । यस कारण लङ्कामाथि विजय प्राप्त गरेपछि रामको राजतिलक समारोहमा सहभागी हुन रामका मित्र राजा सुग्रीव र लङ्कापति विभीषण पनि आएका थिए । रामको विजयमा दुवैजनाको विशिष्ट योगदान थियो । रामको राजतिलकमा दुवैजनाले निकै सम्मान पनि प्राप्त गरे । केही समय अयोध्यामैं बिताएपछि राजतिलकमा सहभागी सबै राजाहरू आआप्mनो राज्यतिर फर्के । सुग्रीव र विभीषण अभैm केही दिन राजकीय सम्मानका साथ बसे र आप्mनो राजकाज पनि हेर्नुपर्ने भएकाले फर्के ।
    लङ्काको तत्कालीन राजधर्म राक्षस–धर्म थियो । रावणले स्थापना गरेको रक्ष संस्कृति चाहिं आर्य र राक्षसको सम्मिश्रण थियो । अयोध्याबाट लङ्का फिर्ता आएपछि विभीषणले राक्षस–धर्मलाई त्यागे । विभीषण आर्य धर्मबाट दीक्षित भए ।
    रामले नै विभीषणलाई राजा बनाएका थिए । विभीषण रामप्रति कृतज्ञ थिए । केही समयपछि विभीषणले जब सुने कि रामले एकसाथ दुई छोरा पाएका छन्, उनी अति प्रसन्न भए । लङ्काभन्दा निकै टाढा तर रावणको समयदेखि लङ्काको अधीनमा रहेको शिवदानद्वीपको नाम नै परिवर्तन गरेर विभीषणले कुशद्वीप राखे ।
    लङ्काको राजा भएपछि लङ्कालाई यथावत् मात्र सञ्चालन गर्न मुस्किल थियो । रावणका धेरै थितिलाई विभीषणले तोडे, बदले र नयाँ थिति बसाले । नयाँ थिति धर्मानुकूल थियो । रावणका विरोधीहरूलाई सम्मान दिए । बचेखुचेका आफन्तलाई पनि योग्यता र दक्षतानुसारको मान, पदवी तथा सम्मानले अलङ्कृत गरे । उनले दाइ रावणलगायत आप्mना सम्पूर्ण आफन्त गुमाइसकेका थिए । वास्तवमा उनी राजा भएकामा निकै दुःखी पनि थिए । आफन्तजति सबै गुमाएर उनले बाध्यतावश राज्य सम्हाल्नुपरेको थियो ।
    मेघनादकी पत्नी सुलोचना आप्mनो पतिसँगै मरिन् । राक्षसहरूमा सतीप्रथा थियो कि थिएन भन्ने विषय नै बहसको अर्को पाटो हो । तर मेघनादको मृत्युपछि उनकी श्रीमती जीवित रहिनन् । रावणपत्नी मन्दोदरी भने बाँचिरहिन् । विभीषणले आर्य धर्म स्वीकार गरेपछि मन्दोदरीले पनि यसै धर्मलाई स्वीकार गरिन् । उदार स्वभावकी मन्दोदरीले पतिको रूपमा विभीषणलाई वरण गरिन् ।
    राम–रावण युद्धमा लङ्काका करीब सबै राक्षस योद्धा मारिइसकेका थिए । लङ्कामा युवा पुरुषको अभावजस्तै भइसकेको थियो । रामको विजयपछि लगत्तै बचेखुचेका युवा पनि डरले पलायन भइसकेका थिए । विभीषण समर्थक लङ्कामा निकै कम थिए । लङ्कामा विभीषणको कल्याण चाहने कम थिए वा छँदै थिएनन् ।
    युद्धमा लङ्का एक किसिमले ध्वस्त भइसकेको थियो । युद्धमा लङ्काको जन अर्थात् मानवशक्तिको मात्र क्षय भएको थिएन । धनको पनि यति धेरै क्षय भएको थियो कि लङ्काको तत्काल पुनर्निर्माण सम्भव थिएन । राक्षसको विश्वास पनि विभीषणमाथि थिएन । सर्वसाधारण लङ्कावासी विभीषणलाई सकारात्मक नजरले हेर्दैनथे । वास्तवमा राजकीय औपचारिक र प्राविधिक सम्मानबाहेक विभीषणप्रति प्रतिष्ठाको नजरले हेर्ने दृष्टिकोणको अभाव थियो सर्वसाधारणमा ।
    विभीषणको अभ्यन्तरमा कुलघातीको अपराधबोध थियो । लङ्कावासीले उनको सम्मान डरले गरिरहेको र अभ्यन्तरमा सम्मान नरहेको उनले राम्ररी बुझेका थिए । लङ्कापति हुनु उनको बाध्यता मात्र थियो । तत्कालीन परिवेश अनुसार उनी राजपाट छाडेर स्वतन्त्र पनि हुन सक्दैनथे । आप्mनो छोरालाई पनि राजा बनाउन सक्दैनथे ।
    अरूको मनको पीडा बुभ्mन सक्ने क्षमतावान् विभीषणको मनको पीडा बुझिदिने कोही भएनन् । मन्दोदरीले भने सधैं ढाडस दिइरहन्थिन् । चिन्ता र पश्चात्तापको अग्निमा निरन्तर जलिरहेका विभीषण चाहिं भित्रैदेखि खोक्रो भइसकेका थिए । घण्टौं पूजापाठ गरिरहन्थे, आप्mनै मनको शान्तिको लागि । राजकाजको काममा लागिरहँदा उनले केही शान्ति पाउँथे तर एकान्तमा पर्नासाथ उनको मन भने विचलित हुन छोड्दैनथ्यो ।
    आफन्तहन्ताको पीडाबोधको अग्निज्वालामा भित्रभित्रै जलिरहेका राजा विभीषणको उमेर पनि भइसकेको थियो । लङ्काको राजाको रूपमा उनी धेरै समय बाँच्न पाएनन् । उनका उत्तराधिकारी पनि कमजोर नै रहे । विभीषण वंशको प्रताप–सूर्य लङ्काको आकाशमा धेरै कालसम्म प्रज्ज्वलित भइरहेको पाइन्न ।
    विभीषणको अन्त्यपछि पनि उनलाई लङ्कावासीले सम्मान गरे कि गरेनन्, शोधको विषय हो । किनभने विभीषणको पूजा गरिएको पाइन्न तर रावणको पूजा अहिले पनि केही जातिले गरेको पाइन्छ ।
    सामान्यतया रामायणमा विभीषणको जुन शालीन व्यक्तित्व देखाइन्छ, त्यो रामको तर्पmबाट तटस्थ भएर हेर्दा पनि उत्तम लाग्छ । उनले गर्नैपर्ने कर्तव्य निर्वाह गरेका छन् जस्तो अनुभूति हुन्छ तर उनी लङ्काका थिए । युद्धभन्दा पहिलेदेखि युद्धको समाप्तिसम्म विभीषणप्रति लङ्कावासीको जुन धारणा बनेको थियो, त्यो धारणा उनी राजा बनेपछि वा उनको जीवन शेष भएपछि पनि सकारात्मक हुन सकेको पाइँदैन ।
    विभीषण पौराणिक पात्र हुन् । मुख्य गरी रामायणमा उनको विषयमा प्रकाश पारिएको छ । यसमा उनलाई निकै सकारात्मक भूमिका खेलेको वर्णन छ । पाठकको सहानुभूति उनीसितै हुन्छ । रावणको जीवनचरित्र लेखिएका ग्रन्थहरूमा विभीषणलाई झन् नकारात्मक पात्रको रूपमा लिइएको छ । राम र रावण दुवैमध्ये कसैप्रति पनि अनुराग नराखी लेखिएका तटस्थ कृतिहरूमा भने विभीषणको जीवन चरित्रलाई सकारात्मक र नकारात्मक दुवै पाटोबाट मूल्याङ्कन गर्ने प्रयास गरिएको छ ।
    यद्यपि हाम्रो समाजमा भने रावणप्रति नकारात्मक र विभीषणप्रति सकारात्मक सामान्य दृष्टिकोण रूढ नै बनिसकेको छ ।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us