Thursday, June 20, 2019

उद्योगले प्रदूषित श्रीसिया, महानगरको अघोषित डम्पिङ साइट बन्दै

प्रस, वीरगंज, ५ असार/
    वीरगंज महानगरपालिकाले श्रीसिया नदीलाई अघोषित डम्पिङ साइटको रूपमा प्रयोग गर्दै आएको छ ।
    पर्सा, बाराको उद्योगहरूको कोपभाजनको शिकार भएको श्रीसिया नदी पछिल्लो समयमा वीरगंज महानगरपालिकाको अघोषित डम्पिङ साइट बनेको छ । श्रीसिया नदी बगेको रामराज पुल, श्रीपुर, रानीघाट, आदर्शनगर, छपकैया र इनर्वा क्षेत्रमा वीरगंज मनपा अन्तर्गतका वडासमेतले फोहर फाल्ने अघोषित डम्पिङ साइट बनाएका छन् ।
    वीरगंज मनपाबाट दैनिक ७० मेट्रिक टनको हाराहारीमा फोहर सङ्कलन हुन्छ । यी फोहर वीरगंज महानगरमा परिणत भइसक्दा पनि श्रीसिया नदीमा फालिंदै आएको छ । फोहर नदीमा फाल्नु अघि वीरगंज मनपाले फोहरलाई जथाभावी खाल्डाखुल्डीमा पुर्ने, सडक पेटीमा फाल्दै आएको थियो ।
    भन्सार क्षेत्र, बाइपास, इनर बाइपासलगायत क्षेत्रमा वीरगंजमा सङ्कलित फोहर फाल्दै आएको मनपाले पछिल्लो समयमा श्रीसिया नदीमा फोहर फाल्ने क्रम शुरू गरेको हो । अहिले फोहरको कारण श्रीसिया नदीको प्रदूषण झनै बढेको छ । श्रीसिया नदी बचाऊ आन्दोलन हाँक्दै आएका रक्सौलका प्राडा अनिल सिन्हाले आप्mनो वडामा मात्रै श्रीसिया नदीको प्रदूषणको कारण विभिन्न रोग लागेर २० भन्दा बढी मानिसको मृत्यु भएको दाबी गरेका छन् । १० वर्ष अघि शुरू गरेको आन्दोलनमा श्रीसियाको प्रदूषणबाट कलेजो, क्यान्सरबाट पीडित भएर आप्mनो वडामा मात्र २० जनाको मृत्यु भएको उनले बताए ।
    उनले पर्सा, बाराको उद्योगबाट निस्किने फोहरका कारण दशर्कौदेखि प्रदूषणको शिकार भएको श्रीसिया नदी जोगाउने कुरामा वीरगंजका मेयरले आप्mनो घोषणापत्रमा प्रतिबद्धता जाहेर गरेको भएपनि उनकै कार्यकालमा श्रीसिया नदीलाई थप प्रदूषण गर्ने काम भइरहेको गुनासो गरे ।
    खासगरी शङ्कराचार्य गेटदेखि पश्चिम र अहिले मितेरीपुलदेखि पूर्व वीरगंज मनपाको आधाभन्दा बढी फोहर फाल्ने काम भइरहेकोले रक्सौल–वीरगंज आवतजावत गर्ने यात्री र सो क्षेत्रमा बसोवास गर्ने जनता प्रदूषणको शिकार भइरहेको बताए ।
    प्रदूषण सम्बन्धमा रक्सौलमा सचेतना कार्यक्रम र सबै पक्षको ध्यानाकर्षण गराइएको उनले बताए ।
श्रीसिया नदीको मुहान नेपाल भएकोले त्यहाँको जनताले नदी सफाइ सन्दर्भमा रुचि देखाउनुपर्ने उनको भनाइ थियो । नेपालतर्पm श्रीसिया नदीको प्रदूषणलाई लिएर गम्भीरता नभएको उनको आरोप छ ।

श्रीसिया नदीमा फोहर फाल्नुको विकल्प छैन– मेयर
    वीरगंज मनपाका मेयर विजय सरावगीले श्रीसिया नदीमा महानगरको फोहर फाल्नुको विकल्प नरहेको बताएका छन् । उनले फोहर प्रशोधन केन्द्र (डम्पिङ साइट)को निर्माण नहुन्जेल मनपाको फोहर लाजगालले पनि श्रीसियामा फाल्नुपर्ने अवस्था रहेको बताए । उनले बढीमा दुई महीनापछि मनपाको आप्mनै फोहर प्रशोधन केन्द्रमा फोहर थुपारिने र यो क्ष्Fेत्रमा भएका फोहरलाई सोही ठाउँमा लगेर विस्थापित गरिने आश्वासन दिए ।
    उनले फोहर प्रशोधन केन्द्र निर्माणको लागि सम्बन्धित ठेकेदारलाई घच्घच्याउने काम भइरहेको बताए ।
फोहर प्रशोधनको काममा ढिलाइ
    मझौला शहर एकीकृत वातावरणीय सुधार आयोजना अन्तर्गत वीरगंज मनपाको इटियाहीमा निर्माणाधीन फोहर प्रशोधन केन्द्रको निर्माणमा निकै ढिलाइ भएको छ । 
    निर्धारितभन्दा बढी समय बितिसक्दा पनि प्रशोधन केन्द्रको काम सम्पन्न भएको छैन । अहिलेसम्म पचास प्रतिशत मात्रै कार्य सम्पन्न भएको छ । चिनियाँ ठेकेदार कम्पनी जेडइसीको नेपाल प्रतिनिधि सुमीत रौनियारले केन्द्रको लागि आवश्यक उपकरणहरू खरीद नगर्दा कामले प्रगति नलिएको हो । उपकरणहरूको खरीदपछि दुई महीनाभित्र प्रशोधन केन्द्र सञ्चालनमा आउने जानकारहरू बताउँछन् । तर ठेकेदार कम्पनीका नेपाल प्रतिनिधिले आर्थिक समस्या तेस्र्याएर उपकरण खरीद गरेको छैन । रौनियारले मनपाले तिर्नुपर्ने पारस्परिक रकम चुक्ता नगरेको कारण आयोजनामा ढिलाइ भइरहेको आरोप लगाएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us