Tuesday, June 25, 2019

मन्त्रालयको निर्देशन पर्साको स्थानीय तहले मानेन

प्रस, वीरगंज, १० असार/
    सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले स्थानीय तहको बजेट आज असार १० गतेसम्म घोषणा गर्न निर्देशन दिएपनि पर्सा जिल्लाको थुप्रै गाउँपालिकाले आज गाउँसभा गरी बजेट सार्वजनिक गरेका छैनन् ।
    स्थानीय मन्त्रालयले असार १० सम्मको समय सीमा दिएर बजेट सार्वजनिक नगर्ने स्थानीय तहको अनुदान कटौती गर्ने चेतावनी दिएको थियो । चेतावनीपश्चात् वीरगंज महानगरले असार ९ गते नगरसभा सम्पन्न गरेको छ भने पोखरिया, बहुदरमाई, पर्सागढी नपाले आज नगरसभा गरेका छन् ।
    यसैगरी पर्साका १० वटा गापामध्ये पटेर्वासुगौली, जगरनाथपुरले मात्र आज गाउँसभा गरेका छन् । बाँकी ८ वटा गापाले गाउँसभा गरेका छैनन् ।
    ठोरी गापाका प्रमुख पिएल श्रेष्ठले केही दिनमा गाउँसभा गर्ने तयारी भएको बताए ।
    यसैगरी सखुवापरसौनी गापाका प्रमुख प्रदीप जैसवालले एक साताभित्र गाउँसभा गर्ने तयारी भएको बताएका छन् । छिपहरमाई, विन्दवासिनी, कालिकामाई, पकाहामैनपुर, धोबिनी र जीराभवानी गापाले पनि असार मसान्तभित्र गाउँसभा गर्ने जनाएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us