Friday, June 28, 2019

लेखनदासले लेख्नैपर्ने कुरा नपाएपछि

सञ्जय मित्र
    आमन्त्रित म पनि थिएँ, नेपालकै एउटा प्रदेश राजधानीमा हिन्दी भाषाको राष्ट्रिय कार्यक्रममा । कार्यक्रममा नमस्कार गरेपछि फर्काउनुपर्ला अनि हीनताबोध हुन्छ कि भन्ने सोचेर एकजना साहित्यकार अग्रजले मतिरबाट आँखा अर्कैतिर फर्काए । भाव बुझेर अलि धेरैले सुन्ने गरी मैले नमस्कार अभिवादन गरें । पहिलोपटकको अभिवादनलाई नसुनेभैंm वा अरूलाई नै गरेको हो कि भन्ने परेको बुझाउनलाई केही प्रतिक्रिया जनाएनन् । दोस्रोपटक नाम नै काढेर अझ अलि बढीले सुन्ने गरी अभिवादन गरेपछि हेपेर फर्काएको भावमा हेर्दै नहेरी अँध्यारो मुखले टाउको हल्लाए ।
    म आदरै गर्छु । जहाँ देखें पनि डेढ दशकदेखि नमस्कार गर्दै आएको छु ।
    सम्मानित हुन थालेको भनेर उनले धेरैलाई सुनाएको सुनें । खुशीको कुरा थियो । राष्ट्रियस्तरको कार्यक्रममा सम्मान पाउनु चानचुने कुरा होइन । यस खुशीमा आप्mनो एउटा पुस्तक धेरैलाई उपहार दिनु पनि स्वाभाविक हो । सबैलाई एउटा/एउटा किताब उपहारमा दिंदा सबैमा सही गर्न भ्याउनु मुस्किलै हुन्छ । प्रफुल्लित यस मानेमा पनि छन् कि धेरैले पुस्तक मागिरहेका छन् ।
    अध्ययन त मलाई पनि गर्न मन लाग्छ तर यसअघिका उनका केही कृतिहरू भने पढेको छु । पहिले मेरो एउटा प्रवृत्ति थियो कि कुनै पनि कृतिको अध्ययन गरेपछि त्यसमाथिको आप्mनो समीक्षात्मक विचार लेखिहाल्ने । आजसम्म केही हदसम्म यो प्रवृत्ति ममा छँदैछ । तर अब जुन कृतिले अलिकति छुन्छ, त्यसको बारेमा मात्र लेख्दछु अचेल । यस कारण कृतिमाथिको मेरो पाठकीय विचार आउन निकै कम भएको छ । धेरै अग्रज, साथी वा अनुजले कृतिको समीक्षा कुनै ठूलो पत्रिकाको नाम दिएर लेखिदिनलाई अ¥हाउँछन् वा आग्रह गर्छन् तर लेख्न नसकिरहेको कारण भने मन छुन नसक्नु नै हो ।
    दुई/चार जनालाई सुनाएर ती अग्रजले भन्छन्– तिमी लेखनदास हौ, मेरो यस कृतिको समीक्षा लेखिदिनू अनि छापिएको पत्रिकाको नाम पनि भनिदिनू ।
    मैले कृति मागेको होइन । अरूहरूलाई दिंदै जाँदा मलाई दिऊँ कि नदिऊँ भन्ने दोधारमा परेर दिएको हुनुपर्छ । मैले हुन्छ भनेर किताब हातमा लिन्छु । किताब उनले दिंदा उनमा उत्साह थिएन र मैले प्राप्त गरेकामा पनि मलाई पनि उति उत्साह थिएन ।
    कार्यक्रममा आगन्तुकहरूसित र चिनजानका अग्रजहरूसित देखभेट, भलाकुसारी हुन्छ । अनौपचारिक चिनजान औपचारिकतामा परिणत हुन्छ । पुरानो चिनजान दोहोरिन्छ, आत्मीयता बढ्छ । आप्mनोपनको अनुभूति हुन्छ । कसैको कृति कुन कृतिको प्रशंसा गर्छु, कुन प्रसङ्गको पनि चर्चा गर्छु, मेरा प्रसङ्गहरू पनि चलिरहन्छन् । अध्ययन गर्ने र नगर्ने त्यत्तिकै पनि छुटिन्छन् । साहित्यकारहरूको स्वच्छन्द जमघटमा देशविदेश र भाषेत्तर साहित्यको चर्चा पनि हुनु अस्वाभाविक होइन ।
    कार्यक्रममा सम्मानको सन्दर्भ आउँदा ती कृतिकार अग्रजको भन्दा पहिले मेरै नाम घोषणा हुन्छ । विशेषणका दुई/चार शब्द मेरैमा बढी खर्च भएको हुन्छ । सम्मानको लागि उनको नामोच्चारण हुँदा बजेको ताली मेरो समयको भन्दा निकै फितलो हुन्छ । प्रमुख अतिथि, विशिष्ट अतिथि र कार्यक्रमका अध्यक्षले मञ्चमा प्रदर्शन गरेको बडी ल्याङ्गवेज र आत्मीयताले पनि मेरो सम्मान बढाएको मलाई महसूस हुन्छ । मलाई पनि सम्मानित गरिंदैछ भन्ने मलाई पनि पूर्व जानकारी थियो, पत्रपत्रिकाहरूमा प्रकाशित भएको पनि थियो ।
    मलाई अहिले पनि लाग्छ– जातपात, सोर्सफोर्स, नाता, कृपा तथा दल आदिले पनि प्रभाव नपार्ने होइन तर कर्म सबैभन्दा बढी महŒवपूर्ण हुन्छ । कर्ममा विश्वास गर्नेमा म पनि पर्छु । कर्म गर्दै जाँदा त्यस क्षेत्रमा आपैंm परिचय बन्दछ । त्यस क्षेत्रका मानिसले बिस्तारै चिन्दै जाने हुन्छन् । बोल्ने क्षेत्रमा बोलीको महŒव हुन्छ र लेखाइको क्षेत्रमा लेखनकै महŒव हुन्छ । लेखन संस्कृतिमा पठन संस्कृतिको पनि महŒव धेरै छ । लेखन र पठन अनि अनुसन्धानमा संलग्न हुनेलाई त्यस क्षेत्रमा मानिसले नदेखेको, नभेटेको र नचिनेको भएपनि कर्मको हिसाबले भने जानेको हुन्छ । आत्मीयता र सद्भाव त्यत्तिकै हुन्छ र यसले जात, नाता, कृपा वा दलको साँघुरो घेरालाई नाघेको हुन्छ ।
    कार्यक्रमको उतराद्र्धतिर धेरैलाई सुन्ने गरी अघि भनेको लेखनदास शब्दलाई अथ्र्याउँछन् मेरो सन्दर्भमा– तिमी पत्रपत्रिकामा बढी लेख्छौ र हामी साहित्य बढी लेख्छौं । पत्रपत्रिकामा लेख्नैपर्ने बाध्यता हुन्छ । लेखेर दुई/चार पैसा पाउँछौ । दुई/चार पैसा कमाउनकै लागि लेख्ने मानिसलाई लेखनदास भन्दा पनि फरक पर्दैन किनभने लेखनको दास हुन्छ ।
    म दासयुगलाई सम्झन्छु इतिहासका कृतिहरू पढेको आधारमा । म आपूmलाई कुनै कुनोबाट कतै कसैको दास पाउँदिनँ । मैले आप्mनो कर्म गरेको छु र शायद उनको प्रशंसाको गीत गाएको छैन सार्वजनिकरूपमा । यही कुरामा चित्त दुखाइ छ कि ? म होमा हो गरी सकारात्मक टाउको हल्लाइरहन्छु । बरु उनको कृतिको बारेमा लेखिदिनू भन्दा मलाई के लागेको थियो कि मेरो प्रशंसा गरिदिनू भनिरहेका छन् । म यति भन्छु– राम्रो लागेको कुरा लेख्छु । राति उनी आपूmसँगै बस्ने आग्रहभाव देखाउँछन् तर म नबस्ने सुरसारमा छु ।
    केही दिनपछि उनको कृतिलाई लेख्ने हिसाबले नै पढ्न शुरू गरें । भीमसेन थापाको जीवनीसम्बन्धी दुई छुट्टाछुट्टै प्रकाशनका दुई कृति लगातार पढेपछि पो हो कि कृति मलाई रोदन वा प्रलापबाहेक केही लागेन । मलाई लाग्यो दुई उच्चस्तरीय कृतिको ठूलो छायामा पढ्दा यसो भएको होला । अर्कोपटक पनि दुई महीनापछि फेरि पढें तर लेख्नलाई केही पाएजस्तो लागेन ।
    कृति पढ्दा समय लाग्छ । परिश्रम खर्च हुन्छ । श्रम खर्च गर्न त केही छैन, आप्mनै हो । यसलाई कतै बचाएर राख्न सकिन्न तर समय खर्च भने ज्यादै दुख्छ । समय बेकारमा खर्च गरेको मूल्य सबैले तिनैपर्छ । समयको सदुपयोग कृतिको अध्ययनमा खर्च गर्दा मैले धेरै लेख्ने विषयहरू पाउने गरेको छु । लेख्ने विषय पाउनु भनेको आपूmले पाएको नयाँ कुरा अरूलाई पनि जानकारी गराउनु हो । कहिलेकाहीं सोभैm जानकारी गराइन्छ र कहिलेकाहीं सैद्धान्तिकीकरण गरेर लेखिन्छ ।
    तर लेख्नैका लागि भनेर दुईपटक कृतिको अध्ययन गर्दा पनि केही लेख्नैपर्ने कुरा नपाएपछि समयको मूल्यको खोजी गर्नु मेरो बाध्यता हुन्छ । सम्भवतः यस प्रकारका कृतिहरू पढ्न नपरोस् भन्ने लाग्न थाल्छ । एकपटक शीतल गिरीले भनेको अहिले सम्झन्छु– तिमी खुद्रा पत्रिका र किताबहरू अलि बढी पढ्छौ । यिनीहरूबाट के पाउँछौ भन्ने कुरा तिमीलाई नै थाहा होला तर पढाइको पनि एउटा क्षेत्र निर्धारण गरेर पढ्यौ भने त्यस क्षेत्रका जानकारीहरू विशिष्ट लाग्न थाल्छ । लेखनको पहिचान बनाउन त गा¥हो छ तर पठनको क्षेत्र निर्धारण गर्नु आप्mनै मनभित्रको कुरा हो ।
    खुद्राखुद्री कृति पनि विशिष्टीकृत छ भने मलाई अध्ययनको लागि तान्ने गरेको छ । यस्ता कृतिबाटै धेरै कुरा धेरै पत्रिकाहरूको लागि लेखेको पनि छु ।
    कृतिको अध्ययन किन गर्ने ? वा कृतिको अध्ययनको उद्देश्य के हुने ? भन्ने कुराको निर्धारण हातमा कृति लिएर पढ्न बस्नुभन्दा पहिले नै गर्नुपर्छ । दिनु नपरेभैंm गरी दिनुपर्ने र बोल्नु नपरेभैंm गरी बोल्नुपर्ने जस्तै लेख्नैपर्ने कुरा नहुँदाहुँदै पनि लेख्नुपरे बरु पछि कुनै दिन लेखूँला । तपाईंलाई नै दिऊँला । तपाईंको लागि यति अवश्य गर्न सक्छु तर मैले दुई बसाइँभन्दा बढी समय खेर फालेभैंm अरूका समय पनि खेर फाल्नलाई लेखनदासको मनले मानेन ।
कृतिमा लेख्नैपर्ने कुरा नपाएपछि यति चाहिं लेखें ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us