Friday, May 10, 2019

कविताको फरक बाटो र फरक स्वादमा एक बसाइँ


सञ्जय मित्र
    साहित्यको क्षेत्रमा अझ नेपाली साहित्यको क्षेत्रमा एउटा के मान्यता रहेको छ भने नेपाली पाठकहरूले सबैभन्दा कम पढ्ने विधा कविता हो तर सबैभन्दा बढी लेखिने र सबैभन्दा बढी छापिने विधा पनि कविता नै हो । साहित्यको विषयमा यस प्रकारको विरोधाभास सदैव र सम्भवतः सर्वत्र पाइन्छ ।
    हुनत साहित्यको क्षेत्रमा लाग्नेहरूले अरूभन्दा आपूmलाई पृथक अस्तित्व दर्शाउन चाहन्छन् । यसलाई व्यक्तिगत शैली, निजत्व, पहिचान वा मौलिकता मान्ने गरिएको छ । काव्यसर्जकहरूले आपूmलाई अरूभन्दा पृथक देखाउन अनेक प्रयोग गर्दछन् । हेटौंडाका कवि गिरिजा अधिकारीले नेपाली काव्यको क्षेत्रमा गरेको प्रयोग भने सर्वथा भिन्न छ ।
    करीब चार वर्षअघि कालेबुङबाट प्रकाशित २५ प्रतिवादमा भूमिका लेख्दै स्वागत नेपाल भन्छन्– कविताको क्षेत्रमा गिरिजा अधिकारीको हस्तक्षेप हो । अङ्कलाई लिएर लेखिएको विश्वमा पहिलो काव्यकृति हो । गिरिजाको नेपाली साहित्यमा हस्तक्षेप शुरू भएको छ । शब्दकोषका अर्थबाट शब्दले मुक्ति पाएका कविताको उपाधि रहेको नेपालले बताए ।
    मान्छेलाई आपैंmले देखेको सपनाले मार्छ ।
    काव्यकृतिको आमुख लेखिनुभन्दा पहिले यो वाक्य तीन टुक्रामा लेखिएको छ । परम्परागत कृतिहरूमा समर्पण हुने गरेको छ तर यसमा एउटा दार्शनिक चिन्तन छ । यसबाटै पनि यस कृतिमा दर्शनको प्रभाव उच्च छ । (यो दरबार हत्याकाण्डको दिनलाई स्मरण गर्दै लेखिएको कवितामा बारम्बार आएको खण्ड हो ।)
    मेरो पहिलो कृतिको रूपमा पच्चीस डेङ (पच्चीस पाइलो) आएको थियो । कवि गिरिजाको कृतिको नाम पनि अङ्कमा लेखिएको छ २५ प्रतिवाद ।
    लघु भन्न नमिल्ने मध्यमाकारको २५ प्रतिवादको मुख्य विशेषता भनेको अङ्कमा आधारित कविता हुनु र विद्रोहको नयाँ क्षेत्र पहिचान गर्नु हो । विद्रोहहरूप्रति पनि विद्रोहात्मक दृष्टिकोण तर अराजकताविहीन चिन्तन यस कृतिको सम्पत्ति हो ।
    कविताका शीर्षकहरू नै शीर्षकभन्दा फरक छन् । पहिलो विद्रोह वा प्रयोग भन्नु नै शीर्षकको चयन गर्नु हो । कवितामा समेटिएका प्रत्येक शीर्षकले अङ्क बोकेको छ । जस्तो कि पहिलो शीर्षक छन्– सन् २०११ र अन्तिम शीर्षक छ– ० ।
    अधिकांश कविता ऐतिहासिक पृष्ठभूमिका स्मरणीय तिथिमितिको सेरोफेरोमा केन्द्रित छन् । तिथिमितिप्रतिको दृष्टिकोण त सजिलै आएको छ । काव्यप्रवाहमा जे आकर्षण जे त्यसले कुनै पनि कवितालाई अन्त्यसम्म पढेर एकचोटि रोकेर सोच्न विवश बनाउँछ । कविको दृष्टिकोणसित सहमत होऊँ कि विद्रोह गरूँ ? दुवै चिन्तनको पार्थक्य आपूmमा पाठकले पाउँछन् । धेरै पुराना ऐतिहासिक तिथिमिति नभएकाले इतिहासको स्मृतिले आप्mनो परम्परागत धारणामा अलिकति पार्थक्य ल्याउन सक्ने सामथ्र्य राख्दछन् । आपूmले विश्वास गरेको इतिहासको अलिकति पुनर्मूल्याङ्कनको आवश्यकता रहेको स्वानुभूति गराउँछ कविताहरूले ।
    सरकारले सर्वसाधारणको गुनासो सुन्न हेलो सरकारको नम्बर होओस् वा सगरमाथाको उचाइ, एक युगका बहुमूल्य अङ्कहरू पनि कवि अधिकारीको अभिव्यक्तिको साधन बनेका छन् ।
    कतै नेपाली नागरिकताको प्रमाणपत्रको नम्बरमा कविता छ । कुनै कविता मोटरसाइकल नम्बरमाथि लेखिएको छ । कविताहरूको क्रम लेखिएको पातो हेर्दा अहिलेसम्मको नेपाली साहित्यमा लेखिएका सबै काव्यकृतिहरूको भन्दा पृथक छ । पहिलो हेराइमा त लाग्छ कि नेपाली भाषामा वा देवनागरी लिपिमा लेखिएको कृति नै होइन । कवितामाथि एउटा विद्रोह गरिएको यो काव्यकृतिले त्यस भनाइलाई पुनर्पुष्टि गरेको छ, जसमा भनिएको छ– जहाँ नपुगे रवि, त्यहाँ पुगे कवि ।
    आप्mनो जन्ममिति, एउटा ठेलाको नम्बर, अमेरिकाको ट्वीन टावरमाथिको आक्रमणको दिन, संविधानसभा माग गरिएको दिन, सुगौली सन्धिको वर्ष, खेलाडीको जर्सी नम्बर पनि कवितामा कतै मार्मिक र कतै विद्रोही स्वर बोकेर आएका छन् ।
    कविताहरूमध्ये कतिपयले राष्ट्रियता बोकेका छन् । कवि अधिकारीको राष्ट्रियतासम्बन्धी आप्mनै दृष्टिकोण
छ ।
९ तले धरहराबाट
हाम फाल्दैछ मेरो देश । (पृष्ठ ३०)
अभाव यसरी बोलेको छ–
थोपाथोपा जम्मा गरिएको पसिना
साइलेन्सरबाट उड्छ आकाशतिर
महँगीले कुद्नै नसकेर
चार्ज हुन्न ब्याट्री ।
    नेपाली नागरिकताको प्रमाणपत्र पाउँदाको खुशी र त्यसलाई पढेर देखिएको अभावलाई कवि अधिकारीले यसरी संवेदनशील बनाउने गरी प्रस्तुत गर्दछन्–
तर,
मेरो आप्mनै नागरिकतामा
आमाको नाम लेख्ने कोलुम
खालीखाली देखेपछि
मैले पटकपटक
अभाव देखेको छु राष्ट्रियताको
मेरो २८/९५१ मा ।

के आमा भन्नु
राष्ट्रियता होइन ?
    कविताप्रति नै फरक दृष्टिकोण नै उमार्ने क्षमतावान् २५ प्रतिवाद कृतिले कविता नपढ्नेलाई पनि बाध्य बनाउँछ । कवितामा निरशता पर्याप्त छ तर निरशतालाई आकर्षणले जितेको छ । उत्सुकताले हरेक कवितालाई पढ्नुपर्ने अनिवार्यता बनाइदिन्छ ।
    जे लेखे पनि केही नहुँदा कविता हुन्छ भनेर कवितामाथि हल्का टिप्पणी गर्नेहरूमाथि एउटा जिम्मेवारी थप्छ यस कृतिले– जे लेखे पनि भन्नुको तात्पर्य के हो ? के लेख्ने कुनै विषयवस्तु सीमित हुन्छ त ? कवि अधिकारीले यस प्रकारका सबै टिप्पणीलाई खारेज गर्दछन् र नवीन माध्यता पनि स्थापित गर्दछन् । कविता शब्दमात्र होइन, कविता साहित्यमात्र होइन– यो अङ्क पनि हो, गणित पनि हो, अङ्कगणित पनि हो र गणितभन्दा काव्य साहित्य पृथक हुन सक्दैन । शब्द र अङ्कको सम्बन्ध स्थापित गर्ने दृष्टिकोण आवश्यक छ ।
    आख्यान र ऐतिहासिक विषयवस्तुका कृतिहरू बढी पढ्न रुचाउने मलाई यो कृतिले एक बसाइँ खोस्न बाध्य बनायो । सामान्यभन्दा अलिकति फरक शैली र स्वादका काव्यकृतिमा पनि रमाउन चाहन्छु । यस कृतिभित्रका हरेक कविताको प्रत्येक शब्दलाई नपढी अगाडि बढ्नै सकिंदैन ।
    लगभग दुई घण्टाले कविताप्रतिको दृष्टिकोण त परिवर्तन गर्दछ नै, कविताको नवीन स्वरूप देख्न पाइछ । कविता मस्तिष्कको सम्पत्ति पनि हो, हृदयको अक्षराङ्कन मात्र होइन भन्ने मान्यतालाई पुनः स्थापित गर्दछ।
    यस कृतिका कतिपय प्रसङ्गले बारम्बार दोहो¥याउन बाध्य बनाउँछ । कविताको नयाँ परिभाषा खोज्न चाहनेहरूले आप्mनो पुस्तकालयमा यस कृतिलाई उच्च सम्मान दिन सक्छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us