Friday, May 31, 2019

कहाँ हरायो यस पात्रको प्रसिद्धि ?

सञ्जय मित्र
    इतिहासको अध्ययन निकै जटिल छ । अध्ययनका लागि अध्ययन हो वा केवल सन्तुष्टिका लागि अध्ययन हो भने अध्ययन भन्ने कुरो कदापि जटिल हुन सक्दैन ।
    इतिहास लेखनको पनि आप्mनो उद्देश्य हुन्छ । जुन उद्देश्यले लेखिन्छ, त्यसमा केन्द्रित हुन्छ । इतिहास लेखनको उद्देश्य पनि फरक हुने भएकोले अध्ययन गर्नेले पनि आप्mनो उद्देश्य अनुरूप इतिहासको कृति अध्ययन गर्दछ । इतिहासको जुन पक्षको खोजीको लागि अध्ययन गर्न खोजेको हो, त्यो पाउन निकै गा¥हो हुन्छ ।
    इतिहासमा बारा जिल्लाका एकजना जमिनदारको नाम आउँछ । जमिनदारको नाम किसनसिंह तेली भेटिन्छ । जतिखेर नेपाल–अंग्रेज युद्ध चलिरहेको थियो, त्यतिखेर उनी अंग्रेजको पक्षमा थिए । अंग्रेजहरूले उनलाई प्रयोग गरेका थिए वा अंग्रेजहरूको लागि उनी प्रयोग भएका थिए भन्ने कुरो अनुसन्धानको विषय हो ।
    तर मधेसीहरूले नेपाल–अंग्रेज युद्धमा नेपाली पक्षलाई साथ दिएका थिएनन् भन्ने आरोप लगाउनेहरूका लागि जमिनदार एउटा उदाहरण आजसम्म पनि बनेका छन् । उनको बाध्यता के थिए वा उनको चाहना के थियो भन्ने पक्षमा इतिहासले उनीमाथि न्याय गर्न सकेको छैन ।
    इतिहासमा के उल्लेख पाइन्छ भने जमिनदार किसनसिंहको सम्बन्ध सीधै अंग्रेजी पक्षका मेजर जनरल मार्लोसित थियो । मार्लोले दाम, साम, दण्ड र भेद सबै नीति अपनाएर नेपाल–अंग्रेज युद्ध जित्न चाहेका थिए । नेपालका केही प्रतिष्ठित व्यक्तिहरूलाई आप्mनो पक्षमा मेजर जनरल मार्लोले मिलाउन सफल भएका थिए ।
    विघटित पाल्पा राज्यका प्रभावशाली व्यक्ति प्रतिनिधि तिवारी, हुन्डुर राज्यका पदच्युत राजा रामशरण सेनलगायतलाई आप्mनो पक्षमा मिलाइसकेका थिए । यी दुई व्यक्तिको उचाइ हेर्दा त्यतिबेला बारा जिल्लामा पनि प्रतिष्ठित व्यक्तिका रूपमा जमिनदार किसनसिंह तेली रहेको अनुमान लगाउन सकिन्छ ।
    अंग्रेजी सेनाका मेजर जनरल मार्लोले नेपालतिरका केही उच्च प्रतिष्ठित व्यक्तिहरूलाई आप्mनो पक्षमा मिलाएर नेपालको भेद जान्न चाहन्थे । युद्धको समयमा विपक्षीको सूचनाले निकै महŒव राख्छ । मेजर जनरल मार्लोले बारा जिल्लाको सन्दर्भमा पनि यसै उपयोगिताको लागि जमिनदार किसनसिंहलाई आफ्नो पक्षमा मिलाएका थिए भन्ने एउटा तर्क हुन सक्छ भने नेपाल एकीकरण भएपछि वा नेपालको तत्कालीन शासन व्यवस्थामा आप्mनो महŒव केही नदेखी वा नेपालभन्दा अंग्रेज शासनमा आप्mनो मानसम्मान बढ्ने सम्भावना देखेर उतातिर लागेका थिए भन्ने अर्को तर्क हुन सक्छ ।
    माथि आएका सबै नामधारी विशिष्ट व्यक्तिहरूले अंग्रेज पक्षबाट विभिन्न मान, पदवी तथा विभूषणहरू प्राप्त गरेका थिए । अंग्रेज पक्षले यति धेरै सम्मान प्रदान गर्नुमा यताको खबर उता पु¥याउनका लागि हो र युद्धमा विजय प्राप्त गर्न सजिलो हुन्छ भन्ने नै हो । मेजर जनरलसित सीधा सम्पर्क त्यतिबेला पनि निकै महŒवपूर्ण मानिन्थ्यो ।
    नेपाल–अंग्रेज युद्धको क्रममा रौतहटको बडहर्वामा नेपाली पक्षको ठूलो पराजय भयो । त्यहाँ कार्यरत नेपाली फौजका कप्तान करीब ७५ वर्षका परशुराम थापासहित झन्डै एक सय पचास जति मारिए वा हराए वा अंग्रेजी फौजको बन्दी बन्न पुगे । त्यसपछि उत्साहित अंग्रेजी फौज बारागढीतर्फ बढेको उल्लेख पाइन्छ ।
    यद्यपि अंग्रेज पक्ष भने सन्तुष्ट हुन पाएन । यिनीहरूको सल्लाहले अंग्रेजको लागि खासै सकारात्मक काम गर्न सकेको थिएन । नेपाल–अंग्रेज युद्धको क्रममा अंग्रेजी फौजले यिनीहरूसित जस्तो अपेक्षा राखेको थियो, त्यो नपाउँदा युद्धको शुरूआती अवस्थामा जुन सम्मान यिनीहरूले पाएका थिए त्यो पछिसम्म कायम रहन नसकेको देखिन्छ ।
    नेपाल अंग्रेज युद्ध शुरू भयो र समाप्त पनि भयो । युद्ध हुनुभन्दा पहिले सम्भवतः यी पात्रहरू तत्कालीन नेपाल वा नेपालीसित त्यति सन्तुष्ट थिएनन् वा बढी चाहना राखेका  थिए जुन चाहना अंग्रेजी शासनबाट पूरा हुने विश्वास राख्दथे । नेपालको पराजय भए पनि बारा जिल्ला भने नेपालमै रह्यो ।
    आप्mना समाजका उच्च प्रतिष्ठित यी व्यक्तित्वहरूले अंग्रेजलाई चाहेजस्तो सफलता दिलाउन नसकेपछि उनीहरूबाट युद्धरत अवस्थामा नै तिरस्कृत हुनुपरेको थियो । स्वदेशलाई धोखा दिएर पराइलाई सहयोग गर्नेहरू सदैव तिरस्कृत हुन्छन् भन्ने पनि होइन । रामायणमा विभीषणले सम्मान त पाएकै हुन् । रावणको वंशनाशपछि र विभीषणले राज्य सम्हालेपछि के भयो ? लङ्कामा विभीषणको अवस्था कस्तो रह्यो ? यस विषयमा कसैले चासो राखेको पाइन्न ।
    इतिहासको अध्ययन अधिकांशले पुस्तकको तटस्थतामा विश्वास गरेर गर्दछन् । यो भनेको जे लेखिएको छ, त्यति पढ्ने र ज्ञानार्जन गरेपछि अन्य क्षेत्रमा उपयोग गर्ने । कुनै तथ्याङ्कजस्तो इतिहासको अध्ययन लोकसेवाको तयारीजस्तो मात्र हुन्छ । इतिहासको अध्ययन गरेपछि अलिकति पछिका कुरा पनि बुझ्नु जरूरी हुन्छ । अलिकति विश्लेषण पनि गर्नुपर्छ ।
    माथि आएका तीन नाममध्ये किसनसिंह तेली हाम्रै वरपरका हुन् । बारा जिल्लाको जमिनदार भनिएको छ । बाँकी जानकारी छैन । जमिनदारबारे अन्य जानकारी कहीं कतै पाइन्छ कि ? आप्mनो जमानाका यति विख्यात मानिसबारे अन्य जानकारी पक्कै हराएको नहोला । धेरै समय पनि बितेको छैन । इतिहासको दृष्टिले दुई सय वर्ष खास लामो होइन । अध्ययन र अनुसन्धान गर्ने हो भने अझै पनि भेट्न सकिन्छ । खोज गर्नुपर्छ । आवश्यक भए किंवदन्ती र जनश्रुतिलाई पनि आधार बनाएर इतिहास पुनर्लेलखन गर्न
सकिन्छ । अहिले नखोजे यो इतिहास हराएर जाने कुरामा शङ्का छैन । इतिहासमाथि हरेकको अधिकार हुन्छ । यो हाम्रो इतिहास हो, यस ठाउँको इतिहासलाई हामीले नै संरक्षण गर्नुपर्छ । हामीले पनि इतिहासको रक्षा गर्नुपर्दछ । इतिहास बचाउन वा हस्तान्तरण गर्न पनि सकेको खोजी गर्नु आवश्यक छ ।
    बारामा इतिहासका अध्येताहरू, अनुसन्धानकर्मीहरू तथा स्वतन्त्र अध्ययन र तथ्य सङ्कलन गर्ने व्यक्तिहरूबाट यो आशा गर्न सकिन्छ । युद्धपछि यी पात्र कहाँ पुगे ? के गरे ? वास्तवमा यिनी कहाँ (कुन गाउँ) का थिए ? कसरी यिनीहरू कुन अवस्थामा अंग्रेजसित जोडिन पुगे ? किन नेपाली पक्षको विपक्षमा लागे ? यिनको मूल्याङ्कन राज्यले पछि कसरी ग¥यो ? अथवा नेपाल–अंग्रेज युद्ध एउटा सन्धिमा टुङ्गिएपछि अंग्रेज पक्षले यिनलाई कसरी हे¥यो ? समाजमा यिनको स्थान कहाँ रह्यो ? यिनको प्रसिद्धि कसरी हरायो ?
    इतिहासका हाम्रा पात्रहरूको खोजी हामीले नै गर्नुपर्छ । वर्तमानका हाम्रा असल पात्रहरूको सम्मान पनि हामीले गर्नुपर्छ । यस प्रकारका ऐतिहासिक पात्रहरूको अध्ययन हुनु जरूरी छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us