Tuesday, April 16, 2019

नेपालमा विदेशी हस्तक्षेप बढ्यो

प्रस, वीरगंज, ३ वैशाख/
    नेपाल विद्वत् परिषद्का केन्द्रीय अध्यक्ष जीतबहादुर अर्जेलले सम्पन्न केन्द्रीय कमिटीको बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नेपालमा विदेशी हस्तक्षेप बढेको बताएका छन् ।
    नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा बोल्दै अर्जेलले विदेशी शक्तिद्वारा सञ्चालित गणतन्त्र, नेपाली राष्ट्रियता नै समाप्त गर्ने दिशातर्पm अगाडि बढिरहेको आरोप लगाए । यस बेला सम्पूर्ण राष्ट्रवादी एक भएर गणतन्त्रको विकल्प खोज्न आवश्यक रहेको बताए । उनको आशय राजालाई पुनः फिर्ता ल्याउने थियो । मुलुकमा गणतन्त्रको कारण व्यापक भ्रष्टाचार बढेको उनले बताए ।
    नेपाल विद्वत् परिषद्ले २६ वर्षदेखि वैचारिक आन्दोलन गर्दै आएको र अब गणतन्त्रको विरोधमा सशक्त आन्दोलन गर्ने पत्रकार सम्मेलनमा अध्यक्ष अर्जेलले जानकारी गराएका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us