Tuesday, April 16, 2019

हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई सहयोग

रवीन्द्रप्रसाद साह, कलैया, ३ वैशाख/
    सिन्धुपाल्चोक जिल्लाको विकट मानिने सुनकोशी गाउँपालिकाले पर्सा बाराका हावाहुरीबाट ज्यान गुमाएका प्रत्येक परिवारलाई सहयोगस्वरूप नगद रु २१,५००/– (एक्काइस हजार पाँच सय) प्रदान गरेको छ ।
    बारामा हावाहुरीबाट ज्यान गुमाएका घर परिवारका सदस्यलाई आज एक कार्यक्रम गरी नगद रकम हस्तान्तरण गरियो ।
    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतको विशेष पहलमा आयोजित उक्त कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू फरमुल्लाह मन्सुर, राधेचन्द्र यादव, पार्टी सभापति जयचन्द चौरसिया, कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादव, सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवण कुमार जिसि, नेपाली कांग्रेस बाँकेका जिल्ला सदस्य चुडामणि कँडेल, तरुण दल बाराका अध्यक्ष लोकेश सिंह, सुनकोशी गाउँपालिका थापालगायतको उपस्थिति थियो । हावाहुरीबाट सदस्य गुमाएका परिवारलाई राहत वितरण गरिएको नेपाल तरुण दल, बाराका अध्यक्ष  सिंहले जानकारी गराए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us