Tuesday, April 16, 2019

गर्दा के हुँदैन ?

    समता शिक्षा निकेतनलाई प्रधानमन्त्री केपीशर्मा ओलीले  गिनिज बूक अफ वल्र्ड रेकर्डको प्रमाणपत्र हस्तान्तरण गरेका छन् । सुलभ मूल्यमा शिक्ष्Fा प्रदान गर्दै आएको समता शिक्ष्Fा निकेतनलाई गिनिज बूक लन्डनले प्रदान गरेको प्रमाणपत्र  हस्तान्तरण गरिएको हो । रु १०० मा विद्यार्थीलाई पढाउने उक्त शिक्षा निकेतनलाई विश्वमा नै पहिलो मितव्ययी र कम खर्चिलो मानिएको छ र गरीब अभिभावकहरूलाई यसबाट ठूलो गुन लागेको बताइएको छ । माध्यमिक तहसम्मको शिक्षालाई सरकारले निश्शुल्क गरेको छ । सरकारको मातहत सञ्चालनमा रहेका सरकारी तथा सामुदायिक विद्यालयमा शिक्ष्Fकहरूलाई राम्रो तलब दिइन्छ । निजी विद्यालयहरूले विद्यार्थीहरूसँग राम्रो रकम असुल गर्छन्, शिक्षकलाई थोरै तलब दिन्छन्, तर पनि सरकारी विद्यालयभन्दा शिक्षाको स्तर राम्रो छ । समता विद्यालयमा रु १०० मात्र शुल्क लिएर अंग्रेजी माध्यमबाट अध्यापन हुन्छ र नतीजा उत्कृष्ट फेला परेको छ । त्यसैले समता शिक्ष्Fा निकेतन विश्वमैं कहलिएको सस्तो शिक्षा दिने विद्यालय बन्यो । यो कसरी सम्भव भयो ? निश्चय नै मितव्ययिता र इमानदारिताले ।
    सरकारले नेपालको शिक्ष्Fामा लामो समयदेखि ठूलो लगानी गर्दै आएको छ । विद्यालयको भौतिक सुधार, शिक्षकहरूलाई बेलाबेलामा तालीम, पुनर्ताजगी तालीम, राम्रो वेतनमान छ । तर भौतिक संरचना निर्माण गर्न प्रवाह गरिएको रकममा माथिदेखि नै भागबन्डा हुँदै आउँछ वा तलबाट भागबन्डा लाग्दै माथि पुग्छ । काम कि हुँदैहुँदैन वा अधूरो रहन्छ । शौचालय बनाइन्छ, पानी हुँदैन, सरसफाइ त झन् हुँदैन, सात दिनपछि शौचालयन प्रयोगलायक रहँदैन । यस्ता विडम्बनाहरूले सरकारी शिक्षा प्रणाली भाँडिएको छ । उता निजी विद्यालयहरू शिक्ष्Fाको नाममा मुनाफामुखीमात्र होइन मुनाफाखोर बनेका छन् । सरकारीभन्दा गतिलो शिक्ष्Fा त दिन्छन् तर अभिभावकको हाडसम्म दुहुन पछि पदैनन् । शुल्क गतिलै लिन्छन् । यस्तो विरोधाभास किन ? जुन सरकारी शिक्ष्Fा प्रणालीमा यावत सुविधा दिइन्छ, त्यहाँको शिक्षा सबैभन्दा कमजोर किन ? र समता, जसले नाममात्रको शुल्क लिन्छ तर उत्कृष्ट हुन्छ कसरी ? नियतको फरक हो । समतामा सबै काम निस्स्वार्थ हुन्छ । नचाहिने खर्च गरिंदैन । प्रच्छन्न वा प्रत्यक्ष कुनै स्वार्थ रहँदैन । कामचोरी छैन ।
    विश्वको यस भूभागमा गुरुकुल शिक्ष्Fादेखि आज आधुनिक युगसम्म अनेकौं शिक्ष्Fा पद्धति लागू गरियो । यसमा सरकारले शिक्षाको गुणस्तर वृद्धि होस् भन्ने नै निहितार्थ लिएको छ, तर उपलब्धि भशून्य छ, आखिर किन ? किनकि नियत साफ छैन । सरकार लगानी गरेर ढुक्क हुन्छ, शिक्ष्Fकहरू स्थायी प्रमाणपत्र पाएर ढुक्क हुन्छन् र विद्यालय बढी सङ्ख्यामा विद्यार्थी भर्ना भएकाले ढुक्क हुन्छ । स्थायी प्रमाणपत्र पाएपछि सरकारी विद्यालयका शिक्ष्Fकहरूका लागि विद्यालय ससुराली सरह लाग्छ । जहाँ गएपनि भयो, नगएपनि भयोस पढाएपनि भयो, नपढाएपनि भयो । विद्यार्थी भर्ना त निश्शुल्क शिक्षाले गर्दा बढेको हो । पढेपनि नपढेपनि ती विद्यालय आउँछन् नै । किनकि सरकारी विद्यालयमा विभिन्न प्रकारका प्रलोभन छन् । प्रलोभनले हाजिरी त बढ्छ तर गुणस्तरीय शिक्ष्Fाका लागि जुन वातावरण चाहिन्छ त्यसको सरकारी विद्यालयमा सर्वथा अभाव देखिने गरेको छ । समताको मात्र सिको गर्ने हो भने शिक्ष्Fण सार्थकता बढ्न सक्छ र गरीबले पनि सस्तो दरमा उत्कृष्ट शिक्ष्Fा पाउन सक्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us