Tuesday, April 16, 2019

विकास निर्माणको गति सुस्त

प्रस, रौतहट ३ बैशाख/
    गरुडा नगरपालिकाको विकास वजेट अहिलेसम्म न्यून खर्च भएको छ । गरुडा नगरपालिकाको १२ करोड विकास बजेटमध्ये एक करोड सन्तानब्बे लाख पेश्की खर्च भएको हो ।
    जनप्रतिनिधि सक्रिय नभएको कारण विकास बजेट खर्च हुन बाँकी रहेको नगरपालिकाले जनाएको छ । जेठ मसान्त भित्र कार्य सम्पन्न गरी भुतmानीको माग गर्नुपर्नेमा वैशाअको पहिलो हप्तासम्म पनि विकासतर्फ जनप्रतिनिधि आकर्षित नरहेको बताइएको छ ।
    समयमा उपभोतmा समिति गठन नहुनु, आम भेलाबाट उपभोक्ता समिति गठन गर्न कठिनाइ हुनुलगायत कारणले विकास बजेट खर्च हुन नसकेको गरुडा नगरपालिकाका प्रशासकीय अधिकृत टेकराज पन्थीले बताए । जनप्रतिनिधिहरूको तदारुकता नभएको कारण विकास निर्माणको गति अति सुस्त छ । बितेको वर्ष भुक्तानी भएको तीनवटा पुलमध्ये अझै दुईवटा पुल निर्माण हुन बाँकी रहेको नगरवासीले बताएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us