Tuesday, April 16, 2019

तस्कर, मोटरसाइकल छुट्यो, काठ बरामद

प्रस, वीरगंज, ३ वैशाख/
    इलाका प्रहरी कार्यालय, पटेर्वासुगौलीले अवैध काठसहित बरामद गरेको मोटरसाइकल र काठ तस्करलाई छाडेको छ । सोमवार बेलुकी प्रहरीले मोटरसाइकलमा लोड गरी राष्ट्रिय जङ्गलबाट गोलिया काठ भिœयाएको अवस्थामा पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेको मोटरसाइकल र व्यक्तिलाई लेनदेनमा रिहा गरेको स्थानीयले आरोप लगाएका छन् । चालक र मोटरसाइकल छाडेको तथा गोलिया काठ नियन्त्रणमा लिएको स्थानीयको आरोप छ ।
    इप्रका पटेर्वासुगौलीका प्रनानि पुरुषोत्तम महतोले आरोप निराधार भएको बताए । उनले काठ बेवारिसे अवस्थामा बरामद भएको र आप्mनो कार्यालयमा सुरक्षित राखिएको बताएका छन् । प्रहरीले सखुवापरसौनी गापा–३ कौवावन कटैया र कल्याणपुरबीचबाट हिजो मोटरसाइकलमा लोड अवस्थामा काठ र व्यक्तिसमेतलाई पक्राउ गरेको थियो । रातिको बेला भएकोले प्रहरीले लेनदेनमा व्यक्ति र मोटरसाइकल छाडेको र काठ बरामद गरेको बताइएको छ ।
    आजभोलि राष्ट्रिय वनबाट रूख कटानी गरी आसपासको बस्तीमा रहेको फर्निचर उद्योगहरूलाई बिक्री गर्ने क्रम बढेको छ । तीनवटा सुरक्ष्Fा निकाय र वनगश्ती टोलीको निगरानी रहेपनि राष्ट्रिय वनबाट रूख फडानी गर्ने र तस्करी गर्ने क्रम रोकिएको छैन । स्थानीयले सुरक्ष्Fाकर्मीले तस्करसँग मिलेमतो गरेको कारण काठतस्करी फस्टाएको आरोप लगाएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us