Tuesday, April 16, 2019

उडायो सबै हुरीले

विनोद गुप्ता
    प्रदेश नं. २ को बारा र पर्सा जिल्लामा आएको हावाहुरीबाट त्यहाँका जनतालाई परेको दुःखलाई हामी सबैले साझा ठानी सहयोग ग¥यौं र गरिरहेका छौं । तर त्यसले मचाएको वितण्डाको चर्चा नगरी रहन सकिन्न । प्रारम्भमा पोखराबाट उठेको ५० किमि प्रतिघण्टाको हावाहुरी चितवनसम्म आइपुग्दा काठमाडौं र तराईको बारा, पर्सातिर लागेको र उत्तरप्रदेशबाट आएको तातो हावासँग बारा जिल्लाको प्रभावित क्षेत्रसम्म पुग्दा बवण्डरको रूप लिएर ६० किमी प्रतिघण्टाको गतिमा यत्रो विधि क्षति गरेको अनुमान गरिएको थियो भने अहिले आएर भूउपग्रहको चित्र र स्थलगत अध्ययनबाट यो बवण्डर नभएर टर्नेडो भएको राय मौसमविद्हरूबाट प्राप्त भइरहेको र यसको रप्mतार करीब दुई सय किमी प्रतिघण्टा भएको अनुमान गरिएको छ । नेपालको इतिहासमैं यो पहिलो टर्नेडो भएको विषयले झन् चिन्ता थपेको छ । यो टर्नेडो नै थियो र हो भने पनि अहिले आएर मात्रै यो किन देखा प¥यो त्यसको अध्ययन हुनु जरूरी छ । किनभने काल पल्किनुलाई काल आउनुभन्दा खतरनाक मानिन्छ । त्यसैले विज्ञहरूले यसको उत्पत्तिको कारण र निराकरणको उपाय खोज्न जरूरी छ । यो टर्नडो आउने क्ष्Fेत्र भएको भए पहिले पनि आउनुपर्ने थियो, होइन भने अहिले यसको उत्पत्ति हुनुको पछाडिको कारण के हो ? यो प्राकृतिक विपत्ति हो र त्यसैले यसको कारण प्रकृतिमैं खोज्दा सबैभन्दा ठूलो कारण वन विनाश नै हो भन्ने पनि लाग्छ । आउँदा दिनहरूमा निजगढ विमानस्थलको लागि रूख कटान, पूर्व पश्चिम रेलमार्गको लागि गरिने रूख कटानको यसमा भूमिका हुन सक्छ कि सक्दैन ? वन विनाश र चुरेको दोहनबाट प्राकृतिक जलको मुहान सुक्नु र नेपाल तराईमा बढ्दो मरुभूमीकरणको पनि यसमा भूमिका छ कि छैन भन्ने विषयपनि अनुसन्धानको क्षेत्रमा समेटिनुपर्ने हो जस्तो लाग्छ ।
    विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा १९८७ देखि २०१६ सम्मको मौसमी तथ्याङ्कले देशको दक्षिणी भेगमा गर्मी बढ्दै गरेको, अग्रिम मनसुनको आगमन र मनसुनको समयमा वर्षा बढी हुने गरेको प्रारम्भिक निष्कर्ष निकालिएको छ । प्रतिवेदनमा केही दिन अघि पर्सा र बारा जिल्लामा केही स्थानमा हावाहुरीले गरेको अकल्पनीय क्षतिको कारण पनि यही रहेको कुरा औंल्याउँदै यसको सम्बोधन जरूरी छ भनेको छ । तर सम्बोधन कसरी गर्ने भन्ने बारे भने केही उल्लेख छैन । सामान्यतया वन विनाशको कारण नै विश्वभर औसत तापक्रम वृद्धि भइरहेको परिप्रेक्ष्यमा नेपालमा पनि वन विनाश नै यसको मूल कारण हो भन्न सकिने देखिन्छ । त्यसैले आएको टर्नेडोबाट भएको क्षति न्यूनीकरणको लागि सबैतिरबाट आएको सहयोगको लागि जहाँ आभार व्यक्त नगरी रहन सकिन्न त्यही यो पनि चिन्ता गर्ने ठाउँ छ कि फेरि तराईमा त्यही वा अन्य कतै यस्तै टर्नेडो आयो भने हाम्रो समृद्धिले कति थेग्न सक्ला १ अहिलेको अध्ययनले यस टर्नेडोले आप्mनो बाटोमा परेका गरीबहरूको कच्ची एवं सामान्य रूपमा निर्माण भएको पक्की घरलाई उखेलिदिएको छ जबकि यो लामो समयको थिएन । केही बेर अझ लम्बिएको भए सम्भवतः आरसिसी भवनहरू पनि क्षतिग्रस्त हुने थियो । त्यसकारण काल पल्किनबाट रोक्न यस अध्ययनले ठोस समाधान दिनुपर्छ र सरकारले त्यसलाई दृढताका साथ कार्यान्वयन पनि गर्नुपर्नेछ ।
    मानवीय संवेदनालाई ध्यानमा राखेर जतिसुकै राहत सामग्री पु¥याएर घरसमेत बनाइदिंदा पनि हामी भौतिक क्षतिमा सहयोगी भइरहेका हुन्छौं । तर जुन परिवारले आफन्त गुमायो उसको दुःख बेग्लै किसिमको हुन्छ जसको न्यूनीकरण सम्भव छैन । त्यसैले नेपालमा पहिले इतिहासमा नदेखिएको घटना पुनः नहोस् भन्नेतर्पm सोचाइ राख्नु नै उचित हुनेछ । राहत सामग्री जति पुगेपनि नपुग भएको समाचार आइरहेकै छ । भोजन सामग्री पुग्दा भाँडाकुँडा र इन्धनको अभावको कुरा आउँछ भने डिग्निटी किट बाँडिदा पानी र शौचालयको अभावको कुरा आएको छ । पिउनको लागि बोतलको पानीले कति दिनसम्म थेग्छ होला १ त्यसैले दाताहरूले सार्वजनिक शौचालय र हाते चापाकल लगाइदिनेतर्पm ध्यान दिए बहुतायतको भलो हुने थियो । त्यहाँबाट राहत सामग्री चोरी र लुटपाटका घटना भएको खबर र भिडियोहरूमा पनि देख्न पाइएको छ । चरम अभावमा यस्ता घटनाहरू हुन्छन् । यो मानवीय कमजोरी हो तर प्रशासनले गरेको सहयोग अत्यन्त प्रशंसनीय रहेपनि शान्ति सुरक्ष्Fाको स्थिति बलियो बनाउने तथा बारा जिल्ला प्रशासनले लागू गरेको एकद्वार वितरण प्रणालीलाई सबै प्रभावित क्षेत्रतिर कार्यान्वयन गर्नुपर्ने देखिन्छ । यो चुनौतीपूर्ण छ तर पनि यसलाई गर्न सकिन्छ किनभने हाम्रो देशको सुरक्ष्Fा बलले जसरी अहोरात्र त्यसमा परिश्रम ग¥यो त्यो क्षमताबाट यो सम्भव छ भन्ने लाग्छ । माइती नेपालले बाबुआमा गुमाएका १०  जना नानीहरूको अध्ययनको जिम्मा लिएर जुन प्रशंसनीय कार्य गरेको छ त्यो अरू सामाजिक संस्थाबाट पनि हुनेछ भन्ने अपेक्ष्Fा राख्नु अनुचित नहोला ।
    अन्त्यमा घटना भइसकेपछि बिरामी ओसार्न एम्बुलेन्स चालकहरूको तदारुकता र बिरामी अस्पताल पुगेपछि अस्पतालका चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूले देखाएको मानवीय भावना स्तुत्य कार्य हो । यस दौरान नारायणी अस्पतालमा प्राकृतिक विपदासँग जुध्न भौतिक संरचनाको अभाव अत्यन्तै खटकिएको पक्ष रह्यो । रक्तदाताहरूले जसरी अगाडि आएर जीवनदानमा मदत पु¥याए, त्यो पनि अतयन्तै प्रशंसनीय कदम हो । तर यी सबैका बावजूद हाम्रो लक्ष्य अब अर्को टर्नेडो तराईमा नआओस् भन्नेतर्पm नै केन्द्रित हुनुपर्छ किनभने पटक–पटक यस्तो आएमा सधैंभरि यस्तै सहयोग जुटाउन र व्यवस्थापन गर्न सजिलो हुनेछैन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us