Monday, April 15, 2019

न्यायालयको समाचार लेख्नुस् तर सही समाचार लेख्नुस् –प्र. न्यायाधीश आचार्य

प्रस, वीरगंज, २ वैशाख/
    उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका प्रमुख न्यायाधीश डिल्लीराज आचार्यले आजको समयमा पत्रकारलाई न्यायालयको विकृति विसङ्गतिबारे समाचार लेख्न आग्रह गरेका छन् । उनले वीरगंजबाट प्रसारित आवाज एफएम ८८ मेर्गाहर्जको दोस्रो वार्षिकोत्सवको अवसरमा आयोजना भएको औपचारिक कार्यक्रमको प्रमुख अतिथिको रूपमा बोल्दै यस्तो बताएका हुन् । “न्यायालयको काम कारबाही सुधार होस् भन्ने हिसाबले सबै पत्रकारलाई न्यायालयभित्रका तथ्यपरक समाचार लेख्न स्वतन्त्रता छ, तर समाचार तथ्यपरक र सही हुुनुप¥यो”–उनले भने–“गलत समाचारले समाजमा भ्रम छर्ने कार्य गर्छ, त्यस कारण समाचार लेख्दा वा सूचना प्रवाहित गर्दा पत्रकारलाई जिम्मेवार बन्नुपर्छ ।”
    “पत्रकारिता भनेको सही सूचना, सही समयमा जनता समक्ष पु¥याउनु हो, यसले ठूलो अर्थ राख्छ, सही समाचारले सही छाप छोड्छ भने गलत समाचारले गलत नतीजा दिन्छ”–उनले थपे–“गलत समाचारले पत्रकार र सञ्चार गृहको गरिमा खस्काउँछ भने भ्रमको खेती गरेर लेखिएको समाचारले समाजमा भाँडभैलो मचाउँछ ।”
    कार्यक्रमका विशिष्ठ अतिथि वीरगंज महानगरका मेयर विजय सरावगीले वीरगंजका केही रेडियो राजनीतिक र व्यक्तिवादी सोचबाट ग्रस्त रहेको आरोप लगाए । उनले जिम्मेवार भएर समाचार र कार्यक्रम उत्पादन गरी वीरगंजको विकासमा अहम् भूमिका निर्वाह गर्न आग्रह गरे । वीरगंजका पत्रकार जगदीश शर्माले आजको पत्रकार जान्ने भइसकेका छन् । पत्रकारिताको सिद्धान्त आउँछ, त्यसै अनुरूप हिंडे थप केही गर्नु नपर्ने बताए ।
    नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष तथा आवाज एफएम ८८ मेर्गाहर्जका सञ्चालक श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपाका पूर्व सांसद राजकुमार गुप्ता, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियाँ, पोखरिया नगरपालिकाका प्रमुख दिपनारायण रौनियार, ठोरी गाउँपालिकाका अध्यक्ष पिएल श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ पर्साका उपाध्यक्ष अनुप तिवारी, जेष्ठ नागरिक सङ्घ पर्साका अध्यक्ष पशुपतिविक्रम शाह, सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका अध्यक्ष इब्राहिम देवान, नेपाल रेडक्रस सोसाइटी प्रदेश २ का अध्यक्ष पूmलमहम्द मियाँ, नेका पर्सा सचिव श्याम पटेल, समाजसेवी तथा प्राध्यापक सुषमा तिवारी, युवा नेता ओमप्रकाश सर्राफलगायतको सहभागिता थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us