Tuesday, April 16, 2019

मुख्यमन्त्री राउतले आयोगलाई विज्ञापन नगर्न भने

राधेश्याम पटेल, वीरगंज, ३ वैशाख/
    प्रदेश नं २ सरकारले सङ्घीय सरकार मातहत रहेको लोक सेवा आयोगलाई प्रदेश २ को लागि कर्मचारी भर्ना नगर्न आग्रह गरेको छ । मुख्यमन्त्री लालबाबूले आज लोकसेवा आयोगको नाममा पत्र लेख्दै यस्तो अनुरोध गरेका हुन् ।
    नेपालको संविधानबमोजिम प्रदेशमा निजामती कर्मचारी भर्ना गर्ने अधिकार प्रदेश लोक सेवा आयोग गठन सम्बन्धी विधेयक प्रदेश सभामा पेश भई अन्तिम चरणमा रहेको तथा प्रदेश लोक सेवा आयोग गठन गर्ने तयारीमा रहेको अवस्थामा विभिन्न सञ्चार माध्यमबाट लोक सेवा आयागले प्रदेश र स्थानीय तहसमेतका लागि कर्मचारी भर्ना गर्न विज्ञापन खुलाउन लागेको जानकारी पाएकोले प्रदेश २ को हकमा कर्मचारी भर्नासम्बन्धी विज्ञापन नगरिदिन उनले आग्रह गरेका हुन् ।
    प्रदेश २ का मुख्यमन्त्री राउतले लोक सेवा आयोगलाई पठाएको पत्रमा उक्त कुरा उल्लेख गरिएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us