Monday, April 15, 2019

नयाँ वर्षको गरौं स्वागत

    देशमा नयाँ वर्ष शुरू भएको छ । नयाँ वर्षको सबैले स्वागत गर्छन्, यद्यपि एक वर्ष पहिले पनि हामीले बितेको वर्षलाई नयाँ मानेरै स्वागत गरेका थियौं । वर्षको स्वागत गर्दैमा नयाँ वर्ष फलिफाप हुन्छ भन्ने कुरापनि होइन । हिजो भएन, आज के आधारमा हुन्छ भन्ने प्रश्न तेर्सिन्छ । तर होइन १ वर्ष परिवर्तन भएसँगै हामीले अनुभूत हुनेगरी वा नहुनेगरी हाम्रो परिवेश फेरिएको छ । हिजो घरको समर्थ वा निर्बल सदस्य बाहिर निस्कँदा सकुशल फर्केर आउँछ कि आउँदैन भन्ने चिन्ता अहिले निर्मूल भएको छ । आज विधिको शासन कायम हुँदै गएको छ । विधिको शासनसँगै हाम्रो सोचमा पनि परिवर्तन आएको छ । हिजोको कुण्ठा, त्रास, दुश्चिन्ताले नेटो काटिसकेको छ । यो कुनैपनि नयाँ वर्षले गरेको होइन, अपितु निपट अँध्यारोमा पनि हामीमा नयाँ वर्षको स्वागत गर्ने स्वस्पूmर्त भावनाले हामीलाई जस्तै अप्ठ्यारोमा पनि जिउने कला सिकाएर भएको हो । जीवन जिउने कला थाहा भएन भने अपार सुविधाले पनि मनमा शान्ति स्थापना गर्न सक्दैन । यसविपरीत विगतका घनघोर अन्धकारमा पनि हामीले यसै कलाका कारण आजको अवस्था ल्याउन सफल भएका हौं ।
    हिजो असामाजिक तŒवको राइँदाइँ थियो, आज विधिको साम्राज्य छ । विधिको शासनले सबै विसङ्गतिको नाश भएको छ । यसको पछाडि हाम्रो जिजीविषाले नै काम गरेको हो । र मानिसमा जिजीविषाले नै कला उत्पन्न गर्दछ । कलाले नै मानिसलाई जिगीषु बनाउँछ । हामीले अनुभूत गरेको तथ्य हो– कति अन्धकारमय बाटो हामीले तय ग¥यो । हाम्रो बाटो कति कण्टकाकीर्ण थियो । त्यस बाटोमा हामी आत्तियौं, बरालियौं, तर प्रत्येक वर्ष आउने नयाँ वर्षले हामीमा आशाको सञ्चार गरिरह्यो । आजका आधुनिक मानिस हाम्रो रीतिरिवाज, चाडपर्वलाई दुःख निम्त्याउने माध्यम ठान्छन् ।  आप्mनो संस्कृतिमा कुनै रस भेट्दैनन् । आप्mनोको साटो परत्रको जुन संस्कृतिको पछि दुगुरिरहेका छन्स त्यहाँ, जुन बाटो हामी हिंड्यौं सहजताले पार पाएको एउटा उदाहरण पाइँदैन । गन्तव्य त सबैले फेला पारेका छन्, अन्यले पनि फेला पार्लान् तर सहजता हाम्रोजस्तो हुनेछैन, किनकि तिनको संस्कृति र जिजीविषा हाम्रोजस्तो परिपक्व छैन । तिनको संस्कृतिमा प्रतिशोध छ, उन्मत्तता छ, तिनको जिजीविषा अरूलाई मारेर आपूm बाँच्नुमा छ ।
    आज नेपालीको मनमा शान्ति छ, समाजमा गतिशीलता छ, राज्यमा केही गर्ने हुटहुटी छ, विभिन्न योजनाहरूको कार्यान्वयनले तीव्रता पाएको छ । दीर्घ तिमिरलाई चिर्दै उषाको लाली क्ष्Fितिजमा झल्किएको आभास भइरहेको छ । यसले हामीलाई झन् प्राणवान् बनाइरहेको छ । विभिन्न झञ्झावात खेपेर सुदृढ बनेको वृक्षको अवस्थामा हामी पुगेका छौं । अब हाम्रो जरा बलियो बनेको छ, सामान्य हावाहुरीले केही लछार्न सक्दैन । अब हावाहुरीबाट अत्तालिने होइन, हावाहुरीको दिशा परिवर्तन गर्न सक्ने क्षमता हामीमा विकसित भएको छ । यसका लागि हामीले बाह्य कुनै उपकरण वा अस्त्र–शस्त्रको प्रयोग गरेनौं, हाम्रो आन्तरिक ऊर्जाले यो उपलब्धि ल्याएको हो । त्यो आन्तरिक ऊर्जा हाम्रो संस्कृति र चाडपर्वहरूको देन हो । किनकि यो विज्ञानसम्मत छ, त्यसैले यो शाश्वत छ । यसैको परिपालनाले हामी जीवन्त छौं, हाम्रो सभ्यता जीवन्त छ । भोलिपनि निरन्तर रहने छ । हामी नयाँ वर्ष मनाइरहने छौं ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us