Monday, April 15, 2019

सङ्घीय फोरम पर्साको अध्यक्षमा पुनः प्रदीप यादव

प्रस, वीरगज, २ वैशाख/
    सङ्घीय समाजवादी फोरम नेपालको  प्रथम  समन्वय समितिको भेलाले सांसद  प्रदीप यादवलाई पुनः पर्सा जिल्ला अध्यक्षमा निर्वाचित गरेको छ ।
    अधिवेशनको बन्द सत्रमा सहमति  हुन नसक्दा निर्वाचन भएको थियो ।  १४ वटा स्थानीय तहबाट ४६ जना प्रतिनिधिले निर्वाचन प्रक्रियमा भाग लिएका थिए ।
    सोमवार सम्पन निर्वाचनबाट प्रदीप यादव ४० मत प्राप्त गरी अत्यधिक मतले विजयी भए । उनको एक मात्र प्रतिद्वन्द्वी  अब्दुल करिम अंसारी मंजुरले ४ मत प्राप्त  गरेका थिए । दुईवटा मत खाली रहेको निर्वाचन मण्डलका सदस्य शशिकपुर मियाँले जानकारी दिए ।
     नवनिर्वाचित अध्यक्ष प्रदीप यादवले मन्तव्य व्यक्त गर्दै पार्टीलाई अझ बलियो बनाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । सङ्घीय सभाका सांसदसमेत रहेका यादवले पार्टीमा कुनै गुट नरहेको भन्दै आजको दिनदेखि सङ्गठन अझ मजबुत भएको बताए ।
     जिल्लाका सबै निर्वाचन क्षेत्रमा बृहत् आमसभा आयोजना गर्नुका साथै सङ्गठन विस्तार र जनप्रतिनिधिहरूलाई समन्वय गर्नेलगायत काम शुभारम्भ गर्ने उनले बताए ।
    कार्यक्रममा वीरगंज महनगरपालिकाका मेयर विजय सरावगीले  आप्mनै पार्टीका कार्यकर्ताहरूले आपूmलाई असहयोग गरिहेको गुनसो गरे । मेयर सरावगी असफल भए पर्सा फोरम सङ्गठन नै असफल हुने बताए । निवाचित  प्रतिनिधिहरूलाई पनि पार्टीले भरपूर सहयोग गर्नुपर्ने आवश्यकतामा उनले जोड दिए ।
    अन्य वक्ताहरूले पार्टीलाई अझ बलियो बनाउन जोड दिए । अन्य पार्टीले फोरमलाई फोड्ने असफल प्रयास गरिरहेको उनीहरूले बताएका थिए । कार्यक्रममा प्रदेशसभा सदस्य प्रह्लाद गिरी, सिंहासन कलवार, करिमा बेगम, सुन्दर कुर्मी, अब्दुल करिम मंजुरलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us