Tuesday, April 16, 2019

ठोरीका सामुदायिक विद्यालयद्वारा शैक्षिक सत्र २०७५ को परीक्षाफल प्रकाशित

प्रस, ठोरी, ३ बैसाख/
    ठोरीका सामुदायिक विद्यालयहरूले शैक्षिक सत्र २०७५ सालको परीक्षाफल मङ्गलवार प्रकाशित गरेका छन्।
    प्रत्येक विद्यालयले विद्यालय स्तरमा जनप्रतिनिधि, वि.व्य.स., अभिभावक तथा विद्यार्थीहरूको सहभागितामा आआप्mनो विद्यालयको परीक्षाफल प्रकाशित गरेका हुन् ।
    आधारभूत तह कक्षा ८ बाहेक बालविकासदेखि कक्षा ९ सम्मको वार्षिक परीक्षाको नतीजा प्रकाशित गरिएको सरस्वती मावि ठोरीका प्रधानाध्यापक केशवप्रसाद रेग्मीले जानकारी दिए ।         ठोरी गाउँपालिकाका २१ वटा सामुदायिक विद्यालयमा बालविकासदेखि कक्षा ९ सम्म झन्डै ४ हजार बालबालिका अध्ययन गरिरहेको रेग्मीले बताए । ठोरी गाउँपालिका–४ मा रहेको श्री विजयबस्ती माविले भने पर्सि परीक्षाफल प्रकाशित गर्ने भएको छ । परीक्षाको नतीजा प्रकाशन गर्ने सबै तयारी पूरा भएपनि केही प्राविधिक काम बाँकी रहेकोले परीक्षाफल पर्सि प्रकाशित गरिने प्रधानाध्यापक नारायण लामाले बताए ।
    आधारभूत तह अन्तर्गत कक्षा ८ को परीक्षाफल भने स्थानीय तहले गर्ने रेग्मीले बताए । स्थानीय तहले कक्षा ८ को नतीजा आजै प्रकाशित गर्ने तयारी गरेको भएपनि केही प्राविधिक काम बाँकी भएपछि रोकिएको उनले बताए । आधारभूत तहको कक्षा ८ को परीक्षामा ४०१ जना परीक्षार्थी सहभागी थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us