Monday, April 15, 2019

गहुँबालीमा आगलागी

प्रस, पर्सागढी, २ वैशाख/
    पर्सागढी नगरपालिका–२ घोडपसरामा आगलागीबाट गहुँबाली नष्ट भएको छ । स्थानीय बासिन्दा रामजनम चौधरीको गहुँ काटेर छ्वाली जलाउन   लगाइएको आगोले संधियार अकलेश महतोको खेतको गहुँबाली जलेर नष्ट भएको हो । करीब पाँच कठ्ठा क्षेत्रफलमा लगाएको गहुँ जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
    इलाका प्रहरी कार्यालय, एकटाँगा र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रण गरिएको बृजमोहन दासले बताए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us