Tuesday, April 16, 2019

भ्रष्टाचार गर्ने नयाँ तरीका, रकमान्तर गरी स्थानीय तहले लुट्दै

प्रस, वीरगंज, ३ वैशाख/
    पर्साको स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारीहरूले योजनाबद्ध तरीकाले विभिन्न शीर्षकमा बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको खुलासा भएको छ ।
    विशेषगरी विकास निर्माणको योजनाका लागि छुट्याइएको रकम गोष्ठी सेमिनारमा खर्च गर्ने गरेको स्रोतले जनाएको छ ।
    चालू आवमा हुने विकास निर्माणका योजनाहरू नगर परिषद् तथा गाउँपरिषद्ले पास गरेपनि चालू आवको अन्त्यमा आएर ठूल्ठूला योजनाहरूको रकम रकमान्तर गरी अन्य योजनामा खर्च गरेको स्रोतले जनाएको छ।
    छिपहरमाई गापाले ओरिया खोला तटबन्ध गर्न रु ७० लाख विनियोजन गरेको थियो । तटबन्ध निर्माण कार्यको उद्घाटन पूर्वप्रधानमन्त्री माधव नेपालले गरेका थिए । तर अहिलेसम्म तटबन्धको काम शुरू भएको छैन । जनप्रतिनिधिका अनुसार सो रकम अन्यत्र रकमान्तर भइसकेको छ ।
    आवको शुरूमा पारदर्शीतासहित दीर्घकालीन तथा अल्पकालीन आकर्षक योजना परिषद्बाट पारित गर्ने तर आवको अन्त्यमा बोर्ड बैठकबाट योजना फेर्दै जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा रकमान्तरण हुने गरेको स्थानीय तहका कर्मचारीहरूले बताएका छन् ।
    गाउँमा रहेका विवादित योजनाहरूमा ठूलो रकम राख्ने र आवको अन्त्यमा विवाद भएको भन्दै सो योजनाको रकम अन्यत्र खर्च गर्न बोर्ड बैठकबाट पास गर्ने गरेको पाइएको छ । जीराभवानी, पर्टेवासुगौली तथा बिन्दवासिनी गापामा बढी रकमान्तर गरिएको स्रोतले जनाएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us