Friday, April 19, 2019

आफ्नै सुन्दरतामा रमाउँछ गाउँ


सञ्जय मित्र
    गाउँको आप्mनै सुन्दरता छ । गाउँले आप्mनो सुन्दरतालाई क्रिम लगाएर असुन्दर बनाउने प्रयास गर्दैन । अझ असुन्दर बन्ने वा सुन्दरता थपिएको भ्रममा अभैm गाउँ परिसकेको छैन । गाउँको सुन्दरता अनेक रूपमा प्रकट हुन्छन् । अनेक सुन्दरता अप्रकटरूपमैं देखिन्छ । त्यसैले गाउँ सुन्दर छ ।
    बाहिरको दुनियाँमा रमाउनेलाई असुन्दर लाग्न सक्छ गाउँ ।
    साँच्चै समय मिलाएर गाउँतिर निस्क्यौं भने अनेक चित्ताकर्षक स्वरूपमा गाउँले स्वागत गरेको पाइन्छ । के अभैm यस प्रकारको कुरो गाउँमा पाइन्छ र ? के यस प्रकारको कुरो गाउँमा लोप भइसक्यो ? दुवै प्रश्नको अप्रत्याशित उत्तर गाउँले दिने सामथ्र्य राखेको छ स्पष्ट ।
    गाउँको खेतमा उचिएर बुख्याँचाले अभैm बालीनालीको रक्षा गरेको छ । गाउँमा अभैm पनि अठगोडवा मचान उभिएको छ । कुनै एसी लगाइएको दुई तले घरकोभन्दा बढी आनन्द यस प्रकारको मचानवाला घरले दिएको हुन्छ । अझ यसमा झुल हालेपछि मच्छरले पनि जिस्क्याउँदैन । अन्य डर पनि हुँदैन । आनन्द र निश्चिन्ता एक साथ गाउँको यस प्रकारको मचानघरमा पाइन्छ ।
    गाउँमा आस्था जीवित छ । विश्वास फुलेको छ । पारस्परिक विश्वासको सुगन्धले सुगन्धित छ । सहयोगमा रमाएको देखिन्छ ।
    गाउँमा कतै पूजा भइरहेको हुन्छ । कतै कुनै धार्मिक यज्ञ चलिरहेको हुन्छ । यज्ञको बाजा र धुँवाले मनलाई त्यत्तिकै आनन्द दिन्छन् । मानिसहरू झुम्मिरहेका हुन्छन् । प्रकृतिको हावाहुरी, वर्षा आदि आउँदा यज्ञ भाँडिने डर अलिकति पनि हुँदैन, बरु भगवानले जाँचिरहेको भन्दै सबै सतर्क र झन् सहयोगी बन्दछन् । प्राकृतिक प्रकोपमा उद्धार र सहयोग गर्ने अन्तर्हृदयको ग्रामीण संस्कार आपैंmमा अद्भुत छ ।
    महायज्ञको अवशेषले पनि कतैकतै स्वागत गर्दछ । कतै भगवानहरू एक्लै आशीर्वाद दिइरहेका भेटिन्छन् । कतै सम्पन्नता निराश, उदास र हतास भेटिन्छ । कतै मान्छे शीतल छहारीमा एउटा गम्छा ओछ्याएर सुतिरहेछ र कतै मन्दिर एक्लै उभिएको छ आस्थाको आकाशतिर हेर्दै ।
    अनन्त फाँट/सरेह छ । कतै आगो फुलेको खेतमा र कतै फलेको देखिन्छ चराको झुन्ड । कुनै जनावर लुकामारी खेलिरहेका छन् त कोही मित्रसित रमाइरहेका छन् । कुनै चरो रूखमा बसेर वसन्त गाइरहेछ एक्लै । कसैले तपाईंको स्वागत आप्mनो कण्ठले गर्दछ हाँगामा बसेर ।
    कतै नयाँ बाली मुस्कुराइरहेको छ । कतै पाकिसकेको बालीले खेतबाट मुक्ति खोजिरहेको छ । किसानलाई व्यस्त बनाएको छ । अभ्यस्त बनेका छन् कृषकहरू । बाली भिœयाउँदाको हतारो र खाली खेतमा नयाँ बाली लगाउँदाको चटारो । कतै ठिङ्ग उभिएको वर्षे वा बहुवर्षे बाली र कतै उदास लम्पसार परेको डाँठयुक्त खाली खेत।
    वैशाखको दिउँसोको चर्को घामले पनि किसानलाई रोक्न सकेको छैन । घामले आप्mनो काम गर्छ, किसानको परिश्रमले खेतको माटोमा सुन फलेको देखिन्छ ।
    कुनै किसानले छाता ओढेका छन् र भिजेका छन् निथ्रुक्क । शायद बालीलाई छाता ओढाएको हुनुपर्छ वा खेतलाई छाताको शीतलताको अनुभूति गराएको हुनुपर्छ । किनभने छाता ओढ्ने र नओढ्नेमा केही फरक देखिंदैन ।
    कैयौं किलोमिटरसम्म अघि र पछि सडकले पर्खिरहेको छ आगन्तुक । कुनै कुनै बेला यो दृश्य देखिन्छ कि सडकमा कुनै सवारी साधन वा कुनै यात्री छैनन् । तिनै सडकमा कुनै बेला अटाइनअटाई भीड हुन्छ– मान्छेको, सवारी साधनको र पशुधनको पनि । सडक उत्साहित शायद यसै समयमा हुँदो हो । र, जब हिलोले भरिन्छ सडक र दुर्घटना देख्छ सडक आप्mनै छातीमा तब ऊ आँसु चुहाउँदो हो । वा सडककै आँसुले कुनै कुनै ठाउँमा भरिएको हुन्छ पानी र हामी त्यसमा दोष दिन्छौं सडकलाई । सडकको आँखामा जमेको चिप्रालाई हामी हिलो पो भन्दछौं कि ? गाउँका सडकको अनेक रूप हुन्छ तर शहरको सडकभन्दा भिन्न ।
    गाउँले कतै सम्पन्नताको अवशेष जोगाएर विपन्नता प्रदर्शन गरेको पाइन्छ भने कतै विपन्नतालाई लुकाएर सम्पन्नताको प्रदर्शन गर्दछ ।
    वास्तवमा हप्तामा कम्तीमा पनि एक दिन कुनै गाउँ वा कतै गाउँ डुल्नुपर्छ । डुलाई उद्देश्यमूलक वा निरुद्देश्यमूलक, कुनै बेला स्वच्छन्द भावले डुल्नुपर्छ । कुनै बेला डुल्नकै लागि पनि डुल्नुपर्छ । रूखहरूसित मित्रता गाँस्नुपर्छ । शहरभित्रको आप्mनो दम्भलाई मास्नुपर्छ ।
    गाउँसित अपरिचय साट्नुपर्छ, गाउँसित पुनर्परिचय बाँड्नुपर्छ । गाउँ जीवन हो, जहाँ जीवनको वास्तविकताको दर्शन हुन्छ । सुन्दरताको यथार्थ प्रकटीकरण भन्नु नै गाउँ हो । कृत्रिमता नपुगेको होइन तर गाउँको दर्शनले जहिले पनि ताजापन, नवीनता र उमङ्ग दिन्छ । कमसेकम चराहरूको बोली सुन्न र आप्mनै आँखाले चराहरूको स्वच्छन्द जीवनशैली हेर्न पनि पुग्नुपर्छ ।
    गाउँको सुन्दरताले अन्तर्हृदयको प्रेमलाई पवित्र बनाउँदछ किनभने गाउँ अभैm सुन्दर छ । आप्mनो सौन्दर्य ओछ्याएर गाउँले प्रतीक्षा गरिरहेको हुन्छ । जो गाउँ जान सक्दैन, ऊ जीवनलाई एकोहोरो बुझेर मात्र आपूmलाई गाउँको आनन्दबाट पछाडि धकेलिरहेको छ । कमसेकम एक मुठी स्वच्छ सासको लागि भएपनि गाउँ पुग्नुपर्छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us