Tuesday, April 16, 2019

ट्रकको ठक्करबाट दुईजना घाइते

प्रस, वीरगंज, ३ वैशाख/
    भारतीय नं.को ट्रकको ठक्करबाट दुईजना युवक गम्भीर घाइते भएका छन् । घाइते हुनेमा वीरगंज–१७ अलौ निवासी  रूदल अन्सारी र शेख अन्सारी रहेका छन् ।
    आइसिपीबाट आउँदै गरेको बिआर २६जे ८०६६ को मालवाहक ट्रकले मोटरसाइकलमा सवार दुवैजनालाई ठक्कर दिंदा घाइतेमध्ये शेख अन्सारीको अवस्था नाजुक रहेको र उपचारको लागि काठमाडौं लगिएको प्रहरीले जनाएको छ । रूदलको उपचार वीरगंज हेल्थकेयरमा भइरहेको छ ।
    अलौबाट तीव्र गतिमा आएको सो ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्रक र त्यसका चालक वडा प्रहरी कार्यालय श्रीपुरको नियन्त्रणमा रहेको प्रनि चक्रबहादुर मल्लले जानकारी गराएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us