Sunday, March 17, 2019

फेरि बलात्कार

    वीरगंजमा फेरि एउटी नाबालिकाको बलात्कार भएको छ । ९ वर्षीया बालिकाको उनकै घरमा डेरा गरी बस्ने २५ वर्षीय युवकले बलात्कार गरेका हुन् । घरमा कोही नभएको बेला मिठाईको प्रलोभन दिएर नाबालिकालाई आप्mनो कोठामा बोलाई बलात्कार गरेको थियो । धेरै उदेकलाग्दो घटनाहरू नेपालमैं भइरहन्छ । यस्ता उदेकलाग्दा घटनाहरूले समाजलाई अस्थिर बनाउँछ र अस्थिर समाजमा निषेधात्मक कामकुरा मात्र हुन्छ । निषेधको अर्थ हुन्ध बाधा । कुनै काम भइरहेको छ भने बाधा पु¥याउने । र यताको दिनमा समाजमा जहिलेपनि जहाँपनि, जुन कुरामा पनि बाधा नै तेर्सिएको देखिन्छ । किनकि समाजले निषेध प्रवृत्ति अँगालेको छ । निषेध प्रवृत्तिले जेमा पनि खोट देख्छ, जसमा पनि अवणुणमात्र देख्छ । यस्तो प्रवृत्तिले मानिस आपूm केही नगर्ने तर अरूको आलोचना गरेर, बाधा–अडकाउ पु¥याएर कुनै काम हुन दिंदैन । र यो निषेध प्रवृत्ति हुर्कनुमा समाजमा दण्ड र पुरस्कारको तालमेल नमिलेर नै हो । गल्ती गर्नेलाई सजाय नदिने, असल काम गर्नेलाई पुरस्कृत नगर्ने अभ्यासले मानिसमा केही गर्ने जाँगर हराउँछ ।
    एउटा–दुईटा कुनै अपत्यारिलो घटना हुन्छ भने अपवाद मानेर चुप लाग्न सकिन्छ, तर त्यही अपवाद दोहोरिन थाल्यो भने सजग समाजले निराकरणको विधि खोजिहाल्छ । तर जुन समाजले निराकरण खोज्न सक्दैन वा चाहँदैन, त्यसको के उपाय ? कि त्यो मानिस बस्ने समाज होइन भन्नुपर्छ वा त्यो समाज पतनको मार्गमा लम्कन थालेको मान्नुपर्छ । कुरा पर्सा जिल्लाको मात्र होइन, देशैभरि दुई वर्षकी बच्चादेखि ८० वर्षकी बूढीसम्म बलात्कृत हुनु राम्रो सङ्केत होइन । त्यो पनि एक वा दुई होइन, तारन्तार कुनै जिल्ला बाँकी नराखी हुनुलाई, विकृतिको जग बसेको मान्नुपर्छ । मानिस भौतिकवादी हुँदै गयो, उपभोक्ता संस्कृतिको बाहुल्य हुँदै गयो, कडा सङ्घर्षको साटो मानिस सुविधाभोगी हुँदै गयो, गाउँ रित्तिंदै र शहर भरिंदै गयो । भरिंदो शहरले नगरवासीलाई सहज आयको बाटो खोलिदियो । घर किराया, जमिन किराया, पेइङ गेस्ट, शिक्ष्Fा प्रचारसँगै आवतजावतको शृङ्खला बढ्दै गयो । यसले कुकर्मीहरूलाई शिकार खोज्न सजिलो पारिदियो ।             अभिभावकहरू आप्mनो बच्चालाई मायामात्र गर्छन् । नैतिक शिक्षा दिन आवश्यक ठान्दैनन् वा आफैं अनभिज्ञ छन् वा पैसा कमाउने धुनमा समय नै छैन । मानिसमा नकारात्मक प्रवृत्तिको दाँजोमा सकारात्मक प्रवृत्ति थोरैमात्र हुन्छ । वातावरण र परिस्थितिले पनि मानिसलाई संवेदनशील बनाइरहेको हुन्छ । यसै कुराको भेउ नपाएर आमाले एक्ली छोरीलाई घरमा छाडेर बजार गइन् र यौनपिपासुले अधम कर्म ग¥यो । यसर्थ नकारात्मकतालाई दमन गर्न निरन्तर सकारात्मकतालाई सक्रिय राख्नुपर्छ । जहाँ सकारात्मकतामा लापरवाही भयो, नकारात्मकता हावी भइहाल्छ । भनिरहनुपर्दैन अहिले नेपालमा नैतिकताको ¥हास र उच्छृङ्खलताको अचाक्ली बोलबोला  छ । अभिभावकको सन्तानप्रति दायित्व भनेको रुपियाँ–पैसाले कमी हुन नदिनु, सुविधा कमी हुन नदिनुसम्म सीमित छ । देशको राजनीति समाज लक्ष्Fित नभएर व्यक्ति लक्षित भएको छ । कुनै घटना हुँदा पीडितलाई एउटा राजनीतिक दलले बोक्छ भने पीडकलाई आप्mनो बनाउन बाँकी सबैको चेष्टा कार्यरत हुन पुग्छ । कारबाई गर्ने, न्याय गर्ने सबै ठाउँमा एकविरुद्ध बाँकी जुट्छन् । अनि सैंया भए कोतबाल तो डर काहे का । यसै मनोवृत्तिले हुनुपर्छ, यस्तो अधर्मवृत्तिमा संलग्न हुन प्रेरित गरेको ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us