Sunday, March 17, 2019

मधेसी शहीदको शालिक दुई वर्षदेखि अनावरणको पर्खाइमा

बिन्दुभूषण साह, पकहामैनपुर, २ चैत्र/
    दोस्रो मधेस आन्दोलनमा प्रहरीको गोली लागेर शहादत प्राप्त गरेका शत्रुघ्न पटेलको शालिक निर्माण भएको दुई वर्ष बितिसक्दा पनि अनावरण हुन सकेको छैन ।
    पकाहामैनपुर गाँउपालिका–४ पकाहा चोकमा शहीद पटेलको शालिक निर्माण भएको दुई वर्ष पूरा भयो ।  जनप्रतिनिधिहरूको उदासीनताका कारण अनावरण हुन नसकेको स्थानीयहरूले गुनासो छ ।
    पकहामैनपुर गाउँपालिका–३ निवासी शहीद पटेलको नाम चुनावताका राजनीतिक दलहरूको नारा बन्छ तर चुनावपछि सोही बाटो प्रयोग गरि हिंड्दा पनि शहीदको शालिकतर्फ कसैको ध्यान जाँदैन– चोकका बासिन्दाहरूले गुनासो गरे ।
    पकाहामैनपुरमा सङ्घीय समाजवादी फोरम नेपालबाट अध्यक्ष र उपाध्यक्ष सहित विभिन्न वडामा चुनाव जितेका छन् । उनीहरूले पनि  शहीद पटेललाई बिर्सेको स्थानीय प्रदिप चौरसियाले गुनासो गरे ।
    चौरसियाले भने–“हामीले स्थानीय तहको निर्वाचनको बेला मधेसी शहीदको नाममा भोट दिएर जितायौं तर चुनाव जितेपछि जनप्रतिनिधिहरूले चुनावी वाचा बिर्से । गाउँपालिकामा करोडौें बजेट आएपनि शहीदको शालिक अनावरण नहुनु दुःखद हो ।”
    दोस्रो मधेस आन्दोलनका क्रममा संविधान जारी गर्ने दिन २०७२ साल असोज ३ गते वीरगंज गीता मन्दिर रोडमा भएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर शत्रु“न पटेलको घटनास्थलमैं ज्यान गएको थियो ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us