Sunday, December 16, 2018

अनुशासन भनेको के हो ?

अनन्तकुमार लाल दास
    ठूलावडा घरमा आउँदा मेचमा बसेका केटाकेटीहरू उभिएर उनीहरूप्रति सम्मान प्रकट गरेको कुरा के तपाईंले देख्नुभएको छ ? यस्ता केटाकेटीहरू भीड भएको बसमा कुनै बुजुर्ग वा बच्चालाई खुशी–खुशी आप्mनो सीटमा बस्न दिन्छन् । उनीहरूमा देखिने यो संस्कार उनीहरूको आमाबुवाको देन हो । मलाई आज पनि स्मरण छ मेरी बज्यैले मलाई रामायण, महाभारत र इतिहासका प्रेरक कथा सुनाउनुहुन्थ्यो । यस्ता कथाले हाम्रो ऊर्जालाई उच्चतम आदर्शतर्पm लिएर जान्थे र हामी पनि त्यस्तै उदाहरण बन्ने प्रयास गथ्र्यौं । बाल्यकालमा सुनेका यस्ता कथाहरूले आजीवन हाम्रो मस्तिष्कलाई प्रभावित गरिरहेको हुन्छ ।
    अनुशासनसँगै यदि त्यसमा स्नेह पनि समावेश भयो भने केटाकेटीहरूलाई के लाग्छ भने यी सबै, मात्र नियम पालना नभई, हाम्रो भलोको लागि पनि हो । सन्त कवि तिरूवल्लुवर भन्छन्–“बाँसुरी र सितारको धुन मीठो हुन्छ तर तिनका लागि, जसले केटाकेटीहरूलाई हाँसेको सुनेको छैन ।” हाँस्नु, खेल्नु, कराउनुमाथि प्रतिबन्ध लगाउनुको अर्थ सन्तानको स्वाभाविक जीवनमा बाधा हो । सधैं अनावश्यक नियमहरूबाट सन्तानलाई टाढा राख्नुपर्छ । उनीहरू सामु उदाहरण बन्नुपर्छ । तपाईंको सन्तानले उपदेश र निर्देशको साटो तपाईंले गर्ने व्यवहारबाट बढी सिक्छ ।
    साधु वासवानी सानो छँदा एक दिन कक्षाकोठामा कल्पनालोकमा हराए । त्यहाँ एकजना शिक्षकले उनको गालामा थप्पड हिर्काए । त्यसै बेला उनले एउटा यस्तो विद्यालय खोल्ने परिकल्पना गरे जहाँ विद्यार्थीलाई मायालु वातावरण र मान र सम्मान प्राप्त होस् । जहाँ टीचर ‘टास्क–मास्टर’ नभई साथीजस्ता होऊन् ।
    भाग्यशाली वासवानी केही दिनपछि साधु हीरानन्द अकादमीमा भर्ना भए । त्यहाँ उनले शिक्षकहरूसँग धेरै कुरो सीखे । ती शिक्ष्Fक साथी हुनुको साथै उनका रोल मोडेल पनि थिए । वर्तमानमा साधु वासवानीले ‘मीरा मुभमेन्ट इन एजुकेशन’ अन्तर्गत धेरै विद्यालय खोले, जहाँ विद्यार्थीलाई दण्ड दिइँदैन । आज पनि त्यहाँका पुराना विद्यार्थी शिक्षकहरूसँग आमाबुवालाई जस्तै भेट्न आउँछन् । एक दिन यही कुरो साथीलाई सुनाउँदा उनकी पत्नीले भनिन्–“दादा १ म कहिल्यै आप्mनो छोरोलाई कुट्दिनँ । जब चकचक गर्छ, आधा घण्टा कोठामा थुनिदिन्छु ।” यस प्रकारको ‘अनुशासन’ को कुरा सुनेर मलाई उदेक लाग्यो । धेरैजसो अभिभावकलाई वास्तवमा अनुशासन भनेको के हो, थाहा नै छैन । कोही कुटाइ, कोही कान निमोठाइ र कोही मानसिक दण्डलाई अनुशासन बुझ्छन् भने केही निरन्तर आप्mनो बच्चाप्रति आलोचनात्मक हुन्छन् । यसले केटाकेटीलाई जिद्दी र कुण्ठित बनाउँछ ।
    एकपटक एकजना बूढा मानिस आप्mनो नातिसँगै कतै जाँदै थिए । अचानक बाटोमा केटोले एउटा कछुवा देख्यो । उसले कछुवालाई हातमा उठायो, कछुवाले टाउको लुकायो । निरन्तर कोशिश गर्दा पनि कछुवाले टाउको बाहिर निकालेन । बाजेले कछुवा उसको हातबाट लिएर भने–“तिमी उसलाई जबर्दस्ती टाउको बाहिर निकाल्न विवश पार्न सक्दैनौं ।” घर पुगेपछि बाजेले कछुवालाई आगो नजीक राखे । आगोको गर्मी पाउना साथ कछुवाले टाउको बाहिर निकाल्यो र हिंड्न थाल्यो । उनले सन्तानलाई उदाहरण दिएर सिकाए । केटाकेटीलाई माया गरियो भने उनीहरू सही तरीकाले काम गर्न सिक्छन् । जुनबेला केटाकेटी प्रसन्नतासाथ काम गरिरहेका हुन्छन्, त्यसबेला उनीहरूमा रुचि लिनुपर्छ । उसलाई के प्रतीत हुन दिनुहुँदैन भने तपाईं उनीहरूले चकचक गर्दामात्र ध्यान दिनुहुन्छ ।
    धेरै दिनपछि रीतासँग भेट हुँदा रेशमा धेरै खुशी भइन् । उनी छोरो महेशसामु केही खेलौना राखेर रीतासँग कुरा गर्न थालिन् । दश मिनेटपछि महेश  खेलौनासँग बोर भयो आमालाई कोट्याउँदै भन्यो–“आमा, मसँग खेल्नु न” । रेशमा उसको हात पन्छ्याए पुनः कुरा गर्न थालिन् । महेशले पटक–पटक परेशान गरेपछि रेशमाले आँखा तरेर चुप बस्न भनिन् । केहीबेरको चुप्पीपछि महेश आमा र रीता बसेको सोफामा कुद्न थाल्यो र ‘आमा–आमा’ भनी कराउन थाल्यो । आमा परेशान भई बेस्सरी कराइन्– “चकचके” र उसलाई सोफाबाट उठाएर भुईंमा बसाइदिइन् । “राम्रो केटो बन” भन्दै “लौ यो फोन, पापा, हजुरबुवा–हजुरआमासँग कुरा गर ।”महेश फोन पाएर खुशी भयो र पाँच मिनेटजति धरै मानिससँग काल्पनिक कुराकानीमा बितायो । त्यसपछि पुनः आमा नजीक पुग्यो । आमा किन ऊतिर हेरिरहेकी छैनन् ? किन ऊसँ कुरा गरिरहेकी छैनन्, ऊसँग खेलिरहेकी छैनन् ? रिसाएर महेशले फोन मेचमा बजारिदियो । मेचको शीशा फुट्यो र त्यसमा राखेको पूmलदानी भुईंमा झरेर फुट्यो । महँगो गलैंचा पानीले भिज्यो । आमा कुराकानी र साथीलाई बिर्सेर बेस्सरी  कराइन् ऊ नजीक आइन् । महेशले जे चाहेको थियो त्यो पूरा भयो । ऊ आप्mनी आमालाई साथीसँग कुरा गर्न छाडेर आपूm नजीक ल्याउन सफल भएको थियो ।
    बाल मनोविज्ञानमा यसलाई ‘अटेन्शन सिकिङ सिन्ड्रोम” भनिन्छ ।  केटाकेटीलाई के लाग्छ भने जब उनीहरू राम्रो काम गरिरहेका हुन्छन्, किन कसैले उनीहरूतिर ध्यान दिंदैन ? जुनबेला चकचक गर्छन्, अरूको ध्यान आकर्षित हुन्छ । यस कारण केटाकेटीहरू आपूmतर्पm ध्यान आकृष्ट गर्नका लागि पनि चकचक गर्छन् । यसर्थ आमाबुवाले उनीहरूले चकचक गर्दामात्र होइन, राम्रो व्यवहार देखाउँदापनि ध्यान दिनुपर्छ । तपाईं जतिसुकै व्यस्त भए पनि राम्रो व्यवहारको लागि प्रोत्साहित गर्न नबिर्सनुहोस् । ध्यान दिनुपर्ने कुरो के हो भने तपाईं र तपाईंको सन्तान दुवैलाई राम्रो व्यवहारको नियम थाहा हुनुपर्छ । केटाकेटीहरूलाई पनि नियम भङ्ग गरेपछि के हुन्छ भन्ने कुराको ज्ञमा हुनुपर्छ ।
    किशोरवयका लागि नियम झन् कडा हुनुपर्छ । उनीहरूलाई लामो समयसम्म टेलिभिजन हेर्ने छुट दिनुहुँदैन, किनभने हिंसा र अनैतिकताले उनीहरूको हृदयमा नराम्रो प्रभाव पार्दछ । इन्टरनेटमाथि खर्च हुने समयमा पनि ध्यान दिनुपर्छ । खास चैनल र बेबसाइटबाट केटाकेटीहरूलाई टाढा राख्ने धेरै उपाय छन् । स्वतन्त्रतको पक्ष्Fमा जसले जे भनेपनि यस मामिलामा किशोवयका लागि ‘सेन्सरशीप’ हुनैपर्छ । गलत सङ्गतमा परेर गलत बानी सिक्नबाट जोगाउन आमाबुवाले किशोरहरूको साथीमाथि पनि ध्यान दिनुपर्छ । यसको तिनका साथीहरूलाई घर आउन निम्तो दिनुहोस् र उनीहरूसँग केही समय व्यतीत गर्नुहोस् । उनीहरूको लागि मन पर्ने खाजा तयार पार्नुहोस्, पार्टी गर्नुहोस् र उनीहरूको परिवारबारे जान्ने र अनुकूल देखिए उनीहरूको आमाबुवासँग मेलजोल बढाउने प्रयास गर्नुहोस् ।
    केटाकेटीहरूलाई आवश्यकताभन्दा बढी ‘पाकेटखर्च’ दिनु उचित हुँदैन । केटाकेटीहरूलाई पैसा कसरी कमाइन्छ भन्ने सिकाउनुहोस् र हरेक कुरोमा पुरस्कार दिने बानी बसाल्नु उचित हुँदैन । केटाकेटीहरूलाई ‘योग’ र ‘ध्यान’ कक्षामा पठाउनुहोस् । यसले उनीहरूभित्र सङ्कल्प शक्ति र आध्यात्मिक शक्तिको विकास हुन्छ । उनीहरूलाई बाल्यकालदेखि नै ससाना जिम्मेवारी दिएर दायित्वबोध
गराउनुहोस् । उनीहरूको ‘मूड’ खराब भएको बेला उनका कमजोरी नबताएर मनःस्थिति सकारात्मक भएको बेला सम्झाउने प्रयास गर्नु उचित हुन्छ ।
    अब्राहम लिंकनसँग जोडिएका उपरोक्त कुरा सबै सन्तानमागि लागू गर्न सकिन्छ तर सबैभन्दा पहिले तपाईं स्वयंले यसलाई आप्mनो जीवनमा लागू गर्नुपर्छ । “यदि तपाईं अपव्ययलाई प्रोत्साहित गर्नुहुन्छ भने सम्पन्नता ल्याउन सक्नुहुन्न । बलियोलाई दुर्बल बनाउनुहुन्छ भने दुर्बललाई बलियो बनाउन सक्नुहुन्न । कुनै मानिसलाई तल झारेर स्यानोलाई ठूलो बनाउन सक्नुहुन्न । अमीरलाई सखाफ पारेर गरीबलाई सहयोग गर्न सक्नुहुन्न । आयभन्दा बढी खर्च गरेर त्यसको पूर्ति गर्न सक्नुहुन्न । मानिसहरूलाई जुधाएर शान्ति कायम गर्न सक्नुहुन्न । उधारो लिएको पैसाबाट सुरक्षा पाउन सक्नुहुन्न । अन्त्यमा अनुशासन भनेको स्वयंलाई शासित गर्नु हो, अरूलाई होइन ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us