Thursday, September 27, 2018

पर्यटन दिवसको अवसरमा वीरगंजमा सरसफाइ

प्रस, वीरगंज, १० असोज/
    ३९ औं विश्व पर्यटन दिवसको अवसरमा वीरगंजमा सरसफाइ कार्यक्रम गरिएको छ ।
    होटल व्यवसायी सङ्घ, पर्सा र पर्यटन प्रहरी वीरगंज एवं लिङ्करोड विकास समितिको संयुक्त आयोजनामा सो क्ष्Fेत्रमा सडक, पूmटपाथ एवं डिभाइडरको सफाइ गरिएको थियो ।
    सरसफाइ कार्यक्रम होटल व्यवसायी सङ्घ, पर्साका अध्यक्ष्F छविलाल उप्रेती, होटल व्यवसायी महासङ्घ प्रदेश नं. २ का सचिव तबरेज आलम, प्रहरी उपरीक्ष्Fक रेवती ढकाल, वडाध्यक्ष्F राजकिशोर गुप्ता, श्यामबाबू चौरसिया, लिङ्करोड विकास समितिका अध्यक्ष्F राजेश साह, भवानी हस्पिटलका प्रबन्धक राम श्रेष्ठलगायतको सहभागिता थियो ।
प्रस, जीतपुर/
    ३९ औं विश्व पर्यटन दिवसको अवसरमा आज सिमरा विमानस्थलमा अवतरण गरेको पहिलो विमानका सबै यात्रुलाई होटल तथा पर्यटन व्यवसायी सङ्घ, बाराले स्वागत, सम्मान गरेको छ ।
    पर्यटन दिवस तीन दिने कार्यक्रम गरी मनाउने निर्णय गरेको सङ्घले पहिलो दिन सिमरा विमानस्थलमा अवतरण गरेको पहिलो विमानका चालक, सहचालक, एयरहोस्टेस र यात्रुहरूलाई पूmलमाला, खादा ओढाएर सम्मान गरेको थियो ।
    सो अवसरमा पहिलो विमानबाट आज सिमरा अवतरण गरेका वीरगंज महानगरका मेयर विजय सरावगीले पर्यटकको रूपमा आपूm सम्मानित हुँदा खुशी महसूस गरेको बताए । उनले पर्यटन दिवस मनाउने तरिकाको प्रशंसा गर्दै पर्यटन प्रवद्र्धनमा यसखाले भूमिकाले महŒव राख्ने प्रतिक्रिया दिए ।
    यसैगरी मालपोत कार्यालय, सिमराका प्रमुख मदन गुप्ताले पनि सङ्घले पर्यटन दिवसमा यात्रीहरूलाई गरेको सम्मानको सराहना गरे । होटल तथा पर्यटन व्यवसायी सङ्घ, बाराका अध्यक्ष्F मोहन शर्मा लामिछानेले बारालाई पर्यटकीय गन्तव्य बनाउने कार्यमा सङ्घ अघि सरेको बताए ।
    पर्यटन दिवसको अवसरमा असोज १२ गते अन्तत्र्रिmया र १३ गते साइकिलिङ कार्यक्रम आयोजना गरिंदैछ । बारामा असोज २७–२९ गते हुन लागेको दोस्रो बारा खाना तथा दशैं महोत्सवलाई सफल बनाउने उद्देश्यका साथ सङ्घले अन्तर्राष्ट्रिय पर्यटन दिवस तीन दिने कार्यक्रम गरी मनाउन लागेको कार्यक्रम संयोजक सञ्चारकर्मी प्रदीप गौतमले जानकारी गारएका छन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us