प्रस, वीरगंज, ११ असोज/
विश्व मुटु दिवसको अवसरमा नेपाल ह्दय रोग निवारण प्रतिष्ठानको सहयोगमा लायन्स क्लब अफ वीरगज ग्रीन क्याम्पसले बिहीवार निश्शुल्क मुटु परीक्षण शिविर सम्पन्न गरेको छ ।
वीरगंजको दुईवटा निजी विद्यालयमा आयोजना गरेको निश्शुल्क मुटु परीक्षण शिविरमा १५ सय विद्यार्थीमध्ये ३१ जनामा मुटुसम्बन्धी समस्या देखा परेको परीक्षणमा सहभागी चिकित्सकहरूले जनाएका छन् ।
जीवनज्योति मावि र सेस्मी इन्टरनेशनलमा आयोजित शिविरमा मुटुरोग विशेषज्ञहरू डा. राधा भट्टराई अर्याल, उदयनारायण सिंह, आनन्द झालगायतले परीक्षण गरेका थिए ।
शिविरको उद्घाटन लायन्स ग्रीन क्याम्पसका अध्यक्ष्F रविशङ्करले गरेका थिए ।

0 comments: