महेन्द्रनगर, धनुषा, १५ भदौ/
प्रदेश नं २ मा सञ्चालित ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानको आज शुभारम्भ भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री लालबाबू राउतले कार्यक्रमको औपचारिक उद्घाटन गरे ।
प्रदेश सरकारका मन्त्रीहरू, सभामुख, प्रदेशसभा सदस्यसहितको उपस्थितिमा मुख्यमन्त्री राउतले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान सफल बनाउन सबै लाग्नुपर्ने बताए । उनले भौतिक पूर्वाधारको विकासले मात्र समग्र विकास सम्भव नरहेको उल्लेख गर्दै सामाजिक रूपान्तरणका लागि यस खालका अभियान कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।
सार्वजनिक बिदा
प्रदेश सरकारले कृष्णाष्टमी पर्वको अवसरमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले कृष्णाष्टमीका अवसरमा भदौ १७ गते आइतवार सार्वजनिक बिदा दिने निर्णय गरेको मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

Good initiation by chieg minister Lal Babu Raut. Every girl has right to live with meaningful existentece.. visit also the link: http://nepaligossip.com/
ReplyDelete