Friday, August 31, 2018

आयुर्वेद र हाम्रो स्वास्थ्य

डा. रमेश मिश्र
    आयुर्वेद विश्वको प्राचीन चिकित्सा पद्धति हो र यसको सम्बन्ध प्रत्यक्षरूपमा मानवको जीवनसँग हुन्छ । आयुर्वेद एउटा जीवन विज्ञान हो । यो अनुभव, अनुसन्धानमा आधारित तथा कालानुसार विकसित स्वास्थ्य रक्षा एवं उपचारको प्राचीन पद्धति हो । आयुर्वेदमा शरीर, इन्द्रिय, मन र आत्माको  संयोगबाट निर्मित मानव स्वास्थ्यको व्यक्तिगत आधारमा संरक्षण र रोगहरूको उपचारमा विशेष बल दिइएको हुन्छ । मानव जीवनको सबै अवस्थालाई बुझ्दै रोग निदान र चिकित्साको ध्यान राख्दै आयुर्वेदमा उपचार गरिन्छ । स्वास्थ्य र जीवन शैली उन्नत राख्न दिनचर्या,  ऋतुचर्या एवं सद्वृत्तको उपदेश गरिएको छ । दीर्घायु प्राप्तिको लागि स्वस्थ जीवन शैली आवश्यक छ, जुन व्यक्ति विशेषको प्रकृति अनुसार हुन्छ । यसैले गर्दा आयुर्वेदमा व्यक्तिविशेषको प्रकृति अनुसार खानपान र उपचारको व्यवस्था फरक फरक हुन्छ । आयुर्वेदमा मुख्यतया तीन प्रकारको चिकित्सा गरिन्छ । दैवत्यपाश्रय, युक्ति व्यपाश्रय एवं सŒवावजय । आयुर्वेदमा रोगी एवं रोगको परीक्षाको विस्तृत वर्णन गरिएको छ । रोग एवं रोगीको देशकाल, बल आदिलाई ध्यानमा राखेर चिकित्सा निर्धारण गरिन्छ । निदान परिवर्जन, संशोधन संशमन एवं पथ्यापथ्य व्यवस्था यी चार कुरामाथि चिकित्सा आधारित हुन्छ । औषधोपचार एवं चिकितसा विधाको साथसाथै आहार एवं विहारको पनि ध्यान राख्नु आवश्यक हुन्छ साथै आयुर्वेदमा नाडी परीक्षाको बढी नै महŒव छ । अनि मात्र आयुर्वेदको पद्धतिबाट देश र जनताको सेवा राम्रो हुन्छ तर आज प्रचलनमा रहेका आयुर्वेदको प्रमुख चिकितसा विधिहरूमा शरीर संशोधनको लागि पञ्चकर्म, अर्श र भगन्दर चिकित्साको लागि क्षार सूत्र तथा स्वास्थ्य संवर्धन र वृद्धावस्था स्वास्थ्य रक्षाको लागि रसासय चिकित्सा प्रचलित छ । यी विधिहरू नसर्ने रोग जो विश्व स्वास्थ्य सङ्गठनको लागि चुनौती भइसकेको छ, जीर्ण एवं कृच्छद्ध साध्यरोगहरूको उपचारमा बढी प्रभावकारी सिद्ध भइसकेका छन् । विश्व स्वास्थ्य सङ्गठनले परिभाष गरेको नसर्ने रोगबाहेक आयुर्वेदको दृष्टिले अरूपनि केही रोगहरू छन् जुन नसर्ने छन् र त्यसको लागि रोगग्रस्त व्यक्तिले दिनहुँ औषधि सेवन गर्ने अवस्था छ । ती रोगहरू पनि विश्व स्वास्थ्य सङ्गठनको नसर्ने रोगको सूचीमा आउनुपर्छ ।
    आयुर्वेदमा स्वास्थ्य र लामो जीवनकालको लागि रसायन चिकित्साको व्यवस्था गरिएको छ जुन अष्टाङ्ग आयुर्वेदको एउटा विशेष अङ्ग हो । जसको उद्देश्य समयपूर्वको वृद्धावस्थालाई रोक्नु तथा वुद्धि स्मृति र इन्द्रियहरूको कर्मक्षमतालाई बनाइराख्नु हो । स्वास्थ्य सवद्र्धन एवं जीवन शैलीलाई समुन्नत गर्नको लागि आयुर्वेदमा धेरै औषधिहरू जडीबुटीहरूको वर्णन गरिएको छ । पञ्चकर्ममा शरीर संशोधनको पाँच विधिको वर्णन गरिएको छ जुन शरीरको दोष धातुहरूलाई समवस्थामा ल्याउन सहायक हुन्छ । शरीरबाट रोग उत्पादक कारणहरूलाई बाहिर निकाल्छ र रोगको पुनरावर्तन र वृद्धि रोक्दछ ।
    राम्ररी व्यवस्थापन गरियो भने आयुर्वेदबाट जीवन शैली अनुरूप सम्पूर्ण उपचार सुलभ र सबै व्यक्तिको सामथ्र्यको अनुरूप उपचार गर्न सकिन्छ ।
    विशेष रोगहरूको लागि केही रसायन औषधी तथा जडिबुटीहरू चिकित्सक, कविराज वा वैद्यको सल्लाह अनुसार सेवन गर्नुपर्छ ।
    १. स्वास्थ्य संवद्र्धनको लागि रसायन गुर्जो, अमला, अश्वगन्धा, गाईको दूध ।
    २. संधिवात/आमवातको लागि लहसुन, गुग्गुल, अश्वगन्धा, सुठो
    ३. श्वास रोगको लागि शिरिष, अगल्सय, हलेदो, हर्रो
    ४.  हृदय दौर्बल्यको लागि शालपर्णी, अर्जुन, गुग्गुल, पस्कर मूल
    ५. नाडी संस्थानको लागि लहसुन, गग्गुल, वला, अश्वगन्धा
    ६. मधुमेहको लागि शिलाजित, अमला, हलेदो, तेजपात, मेथी, करैला, जामुन
    ७. मेदज विकारको लागि गुग्गुल, हर्रो, पूस्करमूल, क्वा
    ८. मष्तिस्क एवं स्मृति विकारको लागि ब्राह्मी, मण्डुकपर्णी, ज्योनिष्मती, कौच, तगर
    ९. नेत्र रोगको लागि ज्योतिष्मति, त्रिफला, शतावरी, मुलहठी, अमला
    यसको साथ साथै आयुर्वेदमा खाने तरीकाको पनि व्यवस्था गरिएको छ जसको पालना ग¥यो भने रोग चाँडै लाग्दैन । खाना स्वादिलो र सुपाच्य हुनुपर्दछ, खाना ताजा हुनुपर्दछ, बासी हुनुहुँदैन । खानामा सबै रसहरू हुनुपर्दछ, खाना सही मात्रा र समयमा खानुपर्दछ ।
अन्नेन कुक्षे द्वविशौ पानेनैकं प्रपूरयेत् ।
आश्रयं पवनादीनां चतुर्थमवशेषयेत् ।

    पेटको आधी भाग खानाले एक चौथाई भाग तरल पदार्थले र बाँकी एक चौथाई खाली हावाको लागि छोड्नुपर्दछ । पेटभरि कहिले पनि खानुहुँदैन । खाने बेलामा ध्यान खानामा राख्नुपर्दछ, हतार हतार खानुहुँदैन । अतः सही रोग निदान, गुणस्तरयुक्त औषधिको साथसाथै पथ्य परहेजमा ध्यान दिएर आयुर्वेदको नीति नियम बनाएर लागू गरियो भने देशका गरीब निमुखा, शोषित–पीडित
वर्गको साथ साथै सबै वर्ग र समुदायका व्यक्ति आयुर्वेद चिकित्साबाट लाभान्वित हुनेछन् ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

फरक समाचार

Find us