Sunday, July 1, 2018

पानीले धान रोपाइँ सम्भव बनायो

प्रस, वीरगंज, १७ असार/
    बिहानदेखि परेको पानीले बारा–पर्साका किसानहरू हर्षित् भएका छन् ।
    बिहानदेखि किसानहरू धान रोपाइँ शुरु गरेका छन् । जेनतेन गरेर धानको बीउ बचाएका किसानहरू पानीको अभावमा चिन्तित थिए ।
    गण्डक नहरमा एक वर्षदेखि पानी नआउँदा किसानहरू आकाशे पानीको भरमा खेती गर्दै आएका छन् । प्रचण्ड गर्मीको बेला किसानहरूले बचाएर ल्याएका धानको बीउ पानी पर्दा खुशी भएका छन् । आज बिहानदेखि किसानहरू खेतमा काम गरिरहेका देखिन्थे ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us