Sunday, January 28, 2018

क्रिकेट टुर्नामेन्टमा लर्डबुद्ध र ज्ञानोदय विजयी

प्रस, वीरगंज, १४ माघ/
    पर्सा स्कूल्स ग्रुप २०७४ क्रिकेट टुर्नामेन्ट आदर्शनगर रङ्गशाला मैदानमा आजदेखि शुरु भएको छ ।
    कार्यक्रमका प्रमुख अतिथि रिलिफ सोसाइटी अफ कमर्स वीरगंजका सदस्य गणेश लाठले ब्याटिङ र रिपोटर््स क्लब नेपाल, पर्साका कन्हैया गुप्ताले बलिङ गरेर टुर्नामेन्टको उद्घाटन गरेका थिए ।
    पहिलो चरणको खेल लर्डबुद्ध मेमोरियल र युनाइटेड सेकेन्ड्री स्कूलबीच भएकोमा लर्डबुद्ध विजयी भएको थियो ।
    दोस्रो चरणको खेल ज्ञानोदय बाल सेकेन्ड्री स्कूल र मदरल्यान्ड माविबीच भएको थियो ।
    एन–प्याव्सनका केन्द्रीय सदस्य नन्दन यादवको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत भाषण नवीन श्रेष्ठ र सञ्चालन राजेश लिम्बूले गरेका थिए ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

फरक समाचार

Find us