Monday, January 29, 2018

पर्सा स्कूल्स ग्रुप २०७४ क्रिकेट टुर्नामेन्ट

प्रस, वीरगंज, १५ माघ/
    आज प्रथम चरणको क्याम्ब्रिज एजुकेशनल र युनाइटेड सेकेन्डरी स्कूल बीच भएको क्रिकेट खेलमा युनाइटेड सेकेन्डरी स्कूल १९ रनले विजयी भएको छ। म्यान अफ द म्याच युनाइटेड स्कूलका इमरान हुसेन घोषित भए।
    दोस्रो चरणमा ज्ञानोदय बाल सेकेन्डरी स्कूल र लर्डबुद्ध मेमोरियल एकेडेमीबीच खेल भएको थियो, जसमा ज्ञानोदय बाल सेकेन्डरी स्कूल ७ विकेटले विजयी भयो। यस खेलका म्यान अफ द म्याच ज्ञानोदय बाल सेकेन्डरीका सरफराज मंसुरी घोषित भए।     
    तेस्रो चरणको खेल मदरल्यान्ड सेकेन्डरी स्कूल र युनाइटेड सेकेन्डरी स्कूलबीच भएको थियो जसमा युनाइटेड सेकेन्डरी ३७ रनले विजयी भयो। युनाइटेड सेकेन्डरी स्कूलका इमरान हुसेन ५१ रनसहित म्यान अफ द म्याच घोषित भए ।
प्रथम पर्सागढी गोल्डकप ः नव जनजागृति सामु आयोजक स्तब्ध
प्रस, सिमरा, १५ माघ/
    आयोजक आमोदेवी युथ स्पोटर््सलाई सडन डेथमा हराउँदै नव जनजागृति युवा क्लब सिमरा प्रथम पर्सागढी गोल्डकप पूmटबलको क्वाटरफाईनलमा प्रवेश गरेको छ।
    पर्सा, बढनियारमा जारी गोल्डकपको आजको खेलमा आयोजकलाई सडन डेथमा हराउँदै नव जनजागृति सिमरा अन्तिम आठमा पुगेको हो।
    नव जनजागृतिलाई जित दिलाउने क्रममा सडन डेथमा क्लबका ओम तामाङले निर्णयक गोल गरेका थिए।
    शुरुदेखि रोमाञ्चक बनेको खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।
    टाइब्रेकरमा पनि निर्णय हुन नसकेपछि नतिजाका लागि खेल सडन डेथमा पुगेको थियो।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

फरक समाचार

Find us