Monday, January 29, 2018

ठोरीमा गुम्बाको शिलान्यास


प्रस, ठोरी, १५ माघ/
    ठोरी–१ को ऐतिहासिक पूmटबल मैदान नजिकै तामाङ समुदायले निर्माण गर्न लागेको गुम्बाको सोमवार एक कार्यक्रमबीच शिलान्यास भएको छ।
    लामा गुरुहरूले धार्मिक परम्परा अनुसार पूजापाठ गर्दै गुम्बाको शिलान्यास गरेको गुम्बा निर्माण समितिका  अध्यक्ष दुर्गाबहादुर मोक्तानले जानकारी दिए। झन्डै आधा दर्जन लामा गुरुले पूजापाठ गरेपछि गुम्बा निर्माणका लागि जमिन उपलब्ध गराएका अजय लामाले गुम्बाको शिलान्यास गरे।
    शिलान्यास कार्यक्रममा स्थानीय अगुवा, तामाङ बुद्धिजीवी, युवा तथा महिलाहरूको सहभागिता रहेको उनले बताए। चन्दा सङ्कलन गरेर तामाङ समुदायले गुम्बा निर्माण गर्न लागेको गुम्बा निर्माण समितिका अध्यक्ष मोक्तानले जानकारी दिए।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

फरक समाचार

Find us