Tuesday, January 30, 2018

पर्सागढी गोल्डकप ः एपिएफ विजयी

प्रस, वीरगंज, १६ माघ/
    पर्साको बढनियारमा जारी प्रथम पर्सागढी गोल्डकप अन्तर्गत आज भएको खेलमा मकवानपुर ११ हेटौंडालाई एकको विरुद्ध तीन गोल गरी रुद्रवाहिनी गण पथलैया (एपिएफ) विजयी भएको छ । आजको खेलमा मकवानपुरका आशिक बरालले खेलको १० औं मिनेटमा पहिलो गोल गरेका थिए । तर त्यसपछि रुद्र बाहिनी गणका तर्फबाट पशुपति विकले ४५ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा पु¥याए ।
    विकले नै मध्याह्नपछि ७७ औंं मिनेटमा अर्काे गोल गरेर गणलाई अग्रता दिलाएका थिए भने खेल समापनको ५ मिनेट अगाडि अन्तिम चरणमा गणकै  कुमार दोङ्गले थप एक गोल गरेका थिए ।
    पहिलो गोल गरेको मकवानपुरले खेल अवधिभरि अर्काे गोल गर्न सकेन र गणसँग पराजित भएर प्र्रतियोगिताबाट बाहिरिन पुग्यो ।
    आजको खेलको म्यान अफ द म्याच दुई गोल गरेका रुद्रवाहिनी गण पथलैयका पशुपति विक घोषित भए । माघ १७ गते बुधवार नवजागृति युवा क्लब सिमरा र चौधरी ११ बाराबीच खेल हुने आयोजकले बताएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

फरक समाचार

Find us