Sunday, January 28, 2018

आफताब मेडिकलको हकमा अन्तरिम आदेश जारी भएन

प्रस, वीरगंज, १४ माघ/
    नाउक्ष्Fे अस्पतालको हाताभित्र रहेको आफताब मेडिकल हलको हकमा पनि पर्सा जिल्ला अदालतले अन्तरिम आदेश बदर गरेको छ ।
    यस अघि सो मेडिकलले दिएको रिट निवेदनमा अदालतले अन्तरिम आदेश जारी गरेको थियो । तर अन्तरिम आदेशलाई निरन्तरता दिने विषयमा शुक्रवार र आज भएको बहसपछि अदालतले अन्तरिम आदेशलाई निरन्तरता नदिएको बताइएको छ । अन्तरिम आदेश जारी नभएपछि सो मेडिकल हल पनि बन्द हुने भएको छ ।
    अस्पताल प्रशासनले पुस २८ गते तालाबन्दी गरेपछि  सो पसलले पुस ३० गते पसल सञ्चालन गर्न दिएको निवेदनको आधारमा पर्सा जिल्ला अदालतले अन्तरिम आदेश जारी गरेको थियो ।
    सोही आधारमा जिल्ला प्रशासन कार्यालय र अस्पताल प्रशासनले ताला खोलेको थियो ।
    आज न्यायाधीश बद्रीप्रसाद ओलीले नै आदेश खारेज गरेका हुन् ।
    आफताबको अन्तरिम आदेश जारी भएपछि अन्य पसलले पनि अदालतमा अन्तरिम आदेशको लागि रिट दिएका थियो तर अदालतले उनीहरूको हकमा रिट निवेदन दर्ता गर्ने मात्र काम गरेको छ ।
    नाउक्षे अस्पतालमा १४ वटा सटर भाडामा थियो । सर्वोच्चको आदेश र अख्तियारको आदेशपछि अस्पतालमा निजी सङ्घसंस्था, सहकारीलगायत सबै पसलहरू बन्द गरिएको थियो ।    

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

फरक समाचार

Find us