Monday, January 29, 2018

सुसाइड नोट छोडेर बिदा भए प्रदीप

प्रस, परवानीपुर, १५ माघ/
    बारा, परसौनी–६ बेलहियाका प्रदीपकुमार गुप्ताले आइतवार मध्याह्न १२ बजे आप्mनै कोठामा ज्यान दिए। वीरगंज–१२ मुर्लीमा डेरा लिई उनी अध्ययन गर्दैथिए। उनले बहाल लिएकै कोठामा झुन्डिएर ज्यान दिएका हुन्।
    प्रेमिकाको वियोगमा उनले ज्यान दिएको खुलेको छ। वीरगंज, नेशनल टे«डिङस्थित अनुभूति कलेजमा बिबिएस प्रथम वर्षमा अध्ययनरत प्रदीपले आप्mनी प्रेमिकालाई ‘खुशी भएर बाँच’ भन्दै आत्महत्या गरेका हुन् ।
    प्रदिपले फिल्मी शैली अपनाएको प्रहरीको भनाइ छ। उनले भोजपुरी भाषामा–‘अब हम जातानि, बाईबाई–आइ लभ यू’ लेखेका छन्।
    प्रदीपकी प्रेमिकाको बिहे यसै साता तय भएपछि उनी तनावमा थिए।
उनको मोबाइलबाट प्रेमिकासँग भएको संवादलाई आधार बनाएर प्रहरीले अनुसन्धान गर्दा प्रेमिकाको पहिले प्रदीपसँग प्रेमप्रसङ्ग चलको थियो। पछि अर्कै केटासँग बिहे तय भएपछि प्रदीपले केटीलाई भागीबिहे गर्ने प्रस्ताव राखेका थिए। तर केटीले अस्वीकार गरिन्।
    केटीले मेरो बिहे हुन लागेको छ, तिमी पनि बिहे गरी खुशी भएर बाँच, हामी साथी बन्न सक्छौं म्यासेन्जरमा सन्देश पठाएकी थिइन्।


SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

फरक समाचार

Find us