Sunday, January 28, 2018

पर्सागढी गोल्डकपः वीरगंज युथ विजयी

प्रस, वीरगंज, १४ माघ/
    पर्सा, बढनियारमा जारी प्रथम पर्सागढी गोल्डकपको आजको खेलमा वीरगंज युथ एकेडेमी विजयी भएको छ ।
    हाम्रो पूmटबल क्लब वीरगंजलाई ४–० गोल अन्तरले पराजित गर्दै वीरगंज युथ क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
    आठौंं र २७ औं मिनेटमा वीरगंज युथका कृष्ण शाक्यले दुई गोल गरे । खेलको २४ औं र ५४ औं मिनेटमा कृष्ण कार्कीले दुई गोल गरेका थिए ।
    भोलिको खेलमा आयोजक आमोदेवी युथ स्पोटर््स र नव जनजागृति युवा क्लब सिमराबीच हुने बताइएको छ ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

फरक समाचार

Find us