Saturday, December 30, 2017

प्रेमा शाह, वीरगंज र म


ध्रुवचन्द गौतम
    प्रेमा शाह वीरगंजकी हुन्, यति सूचना मेरोलागि पर्याप्त थियो, उनीसित निकटता अनुभव गर्नलाई । मैले उनका रचनाहरू पढिसकेको थिएँ, चिनजान भने थिएन । २०२१ सालको कुनै दिन भेट भयो, शैलेन्द्रकुमार उपाध्यायले आप्mनै घरमा आयोजना गरेको एउटा गोष्ठीमा । उनी प्रसिद्ध भइसकेकी थिइन् । त्यस बखतसम्म, मेरो भने, भर्खर रचना छापिएको थियो, एउटा/दुईटा । त्यस भेटमा म उनीसँग सङ्कोच मानीमानी कुरा गरिरहें । उनी रुचि लिएर मसित कुरा गरिरहिन् । हामीलाई जोड्ने दुई कुरा थिए, लेखन र वीरगंज ।
    पछि उनीसित राम्रै र सधैं सह्दयी सम्बन्ध रह्यो । गोष्ठीहरू र बाटोमा भेट हुन्थिन्, कुरा हुन्थ्यो । २०३० सालतिर ध्रुव सापकोटाको संयोजकत्वमा सहलेखकका रूपमा ‘आकाश विभाजित छ’ शीर्षकको उपन्यास प्रकाशित भयो, चर्चित पनि भयो । ‘आकाश विभाजित छ’ मा एउटै आकाशका दुईजना थिए । एकजना प्रेमा शाह, अर्को म, हामी दुवैको आकाश वीरगंजको थियो, अहिले काठमाडौंमा भएपनि ।
    प्रेमा शाह आप्mनो कविता र ‘पहेंलो गुलाब’, ‘लोग्ने’ आदि कयौं कथामार्पmत् अत्यन्त चर्चित भइन् । एउटा ‘बोल्ड’ लेखिकाको रूपमा पनि उनी चर्चित भइन् । विद्रोही साहित्यकारमा उनलाई सम्झन्थें । उनको वैवाहिक जीवन भने त्यति सफल भएन भन्ने चर्चा चल्दथ्यो । पछि उनले आप्mनो विवाहबारे केही कुरा मलाई पनि बताएकी थिइन् । त्यसबाट थाहा हुन्थ्यो, लेखनमा जस्तै जीवनमा पनि उनी विद्रोही रहिन्, पुरुष अत्याचार सहेर बसिनन् । त्यसपछि उनी आप्mनी छोरी जल शाहको व्यक्तित्व बनाउनतिर लागिन् । जल शाह राष्ट्रियस्तरकी अभिनेत्री भइन्, चर्चित भइन् ।
    त्यसअघि नै म प्रेमा शाहको पारिवारिक मित्र भइसकेको थिएँ । योभन्दा पनि उचित हुन्छ, जल शाहको अभिनयमा प्रारम्भिक रुचि वीरगंज हुँदैखेरिदेखि बनेको हो ।
    जल शाह एकदम सानो थिइन् । अलिक चञ्चलता देखाउँथिइन् । त्यस बखत मैले पनि ‘वासुदेव’ लेखिसकेको थिएँ । जलले फिल्म खेल्ने कुरा चल्यो । मैले भनें,“अभिनय गर्दा एकाग्रता चाहिन्छ, त्यो यिनमा देखिनँ ।” केही समयपछि फेरि वीरगंजमैं हाम्रो कुम्हालटोलको घरमा प्रेमा शाहले जल शाहलाई लिएर आएकी थिइन् ।
    त्यस बखत मैले टिभीको लागि धारावाहिकहरू लेख्दै थिएँ । प्रेमाले मेरो पुरानै आशङ्कामा यसपटक भनिन्– “होइन, अब त ऊ धेरै चेन्ज भएकी छे ।”
    मेरो र जल शाहको फिल्मी सम्बन्ध भएन । तर म अत्यन्त खुशी छु, मेरो आशङ्का निराधार साबित भयो र उनी नेपालकी एक प्रसिद्ध र प्रमुख अभिनेत्री बनिन् । सर्वश्रेष्ठ नायिका/अभिनेत्रीको राष्ट्रिय पुरस्कार पाइन् । संयोग भनौं उनको छनोट गर्ने समितिमा म पनि एक सदस्य थिएँ ।
    ‘नारायणी वाङ्मय परिषद्’को पुरस्कार स्वर्गीय हीरादेवीको खोजमा मैले २०४५ सालमा पाएको थिएँ । प्रेमा शाह त्यस बखत उक्त संस्थाकी उपाध्यक्ष्F थिइन् ।
    वीरगंजमा प्रेमा शाह र म निकै पटक भेटेका छौं । उनको घर श्रीपुरमा थियो । जान चाहिं घरमा कहिल्यै गइनँ तर उनीलाई रिक्सामा छाड्दा, म उनको घर भने देख्दथें । उनलाई उतारेर म त्यही रिक्सामा कुम्हालटोल फर्कन्थें ।
    म पुणेमा डक्टरेट गर्दा, वीरगंज कहिलेकाहीं आउथें । उनी मेरा दाइ ईश्वरचन्द्रकहाँ पनि आउँथिइन्, त्यहीं भेट हुन्थ्यो । नारायणी वाङ्मयमा  गोपालचन्द्र, ईश्वरचन्द्र (दाइहरू) र प्रेमाको पछि संलग्नता थियो । त्यसरी पनि भेट हुन्थ्यो । जल शाहलाई अभिनेत्री बनाउने कुरो ईश्वरचन्द्रकै घरमा चलेको थियो ।
    वीरगंजका सडकहरूमा हामी कहिलेकाहीं घुम्थ्यो, रिक्सामा र पैदल पनि । उनी एकताका पेन्टिङ गर्थिन् । त्यसलाई ‘प्रमोट’ गर्न चाहन्थिन् । सम्झना होटलमा हामी लन्च पनि खान्थ्यौं ।
    वीरगंजमा भएका यी आत्मीयता पछि काठमाडौंमा पनि कायम रह्यो, तबसम्म जबसम्म प्रेमा र जल दुवै अमेरिका गएनन् ।
    उनीहरू गएको धेरै समयपछि म पनि अमेरिका गएँ । भेट त भएन, टाढा बस्ने भएर होला, फोनमा लामै कुरा भएको थियो, प्रेमा र जल दुवैसित । प्रेमासँग त्यही भेट के भन्नु, सम्पर्क अन्तिम थियो ।
    यहाँ उनको निधनको खबर सुनेपछि धेरैबेर मैले पत्याइनँ । पत्रकार मित्रहरू देवेन्द्र भट्टराई र गिरीश गिरीले दिवङ्गत प्रेमा शाहबारे कुराकानी नै गरेपछि पत्याउनै प¥यो । उनीसँग भेटेका क्षणहरू सम्भेंm । सबैभन्दा बढी वीरगंजमा भेटेका दिनहरू सम्भेंm । किनभने काठमाडौंमा हुँदा कम भेट हुन्थ्यो । वीरगंजमा बसुन्जेल त सधैं भेट हुन्थ्यो । वीरगंजकी एक समर्थ लेखिकालाई आत्मीय श्रद्धाञ्जलि दिन्छु ।

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

Find us