वीरगंज–पोखरिया सडक कालोपत्रे ठेक्कामा ठेकेदारहरूसँग हर्जाना असुल गर्न कारबाई शुरु

प्रस, वीरगंज, १५ साउन/
    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिविस पर्साले विन्दवासिनी–पोखरिया सडक कालोपत्र सम्बन्धमा अख्तियारको २०६८/८/२८ गते गरेको निर्णय बमोजिम नै काम गर्न निर्देशन दिएको छ ।
    शाखा अधिकृत देवकुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७०/३/२० गतेको निर्णय अनुसार २०६८/८/२८ गते गरेको निर्णय बमोजिम कार्य गर्न निर्देशन गरेको हो ।
    जिविस, पर्साले २०६३ भदौ २ गते विन्दवासिनी–पोखरिया सडक कालोपत्र गर्न बिटि/श्रेष्ठ, सिभिल/युएस/सभा, जिया कन्ट्रक्सन, जेभीका सञ्चालक साबिर अन्सारीलाई कार्यादेश दिएकोमा  निर्माण कम्पनीहरूले सम्झौता बमोजिम काम नगरी लापरवाही गरेको हुँदा पटक–पटक ताकेता गरेको र सो ताकेतालाई पनि अटेर गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठेकेदारले कबोल गरेको दररेटमा काम सम्पन्न गर्न मन्जुर भए सरकारलाई थप व्ययभार नपर्ने गरी निश्चित समयावधिमा काम गराउनु अन्यथा निजको धरौटी जफत गरी सरकारलाई भएको नोक्सानीको ब्याजसहित हर्जाना असुल गर्न निर्देशन दिएको हो ।
    ठेकेदारको मन्जुरीमा २०६९ जेठ मसान्तसम्म काम सम्पन्न गर्न समय दिएको र सो समयमा पनि काम सम्पन्न नगरेपछि जिविस, पर्साले २०६९ असार १ गते ठेक्का सम्झौता अन्त्य गरी सार्वजनिक खरिद नियमावली अनुरूप जिल्ला प्राविधिक कार्यालयबाट इस्टिमेट गरेर लागत अनुमान रु. २ करोड ८९ लाख ८८ हजार ४ सय ५३ वा काम सम्पन्न गर्नका लागि नियमानुसार लाग्ने खर्च असुल उपर गर्न जिविस पर्साले जिल्ला प्रशासन कार्यालय, पर्सामा पत्राचार गरेको थियो ।
    अख्तियारले २०७०/३/२० गते निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालय, पर्साले सो सम्बन्धमा कारबाई अगाडि बढाएको बताएको छ । जिल्ला प्रशासन कार्यालयका प्रजिअ कैलाशकुमार बजिमयले अख्तियारको पत्रपछि ठेकेदारहरूसँग रकम असुलीका लागि आफूले पहल शुरु गरेको बताए ।
विस्तृतमा पढ्नुहोस् | comments

होशियार, वीरगंजमा बर्डफ्लुग्रस्त कुखुरा भित्रियो

प्रस, वीरगंज, १५ साउन/
    राजधानीका विभिन्न स्थानहरूमा बर्ड फ्लु देखिएपछि सो स्थानका कुखुरा उपत्यकाबाहिर आउने
क्रमसँगै केही ट्रक वीरगंज भित्रिएको आशड्ढा गरिएको छ ।
    राजनधानीका १२ स्थानमा बर्डफ्लु फेला परेको र लगत्तै ललितपुर, भक्तपुरमा समेत बर्डफ्लु देखा परेपछि त्यहाँ रहेका कुखुराहरू उपत्यकाबाहिर ल्याउने कार्य तीव्र भएको र सोही क्रममा पाँच ट्रक कुखुरा वीरगंजतर्फ आएको जिल्ला पशु कार्यालयm ललितपुरले जनाएको छ । वीरगंज आउने ट्रकबारे प्रहरीलाई सूचना गरिए पनि कुनै ट्रक पक्राउ नपरेकोले बर्डफ्लु सङ्क्रमित कुखुराहरू वीरगंज पुगिसकेको अनुमान गरिएको छ ।
विस्तृतमा पढ्नुहोस् | comments

निर्माणमा अनियमितताको आरोप

प्रस, वीरगंज, १५ साउन/
    ग्रामीण पहुँच तथा विकेन्द्रीकरण परियोजना (आरआरआइडिपी)ले जगरनाथपुर मिलन चोक सडकखण्डमा निर्माण भइरहेको बाटो तथा नालामा अनिमित निर्माण भइरहेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् ।
    सडक निर्माण कार्यको पहिलो चरणमैं गुणस्तरहीन काम भइरहेकोमा गाउँलेहरू आज जिल्ला विकास कार्यालय पर्सा आई मौखिक उजुरी गरेका थिए ।  गाउँलेहरूले नालामा २ नं. इँटा प्रयोग भएको, सिमेन्ट–बालुवाको मिश्रणमा बढी बालुवा मिसाउँदा पानी हाल्दा सिमेन्ट बग्ने काम भइरहेको गाउँलेहरूले बताए ।
    ग्रामीण पहुँच तथा विकेन्द्रीकरण परियोजना (आरआरआइडिपी)सँग गजुरमुखी/रोशन कन्स्ट्रक्सन जेभी जनकपुरले साढे सात किलोमिटर बाटो बनाउन करिब दुई करोडमा ठेक्का सकार गरेको छ । ठेकेदार हीराभक्तले काम गर्न सुनील झालाई जिम्मा दिएकोमा झाले अनियमितता गरिरहेको आरोप गाउँलेहरूको छ । गाउँलेहरूले पटकपटक झा र जिल्ला बिकास समितिलाई अनियमित निर्माण कार्य रोक्न भने पनि पहल नगरेकाले आज सामूहिक विरोध देखाउने आएको बताए ।
विस्तृतमा पढ्नुहोस् | comments

कोकाकोला फूटबल नकआउटमा नेराउमावि सपही विजयी

सिकेन्द्र पासवान, कलैया, १५ साउन/
    कोकाकोला फूटबल नकआउट प्रतियोगिता फाइनल खेलमा २ गोलको विरुद्ध ३ गोलले नेराउमावि सपही विजयी भएको छ ।
    १० गतेदेखि सञ्चालित कोकाकोला फूटबल नकआउट प्रतियोगितामा नेराउमावि सपही र नेराउमावि रतनपुरीबीच आज फाइनल खेल सम्पन्न भएको थियो । खेलमा नेराउमावि रतनपुरीले दुई गोल तथा नेराउमावि सपहीले तीन गोल गरेको थियो । खेलमा २० वटा टिमले भाग लिएका थिए । फाइनल खेलको समापन कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद महासङ्घका अध्यक्ष पुरुषोत्तम पौडेलले विजयी खेलाडीहरूलाई प्रमाणपत्र तथा सिल्ड वितरण गरेका थिए । जिल्ला अध्यक्ष महम्मद सयमुल्लाहको सभापतित्वमा कार्यक्रम शुरु भएको थियो ।
विस्तृतमा पढ्नुहोस् | comments

नेपालमा कतिचोटी सिंहानुक जन्माउने हो ?

– गोपाल ठाकुर
  २०१७ सालमा जनताको अधिकार खोसियो । प्रजातन्त्र मासियो । राजा महेन्द्रले आफैंले दिएको संविधानलाई चपाएर हजम गरे । राजनीतिक दलहरूमा नेपाली काङ्ग्रेस र नेपाल कम्युनिस्ट पार्टी विभाजित भए । प्रजातन्त्र पक्षधरहरूको लागि कि जेल कि निर्वासन, दुइटा विकल्प मात्रै रहयो भने पञ्चायती प्रजातन्त्र भन्नेहरूको लागि रामदुहाई भएको थियो । राजतन्त्रबारे नेपाली काङ्ग्रेसको तत्कालीन अवधारणा संवैधानिक राजतन्त्र हो । तर पार्टीका नेता विश्वेश्वरप्रसाद कोइराला सुन्दरीजलको खोरमा थिए । ठीक त्यसको विपरीत नेपाल कम्युनिस्ट पार्टीको यस बारे शुरुदेखि अहिलेसम्मको अवधारणा गणतन्त्र नै रहेको छ । तर तिनताक पार्टीका नेता डा. केशरज· रायमाझी दरबारमा थिए । ठीक त्यसै बेला कम्बोडियामा राजा नरोदम सिंहानुक आफूखुशी गद्दी त्यागेर सामान्य नागरिक बनेका थिए । नेपालमा पनि राजावादी कम्युनिस्टहरूले राजा महेन्द्रलाई नेपालको सिंहानुक बनाउन पुगेका थिए ।
    तुलना गरेर हेर्दा नेपालको राजतन्त्र कहिल्यै पनि जनताको पक्षमा रहेको देखिंदैन । राणा शासनकालमा तत्कालीन श्री ३ को बन्दी रहेको राजतन्त्रलाई प्रजातन्त्रवादीहरूले नै क्रान्ति गरेर संविधानमुनि रहने शर्तमा गद्दीनसिन मानेर पुन: श्री ५ बनाएका थिए । तर दस वर्षको बीचमा कृतघ्नताको पराकाष्ठा नाघेर राजतन्त्र ‘आस्तिनको साँप’ भएर निस्क्यो । आफूलाई मदारीको पञ्जाबाट बाहिर निकाल्नेहरूलाई नै डस्न पुग्यो । २०५८ सालमा पनि करिबकरिब त्यस्तै भयो । राजा वीरेन्द्रको वंश विनाश पछि एउटा विद्रोह हुने स्थिति तयार हुँदै थियो । तर नेपाली काङ्ग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइराला सबैभन्दा अग्रिम पङ्क्तिमा उभिएर राजा ज्ञानेन्द्रलाई वैधानिकता दिए । त्यसको वर्ष दिन बित्दा नबित्दै ज्ञानेन्द्र पुन: एक पटक आफ्ना बुवाको पदचिह्न पछ्याउन पुगे । अन्तत: नेपाली काङ्ग्रेसले पनि आफ्नो विधानबाट राजतन्त्र हटाउनु पर्‍यो जुन नेपालको इतिहासमा गणतन्त्रको लागि सबैभन्दा महत्त्वपूर्ण कदम हो । फलत: ५ वर्षदेखि नेपाल गणतन्त्रको अभ्यास गर्दैछ ।
    संवैधानिक राजतन्त्र मान्ने हुन् वा गणतन्त्र, नेपालका प्रमुख भनिने दलहरूका नेताहरूको विगत दरबारसँग जोडिएको छ । त्यो निकटता विगतमा राजाका भाइभरदार, कुल पुरोहित, सैनिक पदाधिकारी वा केही नभए पनि जातीय, भाषिक, सांस्कृतिकरूपमा उनीहरू नेपालका शाही राजवंशसँग निकट छन् । त्यसैले नेपालका आम जनता राज्यको मालिक हुने अवस्थाबाट उनीहरू विगतदेखि वर्तमानसम्म त्रसित छन् । फलस्वरूप आफ्नो पकड राज्यमा कमजोर हुने बित्तिकै उनीहरू शाही राजवंशसँग निकट हुन पुग्छन् ।
    कम्युनिस्टहरू बलिया भए राजतन्त्र जान्छ र त्यो आफ्नो लागि हितकर हुँदैन भनेर विश्वेश्वरले कहिल्यै पनि सहकार्यमा विश्वास गरेनन् । बरु कम्युनिस्टहरूभन्दा आफूलाई जेलमा जाक्ने राजालाई नै नजिक ठाने । गिरिजाबाबूले पनि राजतन्त्र जानै लाग्दा ‘बेबी किङ’ भन्न शुरु गरेकै हुन् । तर काङ्ग्रेसी नेताहरूभन्दा अव्वल दर्जाका हिमायती हामीकहाँ कम्युनिस्ट नेताहरू देखिएका छन् । डा. रायमाझीको कुरो जगजाहिर भइ नै सकेको छ । एउटा आदर्श पुरुषको रूपमा मानिएका नेपालका पहिला कम्युनिस्ट प्रधानमन्त्री मनमोहन बाजेले पनि जेलबाट निस्कँदा निरङ्कुश पञ्चायती व्यवस्थालाई जीवित सत्य भनेकै हुन् । माधव नेपालले दाम चढाएर ढोगेकै हुन् र ज्ञानेन्द्रको विज्ञापनमा प्रधानमन्त्री हुन पाऊँ भनेर निवेदन हालेकै हुन् । उनका यी कमजोरीहरूलाई माओवादीहरूले विगत संविधानसभाको निर्वाचनमा राम्रै भजाएको देखियो ।
    राजा वीरेन्द्र जीवित हुँदासम्म राजतन्त्रसँग एक खालको अघोषित सहकार्य थियो भनेर त उहिले नै माओवादीहरूले स्वीकार गरिसकेको विषय हो भने अहिले आएर उनीहरूको एक पक्षले राष्ट्रियताको लागि राजासँग मिल्ने र अर्को पक्षले कमल थापामार्फत् ज्ञानेन्द्रसँग सम्बन्ध स्थापित गरेको तथ्य एकपछि अर्को गरी स्वीकार गर्दैछन् । भित्र जेसुकै भए पनि तत्कालीन राजा ज्ञानेन्द्रको कुनै पनि कार्यक्रम माओवादीहरूले नबिथोलेको त सत्य नै हो । यसले के प्रमाणित गर्दछ भने राजा ज्ञानेन्द्रको आफ्नै अचाक्ली राजतन्त्र उन्मूलनको पहिलो कारण हो, जसले गर्दा जनभावना उनको विपरीत गइसकेकोले राजनीतिक दलका नेताहरू बाध्यतावश यो कदम उठाएका हुन् ।
    अब प्रश्न उठ्छ, के तिनीहरू अहिले पश्चात्ताप त गर्दैछैनन् ? काङ्ग्रेस र एमालेको एक पक्ष अहिले पनि बेलाबखत २०४७ सालको संविधान ब्युँताउने कुरा गर्छन् । विगतमा पनि बहुभाषिक अभ्यासमा लगाइएको न्यायिक प्रतिबन्धमा दीपावली मनाउँदा र राजतन्त्रीय पहिचानको प्रतीक भएको एकजातीय पहिरनलाई एकमात्र नेपाली पहिरन मान्ने बाध्यता गणतन्त्रमा पनि नेपाली जनतामाथि लाद्ने प्रतिगमनमा त उनीहरू सँगै देखिएकै हुन् । एमाओवादी सधैंभरि काङ्ग्रेस र एमालेको विरोधमा हुन्छ तर निर्णायक घडीमा उनीहरूसँगै मिलिभगत गर्छ । संविधानसभामा कहिले आठ त कहिले एघार प्रदेशको बेनामी कुपनमा एमाओवादीको सहमति देखिनु, जातीय–सामुदायिक पहिचान र वर्ग सङ्घर्षलाई जोडेर लाने गरी पहिचान सहितको सङ्घीयताको पक्षमा दुईतिहाई बहुमत देखिएपछि संविधानसभा भ· गर्नु, राजतन्त्रले बनाएको राज्यसंयन्त्रकै निरन्तरता हुने गरी पहिचान पक्षधरहरूलाई कुनै पनि हालतमा संविधान निर्माण प्रक्रियामा सहभागी हुन नदिने काङ्ग्रेस र एमालेको प्रतिगामी सोचसँग सहमत भई एउटा सिन्डिकेट स्थापित गर्नु र ज्ञानेन्द्रीय शैलीमा संविधान सभा निर्वाचनको घोषणा गर्नु तथा एमाओवादीबाट अलग्गिएका माओवादी नेताहरूले पूर्व राजा ज्ञानेन्द्रलाई नै सबैभन्दा राष्ट्रवादी देख्नुजस्ता प्रस·हरूलाई जोडेर हेर्दा धेरै गाँठो फुक्ने देखिन्छ । हाम्रा नेताहरूमा कोही दायाँ हातले त कोही देब्रे हातले प्रतिगमनलाई सहजै अँगालेको प्रस्टिन्छ ।
    अहिले एमाओवादीसहित एमाले र काङ्ग्रेसको मतियार भएको मधेसी मोर्चाले जनताको आम सहभागितालाई इनकार गर्ने गरी घोषणा गरेको संविधानसभा निर्वाचन जसरी पनि गराएर छाड्ने कुरा गर्नु र माओवादीले राष्ट्रियताको कुरा उठाएर अपदस्थ राजा ज्ञानेन्द्रसँग नजिकिएको स्पष्ट अभिव्यक्ति दिनु नेपालमा नयाँ शैलीमा पुन: प्रतिगमन निम्तिन सक्ने खतराको सड्ढेत हो । जातीय, भाषिक, सामुदायिक, धार्मिक, क्षेत्रीयरूपले सबैको नेपाल हुन नदिने दुश्चक्र हो ।
    यसो भनिरहँदा पनि सम्भावनाका ढोकाहरू जनताका लागि कहिल्यै पनि बन्द हुँदैन । नेपाली जनता २००७ सालदेखि उल्लेखनीय हिसाबले अजेय शक्तिको रूपमा अघि बढ्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । महेन्द्रलाई सिंहानुक बनाउने प्रयासको धज्जी उडिसकेको छ । सिंहानुकको कुरा गर्दा उनकै देशमा पनि उनी सर्वमान्य नरहेको कुरो हामीले बिर्सिनुहुन्न । सिंहानुकका छोरा रनरिद्ध र हुनसेन पक्षधरबीच सङ्घर्षले गर्दा कम्बोडियाले पनि लामै दु:ख पाएको हो । फेरि कहाँ सिहानुक स्वेच्छाले गद्दी त्याग्ने र कहाँ महेन्द्र वा ज्ञानेन्द्र जो गद्दीको लागि जेसुकै पनि गर्ने ? यो मिल्न सक्ने कुरै होइन ।
    राष्ट्रियताकै कुरा गर्ने हो भने यो हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देशमा मात्र होइन, राज्य पनि सबैको नभई द्वन्द्वको समाधान हुन्न । यो कुरामा राजतन्त्रले जहिले पनि दमनको नीति लियो । त्यसको लागि उसले मित्रराष्ट्रहरूको पनि दुरुपयोग गर्‍यो । अधिकारको पक्षमा बोल्ने र उठ्नेहरूलाई अराष्ट्रिय तत्त्व र देशद्रोहीको विशेषण भिडायो । हाम्रा नदीनाला, कलाकौशल, पुरातात्त्विक वस्तु, वनज·ल सबैको आफ्नो गद्दी सुरक्षाको लागि देशीविदेशी तस्करहरूसँग सौदेबाजी गर्‍यो । तसर्थ आज उग्र राष्ट्रवादको नाममा बहुलवादलाई इन्कार गर्ने र ऐतिहासिकरूपमा असफल र प्रतिगामी तत्त्वसँग कसैले पनि हात मिलाएर केही पाउनेवाला छैन ।
    यसो भनिरहँदा सत्ता–सिन्डिकेटको तर्फबाट राज्यका सुरक्षा निकायले पनि नपुगेर आफ्नो दलीय युवा दस्ता लगाएर भए पनि निर्वाचन गराउने जिद्दी–कि बालहठ, कि राजहठ हुन पुग्छ । विगतमा पनि मधेस आन्दोलन चलिरहँदा नेपाली सेना र विद्रोही लडाकाहरू लगाएर दबाउने प्रयत्न नभएको होइन । तर परिणाम के भयो ? यिनै नेताहरूले पहिचान पक्षधर नयाँ शक्तिलाई नयाँ रूपमा स्वीकार गर्नुपर्ने भयो । वास्तवमा यिनीहरूलाई त्यही नै अपच हुनुको कारणले देश यहाँ आइपुगेको छ । यसबीच पहिचान पक्षधर शक्तिहरूमा फुट र विचलन पनि देखिएको छ । मधेसी मोर्चाको नाममा केही यिनका मतियार पनि बनेका छन् ।
    तर जसरी रायमाझी जन्माउने राजतन्त्र इतिहासमा सीमित भयो, त्यही प्रवृित्त जारी राखे अरूहरू पनि इतिहासमा सीमित हुन सक्छन् । त्यसैले अब पनि कुपाच्य पदार्थ खाने हो भने नयाँ अपच शुरु हुन्छ र शरीरको लागि लामो समयसम्म अपच भइरहे स्वास्थ्यमा गम्भीर असर पर्छ । प्राकृतिक चिकित्साले सबै रोगको कारण पेट बताउँछ र सबै रोगको औषधि एक । हाम्रो राजनीति पनि कोखामा दाँत राख्नाले अपचको शिकार भएको छ । त्यसैले हामीकहाँ सिंहानुकको अवतार र पुनरावतारको कुरा प्रत्यक्ष र परोक्ष रूपमा बेलाबखतमा उठ्ने गर्छ । यदि यस्तो गलत विचारले प्रश्रय पायो भने हामी नयाँ अन्धकारमा फस्ने निश्चित छ । त्यसैले पहिचान र समृद्धि दुवैलाई एउटा सिक्काको दुई पाटा बुझ्दै पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान सुनिश्चित हुनेगरी जनताको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितताका साथ संविधानसभाको नयाँ निर्वाचनको वातावरण तयार गर्नु नै श्रेयष्कर हुनेछ ।
वाणस्थली, महादेवस्थान–७, काठमाडौं
विस्तृतमा पढ्नुहोस् | comments

गाविस सचिवलाई कुटपिट गरी रू. सवा लाख लुटे

जनताले यो नगरे के गरोस् त, गाउँलेको कुरा कसले सुन्छ ? सचिवजी त अलि पढेलेखेका छन्, त्यही भएर जिप्रका पुगे । तर सरकारले उनीहरूलाई गाविसमा बसेर काम गर्न पैसा दिन्छ कि वीरगंजमा बसेर । जनतालाई वीरगंज बोलाएर उनीहरूलाई दु:ख दिन्छन्, गाविस सचिव । एउटा गाविसको सिफारिस चाहियो तर गाउँमा सचिव हुँदैन । सचिवजीको मोबाइल नम्बर हुन्छ फोन गर्नुस् त कहिले उठाउँदैनन्, या त स्वीच अफ हुन्छ । यदि उठायो भने भोलि जिविस आएर भेट्नु भन्ने अप्वाइन्टमेन्ट पाइन्छ । फेरि गाउँबाट पूरै दिन पैसा खर्चेर जिविस जानुस् भेट भयो भने काम हुन्छ भएन भने सचिव साहेब कामले गाउँ जानुभएको छ पर्खनुस् बेलुका काम हुन्छ भन्छन् । यसैबीच नेपालका केही जिल्लाका सचिवहरूलाई वृद्धभत्ता आपैंmले कुम्लाउँदै बिल पास गराएका थिए । जनताले यस्तालाई नकुटे के पूजा गर्ने ?
–अशोक कुशवाहा
विस्तृतमा पढ्नुहोस् | comments

वर्षायाममा पानीटङ्कीका विद्यार्थीलाई समस्या

वीरगंजको आवास क्षेत्र पानीटङ्की तथा मुर्ली बगैंचाका सम्पूर्ण विद्यार्थीलाई वर्षायाममा भोग्नुपर्ने दु:खको हामी कल्पना पनि गर्न सक्दैनौं । यस क्षेत्रमा वीरगंजको महत्त्वपूर्ण स्कूल तथा कलेज रहेको सर्वविदित छ । मिनील्यान्ड मावि, बालसंसार मावि, एन्जल मावि तथा बिपिसी कलेज यसै क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा परेका विद्यालय तथा कलेजका सम्पूर्ण विद्यार्थीले फोहर र दुर्गन्धित पानीको बाटो भएर विद्यालय जानुपर्ने बाध्यता छ ।
    अरू विद्यालयका विद्यार्थीहरू पनि यस क्षेत्रका बासिन्दा छन् । उनीहरूलाई पनि वर्षायाममा यस्तै समस्या भोग्नुपरेको छ । हाम्रा साथी सिद्धार्थ गुप्ता पनि यसै क्षेत्रका बासिन्दा हुन् र विद्यालय आउँदा र जाँदा उनलाई अप्ठ्यारो हुन्छ । विद्यार्थीहरूको शरीर कलिलो र कमजोर हुन्छ जसले गर्दा पानीमा बस्ने जनावरहरूले हामीलाई टोक्न सक्ने खतरा हुन्छ । यदि बढी पानी पर्‍यो भने पानीटङ्की र मुर्ली बगैंचाका स्कूलहरू प्राय: बन्द रहन्छ र पठनपाठनमा प्रतिकूल असर पर्छ ।
    पानी जम्दा हाम्रो शहरको सडकको स्तर घटिरहेको छ । वीरगंजमा नालाको पनि राम्रो व्यवस्था छैन जसले शहरको उन्नतिमा असर पर्छ ।
    प्रतीक दैनिकको पाठकपत्र माध्यमले सरोकारवालालाई यस समस्याको समाधान कसरी हुन्छ त्यसप्रति जागरुक भई समाधान गर्ने गराउनुहोस् भन्ने अनुरोध गर्न चाहन्छु ।
–शिवानी चौधरी, कक्षा: ९, माउन्ट एडमन्ड मावि, वीरगंज
विस्तृतमा पढ्नुहोस् | comments

एक मनोहर कहानी

- विनोद गुप्ता   
छैठौ गणतन्त्र दिवसको अवसरमा ‘सत्याग्रह’ले समन्वय गरेको पारोमिता बोहराद्वारा निर्देशित हिन्दी वृत्तचित्र ‘एक मनोहर कहानी’को प्रदर्शन माउन्ट एडमन्ड स्कूलमा आयोजना गरिएको थियो । वृत्तचित्रको कथा भारतको मेरठ शहरमा केन्द्रित छ, जहाँ स्वतन्त्रता र प्रेमको चाहना राख्ने, युवाले केही समयसँगै बिताउन खोज्ने एकमात्र स्थल गाँधीपार्कमा उनीहरू प्रहरी बर्बरताको शिकार हुनु परेको छ । तर अनुसन्धानको क्रममा पछि यो सम्पूर्ण घटना निहित उद्देश्य प्राप्तिका लागि प्रायोजित भन्ने तथ्यसमेत उजागर हुन्छ ।
    वृत्तचित्रलाई समग्रमा हेरेर विश्लेषण गर्दा यसले दुईवटा महत्त्वपूर्ण सन्देश दिएको मेरो बुझाइ हो । पहिलो हो युवाहरूको चाहना । किन युवाहरू पारिवारिक प्रेमको परिवेशबाट असन्तुष्ट भएर बाहिर जान खोज्छन् ? मनुष्यको जीवनमा दुईवटा वृत्तहरूको अत्यन्त महत्त्व हुन्छ । पहिलो हो –पारिवारिक वृत्त र दोस्रो मित्रमण्डली।
    बच्चा जन्मेदेखि स्कूल जीवनमा रहँदा पारिवारिक वृत्तको महत्त्व अत्यन्त बढी हुन्छ र उसैका निर्णयहरू बच्चाहरूको लागि निर्णायक हुने गर्दछ । तर स्कूल जीवनको समाप्तिपछि जब बच्चाहरू यौवनावस्थामा प्रवेश गर्दै कलेजस्तरमा पुग्दछन् त्यहाँबाट उनीहरूको जीवनशैली र निर्णयहरूमा मित्रमण्डलको समेत प्रभाव पर्न थाल्दछ र यो नै उनीहरूको जीवनमा परिवर्तनको कोण बन्न पुग्दछ । परिवारसँग बिताएको स्कूले जीवनको उनीहरूको भोगाइ र सन्तुष्टि एवं असन्तुष्टिहरूले यौवनावस्थामा उनीहरूको मित्रमण्डलीमा निर्भरता निर्धारण गर्दछ ।
    मनुष्यको जीवन चारथरीको दर्शनमा आधारित हुनसक्छ ।
१) म ठीक, तिमी बेठीक
२) म बेठीक, तिमी ठीक
३) म बेठीक, तिमी पनि बेठीक
४) म ठीक, तिमी पनि ठीक ।        पहिलो जीवन दर्शनमा आधारित परिवारका बच्चाहरू स्वभावत: जिद्दी र भनेको कुरा हुनुपर्ने अडान राखेर अगाडि बढ्ने खालका हुन्छन् । यसका लागि उनीहरू जुनसुकै बाटो अख्तियार गर्न तयार हुन्छन् भने दोस्रो श्रेणीमा त्यस्ता बच्चाहरू पर्दछन् जसलाई बाल्यकालमा मायाप्रेमको सट्टा दुव्र्यवहार सहनुपरेको हुन्छ । लगातारको दुव्र्यवहार भोगाइबाट यिनको आत्मविश्वास कमजोर भइसकेको हुन्छ र यिनीहरू आफू केही गर्न सक्दिनँ भन्ने मानसिकता लिएर हुर्केका हुन्छन् । तेस्रो श्रेणीमा परिवारबाट बेवास्ता गरिएकाहरू पर्दछन् जसको परिवारसँगको भावनात्मक सम्बन्ध पूर्णतया भ· भएको हुन्छ । यिनीहरू कि विक्षिप्त वा मनोरोगी भएर बस्दछन् कि दुव्र्यसनी भएर जीवन निर्वाह गर्दछन् । चौथो जीवनशैली उत्कृष्ट हो । यो आप भला तो जग भलाको श्रेणीमा पर्दछ । यस परिवेशमा हुर्केका बच्चाहरू अनुशासित, संयमित र असल हुन्छन् । बच्चाहरू कुन परिवेशमा हुर्कने हो यो परिवारको वातावरणमा भर पर्ने भएकोले युवाहरूले स्वच्छन्दताको चाहना र प्रेमको खोजीलाई असल बाटोमा डोर्‍याउन पहिले मातापिताले नै आफूले बच्चालाई माथिको चारवटा जीवनदर्शनमध्ये कसमा हुर्काउँदैछु भन्ने स्वयं मूल्याड्ढन गरेमा धेरै समस्याको समाधान हुन सक्छ । तर यी कुराहरू भनेजति सजिलो भने छैन । सजिलो नभए तापनि ‘म ठीक, तिमी पनि ठीक’ जीवनशैलीमा हुर्कनेहरू खुला मन र मस्तिष्कका हुन्छन् र पारिवारिक वृत्तबाट मित्रमण्डलीको प्रभावमा प्रवेश गर्दा सजग भएर मातापिताको अभिभावकत्वमा नै स·ीसाथीको खोजी गरेर मित्रमण्डल निर्माण गर्दछन् जसमा उनीहरूले गर्ने क्रियाकलाप सामाजिक मर्यादाभित्र नै पर्ने भएकोले विवाद, कुण्ठा र लुक्ने–लुकाउने अवसर रहँदैन । त्यसैले केटाकेटी, युवाहरूलाई मात्र दोष दिनुको सट्टा मातापिताले पनि उनीहरूलाई समय दिएर आफूले कुन जीवन दर्शनमा अगाडि बढाइँदैछ भन्ने आत्ममूल्याड्ढन गर्ने हो भने यस्तो समस्याको समाधान ननिस्कने भन्ने होइन ।
    दोस्रो महत्त्वपूर्ण कुरा छ मिडिया र प्रहरीबीच साँठगाँठ । पहिले मिडियाको कुरा गरौं । व्यावसायिकताको नाउँमा  मर्यादा पालन नगरेको दृश्य र समाचार पनि बराबर देख्न पाइएको छ । आत्मदाह गर्ने व्यक्ति जलिरहेको दृश्यलाई ब्रेकिङ न्युजमा प्रसारण गर्न लागिपरेका संवाददाता वा क्यामेराम्यानमा जलिरहेको व्यक्तिलाई जोगाउने दायित्व छ कि छैन ? यो कसले निर्धारण गर्ने ? त्यस्तो व्यक्तिलाई जोगाउने दायित्व प्रहरी–प्रशासनको मात्रै हो भने मानवता के हो ? भारतमा महाराष्ट्र सरकारले डान्सबारमा रोक लगायो तर सर्वोच्च अदालतले त्यसलाई फुकाइदियो । अब असामाजिक र नग्नताको परिभाषा के हुने ? महाराष्ट्र सरकारले असामाजिक र नग्न गतिविधि समाजविरोधी भएको भन्दै रोक लगाएको थियो भने सर्वोच्च अदालतले रोजीरोटीको स्वतन्त्रताको आधार देखाएर यसलाई खुला गरिदियो । समाजमा यस्ता विरोधाभासपूर्ण काम भइरहन्छ । यो नै द्वन्द्व हो । यस्तै द्वन्द्वबाट जीवनको लागि ऊर्जा प्राप्त हुन्छ । अब जहाँसम्म प्रहरी र प्रशासनको कुरा छ त्यो शासन र शासकहरूको जीवन दर्शन अनुसार नै चल्ने भयो । यो किन यसरी चल्छ भने हामी नै नातागोता, इष्टमित्र, जातपात, रुपियाँ–पैसा र पदको प्रलोभनमा परेर अयोग्यलाई आफ्नो प्रतिनिधिको रूपमा छानेर पठाउँछौं र सुशासनको आशा गर्दछौं । यही मृगतृष्णाले जीवनमा हामीलाई कष्ट दिएको छ र हामी नसप्रेसम्म दिइरहने छ ।
हामी आपैंm नसप्रेसम्म यस्ता वृत्तचित्र हेरेर हामी रमाइरहन र वादविवाद मात्र गरिरहन सक्छौं समाधान गर्न
सक्दैनौं ।
विस्तृतमा पढ्नुहोस् | comments

झोंकी सेवाग्राही

    मेन्टेनेन्स नापी कार्यालय पर्साका एक नापी अधिकृतलाई सेवाग्राहीले कार्यकक्षमैं थुनिदिएपछि प्रहरीले उद्धार गर्‍यो । साबिक बिटोरीको जग्गा नयाँ नापीपछि हालसाबिक गर्न नापी कार्यालय धाइरहेका सेवाग्राही जग्गाधनीलाई यो मिलेन र त्यो मिलेन भन्दै लामो समयदेखि नापीका अधिकृतहरूले दु:ख दिइरहेका थिए । साबिक जग्गामा नापी गोश्वाराले पुन: नापी गरेपछि हाल साबिक गर्नुपर्छ । पुरानो पद्धति अनुसार सा·लो वा फित्ता–इन्च–टेपले नापेर नक्सा बनाएका जग्गाहरूलाई नापीको आधुनिक प्रणाली अन्तर्गत ट्रिगोनमिटर सिस्टमद्वारा पुन: नापी गर्ने र नयाँ नक्सा बनाउने कार्य मुलुकभर नै भइरहेको छ । यस प्रणालीमा सबै खाले जग्गाको नाप स्केल फरकफरक नभई समान हुन्छ, अर्थात् मुलुकको जुनसुकै स्थानको जग्गा भए पनि वर्गमिटरमा रूपान्तरण गरिन्छ । पुरानो नापनक्सा स्केलमा रहेका  र पुरानो अवस्थामा जुनसुकै तरिकाले कागज प्रमाण बनेको भए तापनि जग्गाहरूको  हकभोग,नापनक्सा र कागज पुर्जा एकापसमा नबाझिनेगरी नयाँ प्रणालीमा ढाल्नु नै हाल साबिक हो । पुरानो लालपुर्जा भएको जग्गा, ऐलानी हकभोग, स्ववासी, बिटौरी सबै किसिमका जग्गाहरूको हालसाबिक गर्ने काम मेन्टेनेन्स नापी कार्यालयको हो ।
    हाल साबिक गर्दा पुरानो कागजपत्रमा उल्लेख भए अनुसारको क्षेत्रफल र हाल नापी गर्दा निस्कने क्षेत्रफलको बेमेल नै नापीका अधिकारीहरूले सेवाग्राहीलाई ठग्ने आधार बनाउने गरेका छन् । लाल पुर्जा वा भोगचलन कागजमा उल्लेख गरेभन्दा हालको हकभोग जग्गा क्षेत्रफल बढी देखिएका सेवाग्राहीहरू नापी कार्यालयका अधिकृतहरूका लागि दुहुनो गाई हुन् । त्यसो भएन भने आसपासका छिमेकी संधियारहरूको दाबी विरोधको बहाना बनाएर पनि सेवाग्राहीलाई दु:ख दिने गर्छन् । त्यति मात्रै होइन नापीले एकपटक हालसाबिक गरेर पुर्जा दिइसकेको जग्गामा अर्को कुनै व्यक्तिले ‘यसमा त मेरो अधिकार लाग्छ’ भनेर प्रमाणबिनाकै उजुरी दिए पनि  लालपुर्जाधारी व्यक्तिलाई पत्राचार गरेर दु:ख दिने गरिन्छ । एउटा कार्यालय प्रमुखले दिएको पुर्जालाई अर्कोले औंलो देखाउने र एउटा अधिकृतले गरेको कामलाई अर्कोले कुदृष्टिले हेरेर सेवाग्राहीलाई दु:ख दिने काम नापी कार्यालयको रोग नै बनेको छ ।
    यसरी दु:ख पाइरहेका सेवाग्राहीहरू पर्सा नापी कार्यालयमा दिनहुँ प्रशस्तै भेटिन्छन् । जिल्लाका दूरदराज गाउँबाट आउने सेवाग्राहीको सोझोपना, सीधापना र पहुँचविहीन अवस्थाबाट कर्मचारीहरूले फाइदा उठाइरहेका छन् । हालसाबिक गरी जग्गाधनी पुर्जा नपाए भोलि अर्को समस्या आउने तथा जग्गा असुरक्षित हुन सक्ने भयले जग्गाधनीहरू जतिसुकै दु:ख, कष्ट एवं आर्थिक नोक्सानी पनि सहेर हालसाबिक गराउन लाग्छन् । नियम कानुन अनुसार आफूले पाउनुपर्ने अधिकारको खोजीतर्फ नलागेर उनीहरू कर्मचारीको जीहजुरीतर्फ लाग्न बाध्य हुन्छन् । आफ्नो पर्याप्त प्रमाणको आधारमा आफ्नो जग्गा आफ्नै नाममा हालसाबिक गर्न पनि यत्रो झन्झट बेहोर्नुपर्दा झोंक नचल्ने सेवाग्राही शायद नै होला, तर उनीहरूले त्यसलाई दबाएर राखेका हुन्छन् । नगर क्षेत्रका एक सचेत सेवाग्राहीले दु:ख दिने अधिकारीलाई कार्यकक्षमा थुनेर आफ्नो झोंक तथा आक्रोश प्रकट गरेका छन् । उनको यो आक्रोश पीडित सेवाग्राहीको भावनाको प्रतिबिम्ब हो । तर उनले असन्तुष्टि जनाएको  शैली सभ्यपरक भने कदापि मान्न सकिन्न ।
विस्तृतमा पढ्नुहोस् | comments (1)

वार्ता नगर्नु अवैध कार्य– अध्यक्ष थापा

प्रस, वीरगंज, १४ साउन/
    राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा–माओवादीले वार्ता कमिटी गठन गरेर वार्ता नगर्नु अध्यक्ष वैद्यको अवैध कार्य भएको बताएका छन् ।
    देशव्यापीरूपमा प्रशिक्षण शिविर चलाउँदै आउने क्रममा आज वीरगंज आएका अध्यक्ष थापाले नेकपा–माओवादीका अध्यक्ष वैद्यले चुनाव बिथोल्न खोज्नु गलत भएको बताए । उनले जनताको मत दिने अधिकारलाई कुण्ठित पार्ने गरी गरिने भौतिक आक्रमण गलत भएको दाबी गरे । उनले नेकपा–माओवादीविरुद्ध एमाओवादीको वाईसीएल परिचालन गर्ने धम्की पनि गैरकानुनी भएको बताए । अध्यक्ष थापाले धम्कीको भाषाबाट आगामी संविधानसभा चुनाव हिंसात्मक हुनसक्ने बताए । उनले चार दल र त्यसमा पनि एमाओवादी चुनावप्रति इमानदार नभएको आरोप लगाए । चुनाव बहिष्कार गर्ने दलहरूलाई वार्ताको माध्यमबाट चुनावमा सहभागी गराउनुपर्नेमा सेना र वाईसीएल परिचालन गर्ने धम्की दिनु सरासर गलत भएको उनको ठम्याइ थियो ।
    अध्यक्ष थापाले चार दलीय संयन्त्रको कारणले अन्य दलहरू चुनावमा सहज सहभागी हुने अवसरबाट वञ्चित भइरहेकाले अवैधानिक चार दलीय संयन्त्रको खारेजीको माग गरे । उनले चार दलीय संयन्त्रबाट गरिने गोलमेच सम्मेलनबाट पनि निकास ननिस्कने हुँदा राष्ट्रपति वा सरकार प्रमुखबाट गोलमेच सम्मेलनको आयोजना हुनुपर्ने बताए । अध्यक्ष थापाले आफ्नो दलले विगत तीन वर्षदेखि निर्वाचनको माग गर्दै आएको हुँदा असहज परिस्थितिका बावजुद पनि चुनावमा जाने बताए । उनले आगामी चुनावलाई राप्रपाले ऐतिहासिक अवसरको रूपमा लिएको र सबैखाले सड्ढटको चक्रब्यूहबाट निस्कने एकमात्र बाटो भएको हुनाले चुनावको तयारीमा युद्धस्तरमा लागिपरेको पनि बताए ।
    अध्यक्ष थापाले विगत ७ वर्षदेखि नेपालमा गणतन्त्र, सङ्घीयता र धर्म निरपेक्षता असफल साबित भएको र त्यसैलाई डोर्‍याउने कार्यमा चार दल लागिपरे पनि राप्रपा नेपालले लिएको धर्म सापेक्षता, राजासहितको प्रजातन्त्र र राष्ट्रियताको सवालमा जनाकर्षण बढेको हुनाले २०४६ सालको आन्दोलनपछि जनमत पाएको काङ्ग्रेस, २०६३ को आन्दोलनपछि जनमत पाएको एमाओवादीपछि आगामी संविधानसभा चुनावमा राप्रपा नेपालले जनमत हासिल गर्ने दाबी गरे । उनले राप्रपा नेपाल परिवर्तनकारी शक्तिको रूपमा देखापरेकोले एक तिहाइ सिट हासिल गर्ने दाबी पनि गरे ।
    उनले राप्रपा नेपालले देशव्यापीरूपमा प्रशिक्षण सञ्चालन गरेको र वीरगंजपछि पूर्वाञ्चलमा प्रशिक्षण सञ्चालन हुने बताए । गोरखाबाट राष्ट्रिय एकीकरण अभियान पृथ्वीनारायण शाहले सञ्चालन गरेकाले सोही भूमिबाट चुनावको अवसरमा एकीकरणको सन्देश दिन भदौ २६ गतेदेखि राष्ट्रिय एकता यात्रा सञ्चालन गर्ने र ७५ जिल्ला पुग्ने अध्यक्ष थापाले बताए ।
    त्यस्तै कात्तिक ४ देखि ११ गतेसम्म हिन्दू राष्ट्रको लागि देशव्यापीरूपमा साताव्यापी हस्ताक्षर अभियान सञ्चालन गर्ने पनि उनले जानकारी दिए ।
    पत्रकार सम्मेलनमा उपाध्यक्ष राजीव पराजुली, केन्द्रीय सदस्य शम्भुप्रसाद चौरसिया, जिल्ला अध्यक्ष रामचन्द्र चतुर्वेदीलगायतको उपस्थिति थियो ।
विस्तृतमा पढ्नुहोस् | comments

आव २०६९/०७० को बजेटमध्ये पर्सामा करिब ५२ करोड रकम फ्रिज

प्रस, वीरगंज, १४ साउन/
    पर्सा जिल्लामा आव २०६९/०७० मा ५१ करोड ८९ लाख २८ हजार २ सय ९८ रुपैयाँ फ्रिज भएको छ ।
    महालेखा नियन्त्रक कार्यालय अन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले जारी गरेको वार्षिक बजेट निकासा र खर्चको प्रतिवेदनमा जिल्लामा आएको रु. ३ अर्ब ४८ करोड २७ लाख १७ हजार ६ सय ९५ मध्ये जिल्लास्थित ७३ वटा विभिन्न सरकारी कार्यालयहरूले रु.२ अर्ब ९६ करोड १७ लाख ८९ हजार ३ सय ९७ खर्च गरेको र बाँकी रु. ५१ करोड ८९ लाख २८ हजार २ सय ९८ फ्रिज भएको जनाएको छ ।
    आव २०६९/७० मा सबैभन्दा बढी जिल्ला शिक्षा कार्यालय पर्साको रु. ३१ करोड २० लाख ७४ हजार १ सय १९  फ्रिज भएको छ भने दोस्रोमा जिविस पर्साको रु. ६ करोड ७२ लाख २४ हजार ६ सय ३० फ्रिज भएको छ । यसैगरी नारायणी सिंचाइ व्यवस्थापन डिभिजन नं. ५ को रु. १ करोड ८५ लाख ५२ हजार ९ सय ४९, जिल्ला जनस्वास्थ्य कार्यालयको रु. १ करोड ४८ लाख ५८ हजार ५ सय ८, वीरगंज भन्सार कार्यालयको रु. १ करोड २३ लाख ५३ हजार ५ सय ८४, गुरु गोरख गण आधाभारको रु. १ करोड २३ लाख ३६ हजार ६ सय ९७ र मध्यमाञ्चल सिंचाइ विकास डिभिजन नं. ४ को रु. १ करोड ५ लाख ८७ हजार ५ सय ७ रकम फ्रिज भएको छ।
    जिल्लास्थित ७३ वटा सरकारी कार्यालयहरूमध्ये वप्रका श्रीपुर, इप्रका पटेर्वा सुगौली, वप्रका बिर्ता, जिल्ला पशु सेवा कार्यालय, इप्रका पोखरिया, ठोरी, दुर्गा दल गुल्म आधाभार, बाल कल्याण गृह, शैक्षिक तालिम केन्द्र गरी ९ वटा कार्यालयले मात्र विनियोजित रकम पूरै खर्च गरेका छन् ।
    यसैगरी लाखको सङ्ख्यामा नाउक्षे अस्पताल, जिल्ला प्राविधिक, वीउमनपा, बरख गण श्रीपुर, नापी कार्यालय, पर्सा वन्यजन्तु आरक्ष, पर्यटन कार्यालय, अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय र कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साको रकम फ्रिज भएको छ । कोलेनिकाको रु. १५ लाख ५४ हजार ४ सय ५१ फ्रिज भएको छ ।
    सबैभन्दा कम रकम फ्रिज हुनेहरूमा सैनिक मालचलानी अड्डाको रु.२९.६२, सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट अमरपट्टीको रु.५७.६६, सप्रब बोर्डर आउटपोस्ट सबैठवाको रु. ९५.६६ र सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालयको रु.४३१.१८ रकम फ्रिज भएको छ ।
विस्तृतमा पढ्नुहोस् | comments

विवाहित जोडीलाई जबरजस्ती छुटाउन प्रहरीको सक्रियता

प्रस, वीरगंज, १४  साउन/
    जिल्ला प्रहरी कार्यालय पर्साले एक विवाहित युवतीलाई जबरजस्ती परिवारको जिम्मा लगाएको छ ।
    वीउमनपा वडा नं. १० पानीट्याड्ढी निवासी विवेक साह र सोही स्थान निवासी सिनु हर्षवालबीच एक साताअघि प्रेम विवाह भएकोमा आज प्रहरीले सिनु हर्षवाललाई जबरजस्ती परिवारसँग जान सहमत भएको भनी कागज गराएर पठाएको छ ।
    जिल्ला प्रहरी कार्यालय पर्सामा छोरीलाई बेपत्ता पारेको भनी झूटो विवरण दिएका सिनुका पिता इन्द्रा हर्षवालको उजुरीको आधारमा पर्सा प्रहरीले इन्द्रा हर्षवाल र विवेकका परिवारलाई आज जिल्ला प्रहरी कार्यालयमा बोलाएको थियो ।
    एक साताअघि प्रेम गरेर बेपत्ता भएका विवेक र सिनुले आफूहरू दुवैले मन्दिरमा भगवान्लाई साक्षी राखी विवाह गरेको प्रहरीलाई बताएका थिए ।
    आफूहरू वैवाहित भएको र  एकाअर्कासँग बस्न राजीखुशीले सहमति रहेको बताउँदा पनि प्रहरीले एकतर्फीरूपमा सिनु हर्षवालका परिवारको तर्फबाट महिला प्रहरी लगाइ सिनुलाई यातना दिएर जबरजस्ती कागजातमा सही गराएर परिवारको जिम्मा लगाएका थिए ।
    परिवारका सदस्यहरूले प्रहरी कार्यालयबाटै सिनुलाई जबरजस्ती गाडीमा राखेर लगेका थिए । सिनुले परिवारसँग जान आपत्ति जनाइरहँदा पनि प्रहरीको सहयोगमा परिवारका सदस्यहरूले सिनुलाई जबरजस्ती गर्दा जिप्रकामा केहीबेर तनाव उत्पन्न भएको थियो ।
    सिनुको आपत्तिको बावजुद उनलाई परिवारको जिम्मामा लगाइएको विवेककी आमाले बताइन् ।
    जिप्रका पर्साका प्रनाउ वासुदेव खतिवडाले केटा र केटीको विवाह गर्ने उमेर नपुगेकाले दुवैलाई आ–आफ्नो परिवारको जिम्मा लगाएको बताए ।
    उनले सार्वजनिकरूपमा कुटपिट गरी सिनुलाई परिवारका सदस्यहरूले जबरजस्ती लगेको कुरा अस्वीकार गरे ।
विस्तृतमा पढ्नुहोस् | comments (1)

सलमान खान कि सलमान खुर्शीद ?

–कुमार रुपाखेती
    मलाई त कहिलेकाहीं प्रचण्डको तुलना कालीदाससँग गर्न मन लाग्छ, जसले आफू बसेको रूखको हाँगा छप्काउँदै थिए । कुन्नि उनले रामायण पनि पढेका छन् कि छैनन् । जीवनस·िनी सीतालाई सि·ापुरमा छोडेर खोई के पुरस्कार पाउने लोभमा उनी हतार–हतार नेपाल आए–गए । दशरथपुत्र रामले आफ्नी सीतालाई ज·लमा के यसो छोडेका थिए, रावणले छल गरेर हरण गरिहाल्यो । तै प्रचण्डपत्नी सीता बिरामी र बूढी रहिछन् । कुरा के रहेछ भने भारतबाट सलमान खुर्शीद भन्ने सेतै कपाल फुलेका, जर्जर शरीरका, थरथर हात काम्ने नेता राजधानी छिरेका रहेछन् । दर्शन भेट गरेछन् । कसैकसैले प्रचण्डलाई ‘क्रान्ति नायक’ भन्दा रहेछन् । हो त नि, बिचरा हजारौं मारेर, मरवाएर, सशस्त्र क्रान्ति गरेर सत्तामा आएका रहेछन् । यो बेग्लै कुरा हो कि ज·ली कन्दमूल खाएर सङ्घर्ष गरेका उनी अहिले नेपाली नेताहरूमा सबैभन्दा धनी छन् । नसिब अपना–अपना भनेकै यही हो । बदनसीब  बिचरा मोहन वैद्य हुन् । तर सेतै कपाल फुलेका सलमान खुर्शीदको दर्शनभेट गर्न उनी त्यति टाढाबाट नेपाल आएको मलाई पटक्कै चित्त बुझेन ।
    प्रचण्ड ‘क्रान्तिनायक’ हुन् उनको दोस्ती सलमान खुर्शीदजस्ता सेतै कपाल फुलेकाहरूसँग मेल खाँदैन, बरु भारतीय हिरो सलमान खानसँग प्रचण्डको लगनगाँठो एकदम मजबुत हुन्छ । प्रचण्डले शायद सलमानको सिनेमा हेरेकै छैनन् । विपक्षीउपर सलमानले हानेको फाइट, किक, बम वार्डि·, गोली फायर तथा सलमानको गठिलो, जीम गरेको शरीरको तागत प्रचण्डलाई थाहै छैन । के ठेकान भोलि फेरि बन्दूक बोक्नुपर्‍यो भने सलमान खुर्शीद होइन सलमान खान नै तगडा दोस्त साबित हुनेछन् ।
    मैले पनि बिर्सिराख्या, अहिले जनयुद्ध काल होइन, त्यसैले सलमान खानको काम छैन, अहिले त सत्ता–युद्धकाल भएकोले सलमान खुर्शीदजस्ता बूढाहरूकै सेवा उपयुक्त ठहरिन्छ ।
    भनिन्छ खुर्शीद खुश भए– नाना, चाचा, पापा सबैथोक एकमुस्ठ पाउने सम्भावना छ रे । नेपालीमा नाना भनेको लुगा, चाचा भनेको गहना र पापा भनेको खानेकुरा हो, जसको हिन्दी अर्थ बेग्लै हुन्छ । तर बुझ्नुपर्ने कुरा के हो भने वर्तमान शान्ति सम्झौताको अवस्थामा पनि सलमान खानसँग दोस्ती प्रचण्डका खातिर घाटाको होइन, नाफाकै व्यापार हो ।
    नायक खानलाई चाहने लाखौं युवा नेपालमा छन्, जो भविष्यमा प्रचण्डको कामको चिज साबित हुन सक्छ । एकछिन रेखा थापासँग आन्दोलनमा छमछमी नाच्दा त प्रचण्ड तरोताजा देखिएका थिए । झन् सलमान खानका फैनहरूसँग सामूहिक डान्स गर्न पाए उनमा अझै ऊर्जा थपिने मेरो विश्वास छ ।
    तर आरोप लगाउनेहरू भन्छन्– हिरो सलमान खानले सिनेमामा दिलेरीले शत्रु सफाया गरेको नाटकीय दृश्यझै प्रचण्डको ‘जनयुद्ध’ पनि नाटक नै थियो रे । तर म पत्याउँदिनँ, किनकि शूटिङमा सलमानले चलाएको नक्कली पेस्तोलको गोलीले कुनै कलाकार मरेको छैन तर प्रचण्डको जनमिलिसिया र लालसेनाको गोलीबाट बस्तीका बस्ती सफाया भएको इतिहास नै छ ।
    अर्को कुरा नेपालमा भारतीय नेताहरूलाई मन नपराउनेहरूको सङ्ख्या धेरै छ, भने सलमान खानजस्तो हैन्डसम हिरो मनपराउनेहरू थुप्रै छन् । हुनत कोसँग दोस्ती गर्ने–नगर्ने भन्ने प्रचण्डको नितान्त निजी मामिला हो, हामीले त हितैषीको नाताले सल्लाह, सुझाव मात्र दिएको हो । लगे रहो मुन्नाभाइ १
    अब हेर्नुस्, नेपालका भूतपूर्व र भावी प्रधानमन्त्रीहरूले ज्यानै छाडेर खुर्शीदलाई ढोगभेट गरेकोमा द· पर्दै खुर्शीदले आफ्ना मित्रहरूलाई दिल्लीमा यसो भनेछन्– “हमारा इज्जत, मान, मर्यादा और शान यहाँ (भारत में नहीं) नेपाल में है ।” 
    हुन पनि हो नि, त्यहाँको आफ्नै प्रधानमन्त्री मनमोहन सिंहका अगाडि लुते झाम्रे देखिने खुर्शीदलाई मनमोहनकै समकक्षी आधा दर्जन जतिले दामै राखेर ढोग भेट गरे भने पनि भयो ।
    कुनै देशका झन्डै झन्डै सबै जीवित प्रधानमन्त्रीहरू लस्करसहित भेटमा गएका यिनी भारतका पहिलो विदेशमन्त्री परे ।
    मैले शुरुमैं ‘प्रचण्डको तुलना कालीदाससँग गर्न मन लाग्छ’ भनी लेखेको छु । जसको अर्थ हो आजकाल प्रचण्डसमेत नीति र सिद्धान्तसँग कुर्सी र पद साट्न थालेका छन् । नेपालीमा एउटा गीत छ–
मेरी आमा सार्‍है नै बाठी छिन्चामलसँग पीठो पो साटी छिन् ।
    प्रचण्डको चर्तिकला ‘मेरी आमा’ झैं छ । आम नेपाली भावना बुझेर राजनीति अगाडि बढाइरहेका छौं भनी दाबी गर्ने नेताहरूलाई हाम्रो आग्रह के छ भने – तपाईंहरू आफ्नो नीति र सिद्धान्त जतासुकै बन्धक राख्नुस्, गुलामी गर्नुस् तर मुलुक र जनतालाई कतै बन्धक राख्ने र गुलाम बनाउने दिवास्वप्न नदेख्नुस् ।
    अन्त्यमा म प्रचण्डजस्ताहरूसँग फेरि प्रश्न गर्छु– सलमान खान कि सलमान खुर्शीद ? नेता कि अभिनेता ?
‘एक अनार सौ बिमार’ भएपछि–‘क्या करे प्रचण्ड बेचारा’
विस्तृतमा पढ्नुहोस् | comments

एक्सइमको विश्लेषण र राष्ट्रप्रति जिम्मेवारी

- ई. गोपाल श्रेष्ठ
एक्सइम भन्नाले एक्सपोर्ट–इम्पोर्ट बुझिन्छ अर्थात् निर्यात–आयात । हरेक राष्ट्रले स्वदेश तथा विदेशमा उत्पादित दैनिक उपभोग्य वस्तु खाद्यान्नलगायत लत्ता–कपडा, इन्धन, बहुमूल्य धातु तथा गरगहना, मेशिन तथा मेशिनरी पार्टपुर्जाहरूदेखि सवारी साधनहरूको एक्सपोर्ट र इम्पोर्ट गर्दछ । स्वदेशमा उत्पादित वस्तु बढी मात्रामा एक्सपोर्ट हुन सक्यो र स्वदेशको हरेक आवश्यकता स्वदेशबाट नै पूर्ति हुन सक्यो अर्थात् एक्सपोर्टले इम्पोर्टलाई जित्न सक्यो  भने राष्ट्रको आर्थिक अवस्था सुदृढ हुँदै जान्छ । तर उत्पादन, गुणस्तर र मूल्य निर्धारणका कारण राष्ट्रको हरेक आवश्यकता पूर्ति गर्न सक्षम हुन सकेन भने आवश्यकता पूरा गर्न वैकल्पिक बाटोको रूपमा इम्पोर्टलाई रोज्नुपर्छ । यो अवस्थामा राष्ट्रको आर्थिक अवस्था बिग्रन्छ । हाम्रो देशको गत आव ०६९/०७० को साउनदेखि वैशाखसम्म १० महिनाको प्रकाशित तथ्याड्ढ अध्ययन गर्दा एक्सपोर्ट/निर्यात ६२ अर्ब ७० करोड ६० लाख बराबर छ भने इम्पोर्ट/आयात ४ खर्ब ९४ अर्ब ९४ करोड ४८ लाख बराबर छ, अर्थात् झन्डै आठ गुना बढी । अचम्मको कुरा त के छ भने हाम्रो एउटै दैनिक उपभोग्य वस्तु पेट्रोलियम पदार्थ (इन्धन) को इम्पोर्ट/आयात हाम्रो कुल एक्सपोर्ट/निर्यात भन्दा बढी छ अर्थात् हामीले झन्डै ९१ अर्ब बराबरको पेट्रोलियम पदार्थ (इन्धन) इम्पोर्ट/आयात गर्‍यौं जुन हाम्रो कुल एक्सपोर्ट/निर्यात रकमभन्दा २८ अर्ब बढी छ । अब प्रश्न उठ्छ– राष्ट्रको गिर्दो आर्थिक अवस्था सुधार्न हामीले के गर्‍यौं ? इम्पोर्ट/आयात घटाउन के गर्‍यौं ? अनि, एक्सपोर्ट/निर्यात बढाउन के गर्‍यौं ?
    उपरोक्त प्रश्नहरूको उत्तर निराशाजनक छ । अर्थात् १ वर्ष अगाडि आ.व. ०६८/०६९ को १० महिनामा हामीले झन्डै आ.व. ०६०/०७० को जत्तिकै सामान एक्सपोर्ट/निर्यात गर्‍यौं । इम्पोर्ट/आयात चाहिं आ.व. ०६८/०६९ को तुलनामा आ.व. ०६९/०७० मा झन्डै १ खर्बले बढायौं । यो स्थितिले हामी नेपालीहरू कोही पनि राष्ट्रप्रेमी देखिदैनौं । वास्तविक राष्ट्रप्रेमी हुन त हामीले एक्सपोर्ट/निर्यात बढाउनु नै पर्छ र इम्पोर्ट/आयात घटाउनुपर्छ । विडम्बनाको कुरा त हामीले १० महिनामा १६ अर्बभन्दा बढी रकमको खाद्यान्न (अन्न, फलफूल तथा तरकारीजन्य वस्तु) इम्पोर्ट/आयात गर्‍यौं । अझ ३ वर्षको तथ्याड्ढ हेर्‍यौं भने त १ खर्ब ४४ अर्बको कृषिजन्य वस्तु इम्पोर्ट/आयात गरेका छौं । के हामी दैनिक उपभोग्य तथा खाद्यान्न वस्तु उत्पादन गर्न जान्दैनौं ? के हामीसँग कृषि उत्पादन गर्न जग्गा (खेतबारी) छैन ? त्यस्तै हामीले २१ अर्बभन्दा बढी रकमको सुन इम्पोर्ट/आयात गर्‍यौं । के सुन अति आवश्यक वस्तु हो ? सुन नभएर के हामी मर्छौं ? त्यस्तै एक्सपोर्ट/निर्यात तर्फ आ.व. ०६७/०६८ को तुलनामा आ.व.०६९/०७० मा कार्पेटको एक्सपोर्ट/निर्यात १३.४ प्रतिशतले घटेको छ ।
    वनस्पति घिउ/तेलको एक्सपोर्ट/निर्यात ४०.५ प्रतिशतले घटेको छ भने नुडलको १५ प्रतिशतले घटेको छ । धागो/यार्नको एक्सपोर्ट/निर्यात १०.४ प्रतिशतले घटेको छ भने पश्मिनाको ७.५ प्रतिशतले घटेको छ । त्यस्तै जुटको सामानको एक्सपोर्ट/निर्यात १४.४ प्रतिशतले घटेको छ भने नेपाली कागज तथा यसबाट निर्मित सामानको निर्यात १४.५ प्रतिशतले घटेको छ ।
    हाम्रो अलैंची, चिया, दाल, अदुवा तथा जडिबुटीले राम्रो अन्तराष्ट्रिय बजार पाएको छ । आ.व. ०६९/०७० को १० महिनामा ३ अर्बको अलैंची, १.६ अर्बको चिया, २.४ अर्बको दाल, १ अर्बको अदुवा र १ अर्बको जडिबुटी एक्सपोर्ट/निर्यात भएको छ । हाम्रो प्रविधि, कार्यशैली, गुणस्तरप्रतिको प्रतिबद्धतालाई निरन्तरता दिंदै यी सामानहरूको अन्तर्राष्ट्रिय बजार हामीले खस्किन दिनुहुँदैन र हाम्रो ‘मार्केटसेयर’ बढाउदै लानुपर्छ । सरकार र निजी क्षेत्र मिलेर काम गर्‍यो भने यो सम्भव छ ।
    एकातिर सरकार ब्युरोक्रेटिक हुँदै गयो र अर्कोतिर निजी क्षेत्रले कर्पोरेट मेनेजमेन्टको अवधारणा व्यवहारमा उतार्न मानेन भने, हामीले हाम्रो प्रतिस्पर्धात्मक क्षमता गुमाउँछौं । हामीले उत्पादन नै गर्न नसक्ने सामान जस्तो हेभी मेसिन तथा अत्याधुनिक उपकरण, पेट्रोलियम पदार्थ (इन्धन) आदि इम्पोर्ट/आयात गर्नु उचित नै छ । तर, अन्न, फलफूल, तरकारीजस्ता वस्तुहरू जुन हामीले मेहनत गर्‍यौं भने हाम्रो आफ्नै राष्ट्रमा उत्पादन गर्न सक्छौं, यस्ता वस्तुहरू इम्पोर्ट/आयात गर्नुपर्ने अवस्था आउनुभएन ।
    जुन वस्तु हामीले इम्पोर्ट/आयात गर्छौं, यसको खपत पनि हामीले कम गर्दै लानुपर्छ । हटौंडा–काठमाडौं सुरुङ मार्ग बनेपछि पेट्रोलियम पदार्थ (इन्धन) को खपत कम होला । त्यस्तै राजधानी नै काठमाडौंबाट दाङ अथवा चितवन सारे पक्कै पनि खपत कम हुन्छ । त्यस्तै पब्लिक ट्रान्सपोर्टेसनलाई महत्त्व दिई निजी सवारी साधनलाई हतोत्साह गर्न सके पनि पेट्रोलियम पदार्थ (इन्धन) को खपत केही न केही कम हुन्छ । साइकल चढ्ने संस्कारलाई शारीरिक स्वस्थताको नारा दिई अभियानकै रूपमा लागू गर्न सके यसले पनि इन्धन जोगाउन केही न केही परिणाम दिन्छ ।
    हाम्रो एक्सपोर्ट/निर्यात घट्ने बित्तिकै कुन कुन वस्तुको कारणले घट्यो र किन घट्यो भन्ने विषयमा विश्लेषण गरी हाल्नुपर्ने संस्कारको विकास गर्न जरुरी छ । विश्लेषण गर्ने बानी भयो भने तथ्य कुराहरू सतहमा आउँछन् र हामीलाई त्यस्तो विषयमा सुधार गर्न सजिलो हुन्छ । अहिले तयारी पोशाक, गलैंचा, जुट, नेपाली कागज, वनस्पति घिउ/तेलको एक्सपोर्ट/निर्यातमा र्‍हास आएको छ । यसको कारण खोजी करेक्टिभ एक्सन लिनु नै पर्छ । आधारभूत सामानहरूको इम्पोर्ट/आयात त गर्नु नै पर्छ । तर, नभएर पनि फरक नपर्ने सामानहरू जस्तो सुन, कस्मेटिक, गहना, सजावट तथा खेलौनाका सामानहरूको इम्पोर्ट/आयात गर्ने कार्यलाई हतोत्साह गर्नै पर्छ । देशमा जुन सामानहरू बन्छन्, त्यस्ता सामानहरू इम्पोर्ट/आयात गरिनुहुँदैन । जस्तो हाम्रो देशमा नै स्तरीय जुत्ता बन्न थाल्यो । अब विदेशी जुत्ता किन इम्पोर्ट/आयात गर्न दिने ? धागो/ कपडा, फलामे डन्डी, सिमेन्टजस्ता सामानहरू हाम्रो देशमा नै बन्न थाल्यो । अब यी सामानहरू किन इम्पोर्ट/आयात गर्ने ? यी सबै कुराहरू सरकार र निजी क्षेत्र मिलेर काम नगरे देशको अर्थतन्त्र सुधारको अपेक्षा सम्भव छैन । सबभन्दा पहिले त एक्सइम स्थिति/परिस्थितिलेको विश्लेषण गर्नैपर्छ । एक्सइम विश्लेषण नगरे हामी सधैं कुहिरोको कागजस्तै हुन्छौं ।
विस्तृतमा पढ्नुहोस् | comments

भयावह हुन्छ वन विनाश

    वन विनाशले कस्तो विभीषिका ल्याउँछ भन्ने कुरा वीरगंजमा सञ्चालित एउटा कार्यक्रममा वातावरणविदहरूले प्रस्तुत गरेको तथ्याड्ढबाट प्रस्ट हुन्छ । उक्त कार्यक्रममा हामीले दैनिक उपभोगबाट उत्सर्जन गरेको कार्बनडाइआक्साइड  आफ्नो स्वाभाविक मात्राबाट झन्डै १०० पिपिएम बढेको बताइएको छ । यो वृद्धि यसै मात्रामा भइरहने हो र कार्बन डाइआक्साइड शोषण गर्ने हरियाली दिन प्रतिदिन नाश भइरहने हो भने ८० वर्षपछि वातावरणमा पिपिएमको मात्रा सात सयदेखि आठ सयसम्म बढ्ने छ र त्यसको परिणामस्वरूप अहिले अचाक्ली गर्मी हुँदा ४२० सेल्सियस पुग्ने वीरगंजको तापमान ८७० सेल्सियस पुग्नेछ । अर्थात् आजको अधिकतम तापमानको ठीक दोब्बर । अहिले सामान्य अवस्थामा वीरगंजको तापक्रम ३६० सेल्सियस र असामान्य अवस्थामा ४२० पुग्ने गर्दछ । ६ डिग्री तापमान बढ्दा वीरगंजबाट लामखुट्टे गायब हुन्छ, हामी घरबाहिर निस्कन हच्किन्छौं । बजार सुनसान हुन्छ । यो तापमान ८७० पुग्यो भने हालत कस्तो होला अनुमान लगाउन गार्‍हो छैन । विडम्बना के छ भने तापमानमा वृद्धिको कारण हामीले वातावरणमा उत्सर्जन गर्ने कार्बनडाइआक्साइड हो ।
    हामीले स्वेच्छाले साँस फेर्दादेखि एसी चलाउँदासम्म, भोजन पकाउँदादेखि सवारी साधन चलाउँदासम्म, कलकारखाना सञ्चालनदेखि नचाहेर हुने आगलागीजस्ता घटनाबाट कार्बनडाइआक्साइड उत्पन्न हुन्छ । अर्थात् हामी कार्बनडाइ आक्साइडको उत्पादन रोक्न सक्दैनौं । वीरगंज वा नेपालको आजको अवस्थामा कार्बनडाइआक्साइडको उत्पादन त्यति मात्रामा भइरहेको छैन, जति अन्य विकसित देश र शहरहरूले गर्दछन् । भनाइको तात्पर्य के हो भने यो शहर, यो देश जति विकसित हुँदै जान्छ, जीवनयापनमा जति धेरै सुविधा, सम्पन्नता थपिंदै जान्छ, त्यही मात्रामा यहाँको तापक्रम पनि बढ्दै जान्छ । हामी सभ्य हुनबाट पछि हट्न सक्दैनौं । अनि के हामी अत्यधिक तापक्रममा भुटभुटिएर मर्छौं त ? हुन सक्दछ त्यस्तै होस्, यदि हामीले वन जोगाएनौं, हरियाली नाश गरेर धन कमाउने लोभ छाड्न सकेनौं भने । वन जोगाउनुको अर्थ चारकोसे झाडी जोगाउनु मात्र होइन, आफ्नो घर, शहरलाई पनि हरियो बनाउनु हो । शहरमा प्रशस्त मात्रामा खाली जग्गाहरूमा हरियो रूख रोपेर, राष्ट्रिय वनको संरक्षण गरेर, साझेदारी–निजी वनको अवधारणालाई हृदय·म गरेर यो लक्ष्य प्राप्त गर्न सकिन्छ ।
    हरियो वन कार्यक्रमले गाविस तथा जिविसलाई जलवायु परिवर्तनका कारण हुने सड्ढट मूल्याड्ढन तथा सहभागितामूलक अनुगमन सिकाउन वीरगंजमा दुई दिने तालिम शुरु गरेको छ । तालिम त नेपालमा हरेक घण्टा भइरहेको छ, प्रतिफल भने त्यही बालुवामा पानी हाले सरह । किनभने तालिम अनुसार आचरण भइरहेको छ कि छैन भन्ने कुराको अनुगमन कसैले गर्दैन । विदेशले पैसा दिन्छ, पैसा खर्च गरिदिनुपर्छ, कार्यक्रमको आयोजना गर्‍यो, केही मानिसलाई सिकायो, सिद्धियो । प्रत्येक गाविसमा खाली ठाउँमा कम्तिमा ५०० रूख लगाई हुर्काउने जिम्मा दिइयोस् र त्यसको कडाइका साथ अनुगमन गरियोस् भने केही कारण छैन, दस वर्षमा पिपिएमको मात्रा कम गर्न नसकियोस् । विडम्बना त के छ भने जसले बढी वन विनाश गर्छ ऊ शक्तिशाली राजनीतिक पार्टीको मन परेको कार्यकर्ता बन्छ । र गाउँघर, शहरमा बोली बिक्ने राजनीतिक कार्यकर्ताहरूको हो । अनि कसरी वन जोगिन्छ, वन लगाउने कुरा त पछिको हो ।
विस्तृतमा पढ्नुहोस् | comments

शैक्षिक संस्थाहरूमा व्याप्त विकृतिविरुद्ध नेका सम्बद्ध युवा, विद्यार्थी आन्दोलित

प्रस, वीरगंज, १३ साउन/
    नेपाली काङ्ग्रेस निकट युवा विद्यार्थीहरूले शैक्षिक संस्था एवं शिक्षा सम्बद्ध निकायहरूमा भइरहेको विकृतिविरुद्ध आज वीरगंजमा जुलुस प्रदर्शनका साथै सडक अवरोध गरे।
    नेपाल विद्यार्थी सङ्घ ठाकुरराम बहुमुखी क्याम्पसको अगुवाइमा क्याम्पस परिसरबाट शुरु भएको जुलुस नगरको विभिन्न क्षेत्रको परिक्रमा गर्दै माईस्थान चोकमा आएर कोणसभामा परिणत भएको थियो। सो अवसरमा प्रदर्शनकारी युवा विद्यार्थीहरूले आधा घण्टा सडक अवरुद्ध पारेका थिए।
    कोणसभालाई सम्बोधन गर्दै वक्ताहरूले शैक्षिक संस्था र जिल्ला शिक्षा कार्यालयमा समेत अनियमितता र भ्रष्टाचार व्याप्त रहेको दाबी गर्दै शैक्षिक क्षेत्र सुधारका लागि सम्पूर्ण अभिभावक, युवा, विद्यार्थी एवं बुजुर्गहरूलाई आन्दोलनमा उत्रन आह्वान गरे ।        बितेको असार २६ गते जिल्ला प्रशासन र जिल्ला शिक्षा कार्यालयमा बुझाएको १० सूत्रीय माग सम्बन्धमा कुनै कारबाई नभएको भन्दै युवा विद्यार्थीहरूले कारबाई सम्बन्धमा कानुनी निकाय पंगु भएको हो भने कारबाईका लागि युवा विद्यार्थी आफै सक्षम रहेको कुरा साबित गरेर देखाइदिने चेतावनी दिए।
    भविष्यका कर्णधार निर्माण हुने शैक्षिक क्षेत्रमा जिम्मेवार एकाइको गैरजिम्मेवारीपन समाजको लागि घातक हुने भएकोले अब युवा विद्यार्थी चुप लागेर नबस्ने वक्ताहरूले उद्घोष गरे।
    निजी विद्यालयहरूले कम्तिमा १० प्रतिशत विद्यार्थीलाई समावेशिताको आधारमा छात्रवृत्ति दिनुपर्ने, विभिन्न बहानामा विद्यार्थी तथा अभिभावकसँग चर्को शुल्क असुल्न नपाउने, सञ्चालनमा रहेका निजी विद्यालयहरूलाई कानुनसम्मत तरिकाले जिशिकाले स्वीकृति प्रदान गर्नुपर्नेलगायत माग लिएर युवा विद्यार्थीले चरणबद्ध आन्दोलन थालेका छन्।
    विरोधसभालाई नेपाल तरुण दलका केन्द्रीय सदस्य नवीन सिंह, विद्यार्थी नेता सुधीर पटेल, बद्री तिवारी र विश्वास द्विवेदीले सम्बोधन गरेका थिए।
विस्तृतमा पढ्नुहोस् | comments (1)

गाविस सचिवलाई कुटपिट गरी रु. सवा लाख लुटे

प्रस, वीरगंज, १३ साउन/
    परसौनीभाठा गाविसका सचिव अवधेश साह तेलीलाई गाउँलेहरूले कुटपिट गरी सवा लाख रुपियाँ लुटेका छन्।
    परसौनीभाठा गाविस अन्तर्गत परसौनीभाठा, भेलाहा, बटसौरा र हसवा टोलमा दलित बालबालिका संरक्षण भत्ता वितरणका लागि पुगेका सचिवलाई स्थानीय मोहन राउत अहिरसहितको टोलीले कुटपिट गरी निजसँग रहेको रु. १ लाख २६ हजार लुटेको सचिव तेलीले बताए।
    दलित बालबालिका संरक्षण भत्ता वितरणका लागि गाउँ पुगेकोमा मोहन राउत अहिर, मुन्ना राउत अहिर शत्रुघ्नप्रसाद यादवलगायतले कुटपिट गरेको र दलित बालबालिका संरक्षण भत्ता वितरणका लागि ल्याएको रु. १ लाख २६ हजार कुटपिट गर्नेहरूले लुटेको आरोप लगाएका छन्।
    गाविस सचिव तेली कुटिएपछि गाविस हकहित संरक्षण मञ्च केन्द्रका सचिव राजेश्वर तेलीले जिप्रका पर्सामा लिखित जाहेरी दर्ता गराएका छन्।
    केन्द्रका सचिव तेलीले गाविस सचिव तेली उपर भएको कुटपिट, लुटपाटको घटनामा संलग्न दोषीहरूमाथि कारबाई गर्न माग गरेका थिए।
    प्रजिअले घटना सम्बन्धमा अनुसन्धान  गरी दोषीलाई कारबाई गर्ने प्रतिबद्धता जाहेर गरेको बताइएको छ।
विस्तृतमा पढ्नुहोस् | comments (1)

कानुनी परामर्श

अधिवक्ता वीरेन्द्रप्रसाद यादव
प्रश्न: बाल क्लब दर्ता गर्न के कस्तो प्रक्रिया अपनाउनुपर्छ ? यसबारे स्पष्ट जानकारी  उपलब्ध गराइदिनुहुन अनुरोध गर्दछु ?
–नीरज गुप्ता, वीरगंज
उत्तर: नीरज जी, क्लबलगायत संस्था दर्ता गराउन संस्था दर्ता ऐन २०३४  अनुसार सोही कानुनको प्रावधान अनुसार दर्ता गराउनुपर्छ। कानुनको दफा ४ अनुसार संस्था दर्ता गर्न चाहने कुनै सात जना वा सोभन्दा बढी व्यक्तिहरूले संस्था सम्बन्धी निम्न विवरण खुलाई संस्थाको विधानको एक प्रति र तोकिएको दस्तुरसहित स्थानीय अधिकारी समक्ष निवेदन दिनुपर्छ :
(क) संस्थाको नाम (ख) उद्देश्यहरू (ग) प्रबन्ध समितिका सदस्यहरूको नाम,ठेगाना र पेशा (घ) आर्थिक स्रोत (ड.) कार्यालयको ठेगाना
    उपरोक्त बेहोरासहितको निवेदन दर्ता भएपछि स्थानीय अधिकारीले आवश्यक जाँचबुझ गरी संस्था दर्ता गर्न उचित ठानेमा दर्ता गरी प्रमाणपत्र दिनेछ। स्थानीय अधिकारीले संस्था दर्ता नगर्ने पनि निर्णय दिन सक्नेछन्। त्यस्तो दर्ता नगर्ने निर्णय गरेमा त्यसको सूचना पाएको मितिले ३५ दिन भित्रमा नेपाल सरकारले तोकेको अधिकारी समक्ष पुनरावेदन गर्न पाइन्छ। पुनरावेदन सुन्ने अधिकारीले दर्ता गर्ने आदेश दिएमा दर्ता हुनेछ  भन्ने कानुनी प्रावधान रहेकोले तपाईं क्लब दर्ता गर्न क्लबको विधान तयार गरी एक प्रति विधानसहित स्थानीय अधिकारी समक्ष निवेदन दिनुस्। स्थानीय अधिकारीले प्रक्रिया पूरा गरी दर्ता गर्नु हुनेछ।
प्रश्न: मेरो विवाह भएको एक वर्ष भयो अहिलेसम्म दर्ता गराएको छैन ? विवाह दर्ता गराउन के कस्तो कानुनी प्रक्रिया छ ? दर्ता गराउन म एक्लै भएर हुन्छ कि लोग्नेस्वास्नी दुवै हुनुपर्छ। दर्ता गराउने म्याद कति हुन्छ ?                                
–दिपक गम्हरिया
उत्तर: दीपक जी, विवाह दर्ता गराउन जन्म मृत्यु तथा अन्य व्यक्तिगत घटना दर्ता ऐन २०३३ को प्रक्रिया अवलम्बन गर्नुपर्छ। कानुन अनुसार विवाह भएको मितिले ३५ दिन भित्र पतिपत्नी दुवैले तोकिए बमोजिमको फारम भरी स्थानीय पञ्जिकाअधिकारीको कार्यालयमा सूचना दिनुपर्छ। सूचना दिने व्यक्ति नेपाल बाहिर छ भने नेपालमा आएको मितिले ६० दिनभित्र सूचना दिनुपर्छ। सो मितिभित्र पनि सूचना दिइएन भने सो म्याद नाघेको ३५ दिनभित्र पनि दिन सकिन्छ। यस म्यादमा दर्ता गराउन आउँदा आठ रुपियाँ दस्तुर लाग्छ। यस म्यादमा पनि दर्ता गराउन आइएन भने पचास रुपियाँ जरिवाना लिई विवाह दर्ता हुन्छ भन्ने कानुनी प्रावधान रहेकोले विवाह दर्ता गराउन पञ्जिकाअधिकारी समक्ष लोग्नेस्वास्नी दुवै जानुपर्छ। तपाईंहरूको विवाह भएको धेरै भएकोले पचास रुपियाँ जरिवाना लाग्छ र विवाह दर्ता हुन्छ। विवाह दर्ताको प्रमाणपत्र पाइन्छ। तपाईंहरूले दिएको  सूचना ठीक छ छैन जाँची ठीक भए पञ्जिकाअधिकारीले  दर्ता गरी प्रमाणपत्र दिन्छन्।
प्रश्न : आजकल जताततै चन्दा उठाउने  गरेको देखिन्छ। चन्दा उठाउने वा नउठाउने सम्बन्धमा नेपालमा कानुन छ कि छैन ? जबरजस्ती चन्दा उठाएमा सजायको प्रावधान छ छैन। छ भने के कति सजायको कानुनी व्यवस्था छ। सजाय गराउन पीडित पक्ष के गर्नुपर्छ ।
उत्तर: नेपालमा चन्दा उठाउन पाउने कि नपाउने सन्दर्भमा चन्दा ऐन २०३० रहेको छ।  सो चन्दा ऐनको दफा ३ को उपदफा १ मा नेपाल सरकारको पूर्व स्वीकृति लिई धार्मिक, परोपकारी वा अन्य सार्वजनिक कार्यको लागि कसैले स्वेच्छाले, दर नतोकी चन्दा लिनदिन बाहेक चन्दा उठाउन वा  लिन हँुदैन।  शैक्षिक, सामाजिक संस्था तथा अन्य विकास कार्यको लागि यस ऐन अन्तर्गत बनेको नियममा तोकिए बमोजिम खर्च गर्ने गरी चन्दा उठाउन सकिने छ भने कानुनी प्रावधान रहेको देखिंदा कानुनी प्रक्रिया पूरा नगरी बलजबरजस्ती कसैसँग चन्दा उठाउनुहुँदैन। धार्मिक परोपकारी कार्यको निम्ति चन्दा उठाउन त पाइन्छ, तर जबरजस्ती होइन, स्वेच्छाले नेपाल सरकारको स्वीकृति लिएर। चन्दा उठाउन चन्दा रसिददेखि चन्दाको खर्च उपयोग र लेखा पनि कानुनी प्रक्रिया अनुसार राखेको हुनुपर्छ। विवरण पनि सार्वजनिक गर्नुपर्छ।  चन्दा ऐन २०३० को प्रावधानविपरीत वा करकाप गरी चन्दा उठाउने व्यक्तिलाई  दुई वर्षसम्म कैद वा दुई हजार रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ। त्यसरी उठाइएको चन्दाको रकमसमेत निजबाट सरकारी बाँकी सरह असुल उपर गरिने कानुनी प्रावधान छ।  जबरजस्ती चन्दा उठाउने कार्य फौजदारी अपराध हो। यस्तो अपराधमा सरकार वादी हुन्छ। यसमा पीडित पक्षले जबरजस्ती चन्दा माग्ने उपर सम्बन्धित प्रहरी कार्यालयमा जाहेरी दरखास्त दिनुपर्ने हुन्छ ।
विस्तृतमा पढ्नुहोस् | comments

आफ्नो कमजोरीलाई आफ्नो ताकत बनाउनुहोस्– २

अनन्तकुमार लाल दास
के तपाईं त्यस्तो मान्छेको नाउँ भन्न सक्नुहुन्छ जसलाई कहिल्यै रिस उठ्दैन ? भन्न सक्नुहुन्न किनभने रिस हामीभित्र भएको एउटा स्थायी भाव हो। हामी भित्र भएको प्रकृतिप्रदत्त नौ स्थायी भाव प्रेम, करुणा, दया, हास्यजस्तै रिस पनि एउटा भाव हो। यस कारण रिस नउठ्ने मान्छेको खोजी गर्नु व्यर्थ हुन्छ। रामायणका पात्र लक्ष्मण धेरै रिसालु थिए। उनलाई हरेक कुरामा रिस उठ्ने गर्दथ्यो। उनका दाजु रामलाई रिस उठ्दैनथ्यो, तर उनलाई पनि रिस नउठ्ने कुरा थिएन। रामायणको एक प्रसङग अनुसार जुन बेला समुद्रले रामलाई लङका जाने बाटो दिन अस्वीकार गरे, उनले रिसाएर अग्निवाण निकालेको कुरा रामायणमा लेखिएको छ।
    तपाईं पनि कहिलेकाहीं रिसाउनुहुन्छ । तपाईंलाई कम रिस उठ्छ वा बढी, तुरुन्त रिस उठ्छ वा केही छिनपछि भन्ने कुरा बेग्लै हो तर रिस उठ्छ। प्राय: रिसलाई एउटा नराम्रो भावको रूपका हेरिन्छ, किनभने यो जुन बेला उठ्छ त्यस बेला मन र मस्तिष्क नियन्त्रणमा रहँदैन। तपाईंले के अनुभव गर्नुभएको होला भने रिस उठ्नासाथ जीउ काँप्न थाल्छ। बोली काँप्न थाल्छ। आँखा रातो हुन्छ र शरीरमा रगतको प्रवाह तीव्र हुन थाल्छ।
    रिसको कारण शरीरको ग्रन्थिबाट निस्केको एक प्रकारको रसको प्रभावले यस्तो हुन्छ। यो रस मस्तिष्कमा पुगेर हाम्रो विवेकलाई ठप्प पार्दछ। यस कारण रिस उठेको बेला हाम्रो सोच्ने र बुझ्ने शक्ति क्षीण हुन्छ। यस बेला हामी एउटा दिशामा मात्र सोच्न थाल्छौं। त्यो के हो भने म जे गरिरहेको छु त्यो नै सही हो । त्यस बेला हाम्रो एक मात्र लक्ष्य आफ्नो प्रतिद्वन्दीलाई जसरी भए पनि सजाय दिनुहुन्छ। रिस शान्त भएपछि बरु पछुताउनु नै किन नपरोस्, तर त्यस बेला एक मात्र लक्ष्य बदला लिनु नै हुन्छ । यस कारण रिसलाई ‘अन्धो’ भनिएको हो र सधैं के भन्ने गरिन्छ भने रिस गर्नुहुन्न। यसलाई आफ्नो नियन्त्रणमा राख्नुपर्छ नत्र पछुताउनु पर्छ।
    यो हरेक मान्छेको कमजोरी हो तर मलाई के लाग्दछ भने प्रत्येक मानिसले आफ्नो यस कमजोरीलाई ताकत बनाउन सक्छ। पहिलो कुरो त के हो भने तपाईं यसबाट मुक्त हुन सक्नुहुन्न तर कम अवश्य नै गर्न सक्नुहुन्छ र यसलाई कम गर्नु पनि पर्छ। यदि तपाईं आफ्नो रिसको विश्लेषण गर्नुहुन्छ भने अधिकांश रिसको सम्बन्धमा बेकारमा रिस गरें भन्ने निष्कर्ष निस्कन्छ। के पनि सही हो भने यसबाट तपाईंभित्र भएको रिस बाहिर निस्क्यो तर तपाईंभित्र जुन विषाक्त रसायन उत्पन्न भयो त्यसबाट कसरी छुटकारा पाउनुहुन्छ ?
    अर्को कुरो के हो भने रिस गर्नाले हाम्रो व्यवहार र संस्कार गलत साबित हुन्छ। जुन बेला हामी रिसाएर कसैलाई अपशब्द भन्छौं, उसले पनि जवाफमा केही न केही भन्छ । यहाँनिर सोच्नुपर्ने कुरो के हो भने जुन काम हामीले रिसाएर गर्‍यौं, के त्यो काम नरिसाएर गर्न सक्दैन्थ्यौं ? यदि हामी यसबारे चिन्तनमनन गर्‍यौं भने त्यो काम नरिसाइकन धेरै राम्रोसँग गर्न सक्छौं भन्ने थाहा हुन्छ। यदि तपाईं आफ्नो रिसको विश्लेषण गर्नुहुन्छ भने लगभग यस्तै परिणाम फेला पर्छ। यसबाट तपाईंको रिस विस्तारै शान्त हुन थाल्छ। मलाई के लाग्छ भने यस प्रविधिको प्रयोग यदि महारिसालु ऋषि दुर्वासाले गरेको भए परिणाम अवश्य नै सुखद देखा पर्ने थियो।
    रिस यदि पटकपटक उठ्छ भने यो विष हो, तर यदि तपाई रिसको प्रयोग राम्ररी विचार गरी, विवेकपूर्ण तरिकाले गर्नुहुन्छ भने यो तपाईंको लागि अमृत पनि बन्न सक्छ। सत्य त के हो भने यो एक प्रकारको प्रक्षेपास्त्र हो जसको प्रयोग प्रत्येक दिन हुने ससाना झगडामा गर्नुहुन्न । यसको प्रयोग त्यस बेला गर्नुपर्छ जुनबेला के लाग्छ भने यसको प्रयोगबाहेक कुनै विकल्प छैन। रिस तुरुपको पत्ताजस्तै हो जसको प्रयोग तासको खेल जित्नको लागि गरिन्छ। तास खेल्ने प्रत्येक मानिसलाई यसको महत्त्व अवश्य नै थाहा होला।
    जसलाई प्रत्येक कुरामा रिस उठ्छ, उसको रिसको कुनै महत्त्व हुँदैन र त्यस्ता मानिसलाई सजिलै हराउन पनि सकिन्छ । रामायणका पात्र लक्ष्मणले गरेको रिसमाथि कसैले पनि ध्यान दिंदैनथ्यो र महाभारतका पात्र दुर्योधनलाई सजिलै पाण्डवहरूले हराउन सफल भएका थिए । तर जसले कहिलेकाहीं, कुनै महत्त्वपूर्ण समयमा सही कारण भए मात्र रिस गर्छ, त्यसले रिस गर्नासाथ सबै काम बन्छ र सबैथोक परिवर्तन भइहाल्छ। रामायणका पात्र रामले रिसाएर अग्निवाण झिकेको हेरेर समुद्र हात जोडेर आफ्नो भूलका लागि रामसँग क्षमायाचना गर्न थाले र रामलाई बाण चलाउने आवश्यकता  परेन। यदि रिसको परिणाम यस्तो हुन्छ भने त्यो लाख हो अन्यथा खाक पनि हैन। तपाईं के रोज्नुहुन्छ भन्ने कुरा तपाईंमाथि निर्भर छ। वास्तवमा भन्ने हो भने रिस गर्ने प्राय: मानिस आफ्नो जीवनमा हार्ने गरेका छन्। यस कारण यसलाई नियन्त्रणमा राख्न धेरै आवश्यक छ। यसलाई नियन्त्रणमा राख्नका लागि तपाई आपैंmसँग प्रश्नहरू सोध्नुस्।
    के वास्तवमा रिस उठ्ने कुरो थियो ? के यति धेरै रिसाउनुपर्ने थियो ? के त्यो मान्छे साँच्चिकै गलत छ, जसमाथि मलाई रिस उठिरहेको छ ? के रिसाउनुबाहेक अन्य कुनै विकल्प थिएन ? के रिस नगरी राम्रो तरिकाले ऊसँग कुरा गर्न सकिन्न ? के यसलाई केही समयका लागि टार्न सकिन्न ? यस्तै धेरै प्रश्नहरू गर्न सकिन्छ।
    यदि तपाईंले रिससँग तटस्थ भएर यस्ता प्रश्नहरू गर्नुहुन्छ भने धेरै मामिलामा तपाईंले रिसाउनुपर्ने आवश्यकता नै देख्नुहुन्न। यसरी विस्तारै रिसाउने भावना र बानी कम भएर जान्छ। रिस नियन्त्रण गर्ने अर्को तरिका हो साँसमाथि नियन्त्रण। किनभने हाम्रो भावनाको सम्बन्ध साँससँग हुन्छ। हामीभित्र जस्तो भावना उत्पन्न हुन्छ, हाम्रो साँसको गति पनि त्यस्तै हुनजान्छ।
    उदाहरणका लागि परीक्षाको बेला प्रश्नपत्र पाउनुपूर्व आफ्नो साँसको गतिबारे विचार गर्नुहोस्। त्यस्तै कसैलाई ‘आई लभ यु’ भन्नुभन्दा पहिले साँसमा हुने हलचल स्मरण गर्नुहोस्। जुन बेला तपाईंलाई भूतको भय लाग्छ, त्यस बेला साँसको गतिमाथि विचार गर्नुहोस्। यस्तै जुन बेला तपाईंलाई रिस उठ्छ त्यस बेला स्वत: साँसको गति तीव्र हुन्छ।
    मैले के महसुस गरेको छु भने रिस उठिरहेको बेला यदि साँसलाई केही बेरका लागि रोकेर छोड्ने प्रक्रिया दुई चार पटक दोहोर्‍याउने हो भने रिस कम हुँदै जान्छ। यो यस कारणले हुन्छ कि रिसले साँसको सहारा पाउँदैन। यस कारण रिसको भावना बिस्तारै बिस्तारै न्यून भएर जान्छ। मेडिकल साइन्सले के प्रमाणित गरेको छ भने हाम्रो सबै प्रकारको भावनाका लागि रिसले इन्धनको काम गर्दछ। यदि बाइकमा पेट्रोल नै छैन भने त्यो गुड्न सक्छ ?
    जसलाई धेरै रिस उठ्छ, उसले यसलाई बेग्लै तरिकाले, अरूको सामुन्ने होइन, एक्लै रिस पोखेर पनि समाधान गर्न सक्दछ। रावण महारिसालु थिए। उनलाई रिस प्रदर्शन गर्न मज्जाको अनुभूति हुन्थ्यो। उनी नरिसाई बस्नै सक्दैनथे। उनकी पत्नी मन्दोदरी यस बानीले गर्दा धेरै परेशान थिइन्। भनिन्छ मन्दोदरीले चेसको खेलको आविष्कार गरेकी थिइन्। मन्दोदरीले राजा, रानी, हात्ती, घोडा, ऊट र फौजको निर्माण गरिन्। दुवैतिर सेनालाई सजाइन् र ती दुवैबीच युद्धको विधान तयार गरिन्। जसले राजालाई कैद गर्न सक्थे उसको जीत हुन्थ्यो। यसरी मन्दोदरी रावणसँग बसेर चेस खेल्ने गर्थिन् किनभने यसरी खेल्दा रावणको युद्ध गर्ने इच्छाले अभिव्यक्ति पाउँथ्यो।
    तपाईंले टेलिभिजन वा प्रत्यक्षरूपले के हेनुभएको होला, कहिलेकाहीं खेल खेल्दाखेल्दै कोही खिलाडी बेस्सरी कराउन थाल्छ भने कोही आफ्नो रैकेटलाई भुईंमा बेस्सरी पछार्छ। बक्सिङ खेल्ने खेलाडीहरूको त प्राय: रिसाएर कराउने बानी आम भइसकेको छ। यदि तपाईंलाई रिस उठिरहेको छ भने तपाईंले पनि आफ्नो लागि यस्तै केही तरिका अपनाउन सक्नुहुन्छ। कोठामा गएर बेस्सरी कराउनुहोस् वा बक्सिङगको अभ्यास गर्ने एउटा ब्याग किनेर घर ल्याउनु होस् र त्यसमाथि आफ्नो रिस पोख्नुहोस्। यसरी गर्दा तपाईंभित्र रहेको रिस बाहिर आउँछ र तपाईंले शान्तिको अनुभूति गर्नुहुन्छ।
विस्तृतमा पढ्नुहोस् | comments

प्रशस्त सम्भावना बोकेको आरक्षलाई चिन्न सके !

–प्रताप श्रेष्ठ
    तीनवटा जिल्ला पर्सा, बारा र मकवानपुरको लागि प्रशस्तै सम्भावना बोकेको पर्सा वन्यजन्तु आरक्षप्रति सम्बन्धित र सरोकारवाला दुवै पक्षको ध्यान गएको पाइँदैन।
    स्थापनाको तीन दशक बितिसक्दा पनि पर्सा वन्यजन्तु आरक्षको अवस्था जस्तोको त्यस्तै छ। संरक्षणको क्षेत्रमा भएका केही स्वाभाविक र सकारात्मक उपलब्धिबाहेक थप प्रयासहरू हुन सकेका छैनन्।
    कुल ४९९ वर्ग किमि संरक्षित क्षेत्र रहेको आरक्ष आसपासको २९६.१७ वर्ग किमि क्षेत्रलाई समेटेर २०६२ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो। मध्यवर्ती क्षेत्र घोषणाले आरक्ष र आरक्ष आसपासका बासिन्दालाई वन तथा वन्यजन्तु संरक्षणका लागि एकताबद्ध गराउने उद्देश्य रहेको भए तापनि उद्देश्यअनुरूपको लक्ष्य प्राप्ति भई नसकेको पर्सा वन्यजन्तु आरक्षका प्रमुख संरक्षण अधिकृत नीलाम्बर मिश्र बताउँछन्।
     संरक्षित क्षेत्रभित्र अव्यवस्थित मानवबस्ती रामभौरीभाथालाई स्थानान्तरण गरी आरक्षबाहिर लाने काम भएको छ। संरक्षणको क्षेत्रमा यो एउटा महत्त्वपूर्ण काम हो।
    बस्ती स्थानान्तरण गरिएपछि रामभौरीभाथा अहिले घाँसे मैदानमा परिणत भएको छ। सोही प्रभावका कारण अहिले सो क्षेत्रमा जङगली जनावरहरूको बाक्लो उपस्थिति देखिन थालेको छ।
    चित्तल, हरिण, जरायो, बँदेल, खरायो, नीलगाईलगायतका जनावरहरूको सङ्ख्या बस्ती स्थानान्तरणपछि ह्वात्तै वृद्धि भएकोले आरक्षको क्षेत्रमा अब बाघको सङ्ख्या पनि वृद्धि हुने प्रमुख संरक्षण अधिकृत मिश्रको अनुमान छ। हाल आरक्षमा पाटेबाघको सङ्ख्या पहिलेको तुलनामा केही वृद्धि भएको अनुमान छ। छिमेकी चितवन राष्ट्रिय निकुञ्ज र भारतीय वाल्मीकि टाइगर रिजर्भबाट अस्थायी विचरणका लागि आउने बाघहरूको सङ्ख्या एक वर्षयता वृद्धि भएको छ। “बाघहरू स्थायीरूपमा बस्न सक्ने वातावरण तयार भइरहेको छ,” आरक्षका कर्मचारीहरूले बताए ।
    रैथाने हात्तीको बासस्थानको रूपमा प्रख्यात पर्सा वन्यजन्तु आरक्षमा ३२ प्रजातिका स्तनधारी, ३७० प्रजातिका चराचुरुङगी, ३१ किसिमका पुतली, १० प्रजातिका सरिसृप साथै जङगली हात्ती, गौरीगाई, पाटेबाघ, गैंडालगायतका वन्यजन्तुहरू पाइन्छन्।
    यद्यपि यस आरक्षको पर्याप्त प्रचारप्रसार र पर्या पर्यटनको पूर्वाधार विकास भने सन्तोषजनकरूपमा हुन सकेको छैन। यसको मुख्य कारण यसतर्फ ध्यान दिने सम्बन्धित सरोकारवाला पक्षहरूको दूरदृष्टि नपुग्नु नै हो। 
    प्रचारप्रसार र आवश्यक पूर्वाधार विकास भएमा पर्सा वन्यजन्तु आरक्ष सबैखाले पर्यटकको लागि गन्तव्यस्थल बन्न सक्नेमा द्विविधा छैन। तथापि यसतर्फ चासो दिनेहरूको भने अभाव खटकिएको छ।
    धार्मिक पर्यटकका लागि दुग्धेश्वर महादेव–भाथा, घोडामचान बाबा, लौकिक दह, हलखोरिया दह, काँटघाट बाबा, सुकिभारमाई, जीराभवानीमाई, बागमोर्चामाई, लाटोमाई, चुरियामाई, आमोदेहीलगायतका धेरैवटा ऐतिहासिक तथा धार्मिक महत्त्वका स्थलहरू छन्। आरक्ष आसपासका क्षेत्र गढीमाई, विन्ध्यवासिनीमाईलगायतलाई एउटै प्याकेजमा जोड्न सके अझ राम्रो हुने देखिन्छ।
    त्यसैगरी ऐतिहासिक थारूबस्ती, शिकारीबास, गुरुङबस्ती–रामनगर, मगर समाज–सुन्दर टोल, लामा, तामाङ, नेवारबस्ती, चेपाङ र भोटे बस्तीहरूको माझमा अव्यवस्थित आरक्ष सांस्कृतिक पर्यटकका लागि पनि मुलुकका अन्य निकुञ्ज, आरक्षभन्दा महत्त्वपूर्ण स्थलको रूपमा विकास गर्न सकिन्छ।
    आरक्षस्थित कामिनी दह र अमलेखगंजको ऐतिहासिक धाराको महत्त्व पनि कम छैन। यसलाई उजागर गर्दै संरक्षण र संवद्र्धन गर्न जरुरी छ।
    आरक्षनजिकै वीरगंज–पथलैया औद्योगिक क्षेत्र, श्रीसिया सुख्खा बन्दरगाह, सिमरा हवाई अड्डा, भारतीय बजार रक्सौल, रेलवे जक्सन, भिखनाठोरी रेलवे स्टेशनलगायतका महत्त्वपूर्ण स्थलहरू नजिक पर्ने भएकोले स्वदेशी तथा विदेशी औद्योगिक तथा आर्थिक पर्यटक एवं खोज अनुसन्धानकर्ताहरूका लागि पर्सा वन्यजन्तु आरक्षलाई गन्तव्यस्थल बनाउन सहज छ।
    आरक्षलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सके आसपासका जिल्लाहरू पर्सा, बारा, मकवानपुरका बासिन्दाहरूका लागि स्वरोजगारका ढोकाहरू प्रशस्तै खुल्नेछन्। पर्यटकबाट स्वदेशी तथा विदेशी मुद्रा आर्जन हुने भएकोले यस क्षेत्र समुन्नतिको बाटोमा उक्लन समय लाग्दैन।
    यसको योजनाबद्ध विकासतर्फ  राजनीतिक दल, सामाजिक सङ्घसंस्था, स्थानीय निकाय र जिल्लाबासीको समेत ध्यान गएको पाइँदैन।
    हुनत निकुञ्ज वा आरक्ष क्षेत्रलाई मानव चहलपहल हुने स्थानको रूपमा विकसित नगर्नु नै वन तथा वन्यजन्तु संरक्षणको लागि उचित हुने विज्ञहरूको सुझाव बेलाबखतमा आउने गरेको छ। यसको ठीकविपरीत पछिल्लो समयमा संरक्षणको विकासलाई हेर्ने हो भने विश्वका ठूल्ठूला संरक्षित क्षेत्रहरू मानव र वन्यजन्तुमैत्री बन्दै गइरहेका छन्। जसले गर्दा मानव र वन्यजन्तुबीच मैत्रीपूर्ण भावनाको विकास भइरहेको पाइन्छ। यसो हुँदा वन्यजन्तुहरू मानव देख्दा भाग्न वा बिच्किन छाडेका छन्।         आसपास क्षेत्रका बासिन्दाहरूलाई आरक्षको संरक्षणप्रति चेतनशील र सरकारी सुरक्षा प्रणालीलाई चुस्त बनाउन सके चोरी तस्करी स्वत: नियन्त्रण हुन्छ र संरक्षित क्षेत्रप्रति प्रभावित क्षेत्रका बासिन्दाहरूको झुकाव बढ्नेछ। सोही भावनाअनुरूप हाम्रो मुलुकमा मध्यवर्ती क्षेत्रको अवधारणा लागू भएको हो। पर्सा वन्यजन्तु आरक्ष पनि मध्यवर्ती क्षेत्र घोषणा भएको ८ वर्ष बितिसकेको छ।
    मध्यवर्ती क्षेत्रको अवधारणा तथा मर्म प्रभावित क्षेत्रका बासिन्दाहरूमा संरक्षणप्रति सकारात्मक भावको विकास गर्नु, संरक्षणप्रति चेतना अभिवृद्धि गर्नु तथा संरक्षित क्षेत्र र प्रभावित क्षेत्रबीचको द्वन्द्व न्यूनीकरण गर्नु हो। वन तथा वन्यजन्तु प्रभावित बासिन्दालाई स्थानीय विकास निर्माणसाथै स्वरोजगारको वातावरण बनाइदिन सके मात्र संरक्षण क्षेत्रसँगको द्वन्द्व कम गर्न सम्भव छ।
    पर्यटन क्षेत्रको विकासबाट स्थानीय विकास र स्वरोजगार दुवै दिन सकिन्छ । “वन र वन्यजन्तुका कारण पर्यटन विकास भएको हो र पर्यटकको कारण हामी स्वरोजगार छौं” भन्ने भावनाको विकास आरक्ष प्रभावित क्षेत्रका बासिन्दाहरूमा महसुस गराउन सकेमा संरक्षणप्रति उनीहरूको भावनात्मक लगाव बढ्नेछ।
    पर्सा वन्यजन्तु आरक्ष आसपासका क्षेत्रलाई मध्यवर्ती क्षेत्र घोषणा गरिएको भए तापनि यसको क्षेत्रमा पर्यटन विकास नहुँदा आरक्ष तथा मध्यवर्ती क्षेत्रप्रति नै सर्वसाधारणको वितृष्णा जाग्न सक्ने खतरा बढ्दो छ।
    पर्सा वन्यजन्तु आरक्ष मध्यवर्ती क्षेत्र स्थापनाको मुख्य उद्देश्य धार्मिक तथा ऐतिहासिक स्थलहरूको संरक्षण, जनसहभागितात्मक संरक्षण तथा व्यवस्थापन र पर्या पर्यटन विकास गरी स्थानीयस्तरमा आयआर्जन बढाउने हो। यससँगै रैथाने जङगली हात्ती तथा तिनको बासस्थान संरक्षण गर्ने, चारकोसे झाडी एवं भावर क्षेत्रको संरक्षण र व्यवस्थापन गर्ने एवं चुरिया क्षेत्रको संरक्षण गरी तराई–मधेसको खेतीयोग्य उर्बरा भूमिलाई जोगाइराख्नु पनि हो।
    उद्देश्य बृहत् भएपनि योजना कार्यक्रम र लगानी भने बृहत् हुन सकेको छैन। मध्यवर्ती क्षेत्र घोषणा भएपछि  प्रशासनिक, प्राविधिक र व्यावहारिकरूपले पनि आरक्षले हेर्नुपर्ने क्षेत्र वृद्धि भएको छ। तर आरक्षमा जनशक्ति भने थप भएको छैन। मौजुदा दरबन्दीका कर्मचारीहरूले नै संरक्षित क्षेत्र र मध्यवर्ती क्षेत्र हेर्नुपर्दा समस्या सृजना भइरहेको आरक्षका कर्मचारीहरू बताउँछन्।
    पर्सा वन्यजन्तु आरक्षको संरक्षणमा खटिएका सेनालाई अति आवश्यक पिउने पानीको व्यवस्थासमेत छैन। चारभैया र  महादेव खोला पोस्टका सेना एवं आरक्ष कर्मचारीहरूले पिउने पानी ओसार्न दिनहुँ पाँच घण्टाभन्दा बढी समय खर्चिनुपरेको छ। उनीहरूलाई आवश्यक आवासको व्यवस्था हुन सकेको छैन।

पूँजीबिना ज्ञान, सीप र श्रमले मात्र पर्यटन विकास सम्भव छैन
   
    जङगली जनावरहरूलाई पिउने पानीको स्रोत छैन। वन्यजन्तुबाट भौतिक, मानवीय तथा बालीनालीको क्षति बेहोरिरहेका आसपासका बासिन्दाहरूलाई आरक्षको तर्फबाट उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न सकिएको छैन।
    यी सबै व्यवस्थाका लागि लगानीको आवश्यकता पर्छ। आरक्षमा पर्यटन विकास नभइसकेकोले मध्यवर्ती क्षेत्र विकास परिषद्सँग बजेट छैन। आरक्ष तथा निकुञ्ज विभागले एकैपटक ठूलो रकम खर्च गर्न सक्दैन। अन्य निकाय भने ‘आरक्षमा हामीले किन लगानी गर्ने’ भन्दै मुन्टो बटार्छन्।
    प्रशस्त लगानी हुने हो भने आरक्षको कायापलट गर्नसक्ने योजनाहरू धेरै छन्। जसले आरक्ष तथा आरक्ष प्रभावित क्षेत्रलाई वरदान साबित हुनेछ।
    जस्तै कामिनी दह कृत्रिम दह हो, त्यहाँ टाढाबाट सानो पाइपमा पानी ल्याएर खसालिएको छ। पानी पिउनका लागि कामिनी दहमा कुनै बेला त जङगली जनावरहरूको भीड नै लाग्ने गर्दथ्यो।
    त्यसैगरी विस्थापित बस्ती रामभौरीभाथा क्षेत्रमा ताल कार्यक्रम अन्तर्गत थोरै लगानीमा केही कामहरू भएका छन्। बस्तीका बासिन्दाहरूले खनेको पोखरीलाई संरक्षण गरी टयाङकरमा पानी ओसारेर हालियो। उक्त पोखरीमा गोही ल्याएर छोड्ने योजना छ। पोखरीमा माछाको भुरा छोड्ने र खाली जमीनमा जनावरले मन पराउने किसिमका भुइँ घाँसको बीउ छर्न सके जनावर आपैंm आकर्षित भई आउँछन्।
    आरक्ष आसपासको ग्रामीण क्षेत्रसम्म सहजै आवतजावत गर्नसक्ने बाटोको व्यवस्था, स्वास्थ्य, सञ्चार, सवारीको व्यवस्था भएमा पर्यटक आकर्षित हुनेछन्। नजिकका गाउँहरूमा होमस्टेको अवधारणा अनुरूप सुवर्णपुर गाविसका केही टोलहरूमा होमस्टेको सुरुआत पनि हामीले गरेका छौं। लगानीबिना जनश्रम र जानेका सीपबाट सम्भव भएका कामहरू हामीले गरिरहेका छौं तर जहाँ लगानीको कुरा आउँछ, त्यहाँ हामीले हात उठाउनुको विकल्प छैन।
    पर्यटन विकासमा अझ महत्त्वपूर्ण कुरा सञ्चार हो। हामीले पहिला सञ्चारलाई आरक्ष चिनाउन सक्नुपर्‍यो। अनि सञ्चारकर्मीले आरक्षबारेमा सबैलाई चिनाउने
छन् भन्ने मेरो मान्यता हो। सञ्चारलाई लक्षित गरी गर्नसक्ने परिकल्पनाहरू हामीसँग धेरै छन्, तर संचारलाई लक्षित गरि योजना तथा कार्यक्रमहरू आरक्षमा आएको जस्तोमलाई लाग्दैन।”
“पर्यटन पूर्वाधार निर्माणको अभावमा पर्यटक आगमन न्यून छ। मकवानपुर क्षेत्रमा आरक्ष कर्मचारी तथा सुरक्षा पोस्टहरू कम छन्। आरक्षभित्र गस्ती एवं अवलोकनका लागि सडकहरू छैनन्। आधाभारदेखि निर्मलबस्तीको पानीटङकी पोस्टसम्मको फायरलाइन र महादेव पोस्टदेखि भाथासम्मको सडक मात्र काम लाग्ने खालको छ।
विस्तृतमा पढ्नुहोस् | comments

नरसंहारको तटस्थ साक्षी

   सत्ताका लागि विश्वमा धेरैपटक युद्ध भएको छ, युद्धमा नरसंहार हुनु स्वाभाविक कुरा हो । तर आजको मानव समाज तटस्थ भएर नरसंहारको साक्षी बन्नु चाहिं उदेकलाग्दो कुरा हो । सिरियामा जारी गृहयुद्धमा लाखौं मानिसको मृत्यु भइसकेको छ भने हालै इजिप्टमा शुरु भएको सत्ता सङ्घर्षमा सैकडौंको मृत्यु भएको छ । भइसकेको मृत्युको कसैले भर्पाई गर्न सक्दैन तर यी युद्ध नरोकिने हो भने अझ लाखौंको ज्यान जान सक्ने अवस्था देखिएको छ । आज विश्वव्यापीकरणको युगमा, एउटा भूगोलमा भइरहेको नरसंहारमा विश्व समाज तटस्थ बसिरहन्छ भने त्यसलाई मानवतामाथि कलड्ढ नै भन्न सकिन्छ । यद्यपि यस्ता कुरामा हस्तक्षेप कसले गर्ने भन्ने कुरा विवादको विषय रहिआएको छ । अफगानिस्तान वा इराकमा संयुक्त राज्य अमेरिकाले हस्तक्षेप गर्‍यो, त्यसको आलोचना भइरहेको छ, विश्व संस्था–संयुक्त राष्ट्र सङ्घ स्वयं त्यति सबल छैन कि उसले आफैं हस्तक्षेप गर्न सकोस् । संयुक्त राष्ट्र सङ्घको आफ्नो सिमाना र अधिकार छ । उसको सामथ्र्य भनेको सदस्य राष्ट्रहरू हुन्, जो यस्ता घटनाबाट आफ्नो कूटनीतिक प्रभाव बढाउन चाहन्छन् ।
    सिरियामा वर्तमान शासकको राजीनामाको मागबाट आजभन्दा तीन वर्षपहिले शुरु भएको सङ्घर्ष गृहयुद्धमा परिणत भइसकेको छ । सामान्य नागरिक हक माग गर्दा जब एक पक्ष–सरकारबाट, हतियार प्रयोग गरिन्छ अनि अर्को पक्षले पनि हतियार उठाउनुपर्ने बाध्यता आइलाग्छ । दुवैथरीबाट हतियार प्रयोग हुँदा असीमित मानिसको ज्यान जान्छ । सिरियामा त्यही भइरहेको छ । तानाशाह शासकको राजीनामा माग गर्दै सङ्घर्षमा ओर्लेको जनतामाथि बशर–अल–असदका सैनिकले जब गोली प्रहार गर्न थाल्यो सङ्घर्षरत जनताले पनि आफ्नो सुरक्षाका लागि हतियार उठायो । इजिप्टमा पनि संविधानसभा निर्वाचनबाट स्थापित राष्ट्रपतिलाई सेनाले पदच्युत गर्‍यो, मोर्सी समर्थक नागरिक विरोधका लागि सडकमा उत्रे र इजिप्टेली सेनाको गोली खाए । मोहम्मद मोर्सी यद्यपि निर्वाचित भएर राष्ट्रपति बनेका थिए तर
राष्ट्रका लागि संविधान बनाउन राष्ट्रपति भएका उनले आफ्नै हितमा संविधान मस्यौदा तयार गर्न लगाएको भनेर पहिले विपक्षीहरूले उनको राजीनामाको माग गर्दै सडक सङ्घर्ष थाले । सडक सङ्घर्षमा थुप्रैको ज्यान गएपछि सेनाले हस्तक्षेप गरेर मोर्सीलाई हिरासतमा लिएर प्रधानन्यायाधीशको नेतृत्वमा कामचलाउ सरकार नियुक्त गर्‍यो जसको विरोधमा मोर्सी समर्थक उत्र्यो र १०० जनाले सेनाको गोली खाए ।
    यो दु:खदायी अवस्था हो । यस कारणले मात्र होइन कि मानिस मरिरहेका छन्, जो जीवित छन् उनको पनि बिचल्ली भइरहेको छ । युद्ध–विक्षिप्त जनता भागेर छिमेकी देश पुगिरहेको छ, जसको आवास र जीवनयापन दोस्रो सरकारको लागि अनावश्यक भार बन्न पुगेको छ । लामो गृहयुद्धले गर्दा करोडौं मानिसको शिाक्षा, स्वास्थ्य प्रभावित भइरहेको छ । यस विषयमा हस्तक्षेप गर्ने संरासङ्घलाई अब पुनर्गठित गरी विश्व सरकारको अवधारणाबाट सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस भइरहेको छ । अहिलेको अवस्थामा पाँच स्थायी सदस्यमध्ये कसैले निषेध मत प्रयोग गर्दा संयुक्त राष्ट्र सङ्घको सबै कोशिश बेकाम हुन्छ । र भनिरहनुपर्दैन, पाँच ठूला स्थायी सदस्य राष्ट्रहरूको आआफ्नो स्वार्थ छ । कसैको राष्ट्रिय स्वार्थको बलिबेदीमा किन लाखौं मानिसले आहुति दिने ? किन विश्व समाजले प्रभावकारी हस्तक्षेप नगर्ने, कहिलेसम्म नरसंहारको तटस्थ साक्षी बनिरहने ?
विस्तृतमा पढ्नुहोस् | comments

‘नेपाल–भारत व्यापार मेला २०१३’ पुसमा

काठमाडौं, १२ साउन
    वीरगंज उद्योग वाणिज्य सङ्घ र माइन्ड्स नेपालको संयुक्त आयोजनामा आगामी पुस ३ देखि १३ गतेसम्म वीरगंजमा ‘नेपाल–भारत व्यापार मेला २०१३’ सञ्चालन हुने भएको छ । शनिवार एक कार्यक्रमका बीच वीउवासङ्घका अध्यक्ष अशोककुमार बैद्य तथा माइन्ड्स नेपालका अध्यक्ष मदन लम्सालले समझदारीपत्रमा हस्ताक्षर गरे । कार्यक्रममा वीउवासङ्घका उपाध्यक्ष ओमप्रकाश शर्मा, प्रशासकीय अधिकृत मनोज उपाध्यायलगायतको उपस्थिति थियो ।
    नेपालको प्रमुख आर्थिक केन्द्र वीरगंजलगायत वरिपरिका उद्योग, व्यापार, पारवहन, पर्यटनलगायत क्षेत्रको  प्रवद्र्धन गर्न व्यापार मेलाले महŒवपूर्ण भूमिका निर्वाह गर्ने वीउवासङ्घका अध्यक्ष बैद्यले बताए । मेलाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीहरूलाई वीरगंज क्षेत्रका बारेमा बढीभन्दा बढी जानकारी दिने उनले बताए ।
    त्यस्तै, मेलामा वीरगंज क्षेत्रको व्यावसायिक सम्भावना तथा चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीहरूबीच अन्तत्र्रिmया गरिने माइन्ड्स नेपालका अध्यक्ष लम्सालले बताए । “अहिलेसम्म नेपालमा आयोजना गरिंदै आएका मेला तथा महोत्सवहरूमा मनोरञ्जनलाई प्राथमिकता दिंदै आइएको छ । तर, यो मेलाले सीप तथा प्रविधि हस्तान्तरण र व्यावसायिक सम्भावनाको खोजीलाई केन्द्रमा राखेको छ,” अध्यक्ष लम्सालले भने । नेपालको कुल व्यापारमा भारतस“गको हिस्सा दुई तिहाइभन्दा बढी भएकोले भारतको सीप तथा प्रविधिलाई नेपाल भिœयाउने दिशामा पनि यो मेला केन्द्रित रहने उनको दाबी थियो ।
विस्तृतमा पढ्नुहोस् | comments

चुनाव बिथोल्ने दलहरूलाई चुनावमा सहभागी गराउने प्रयास जारी– अध्यक्ष यादव

प्रस, वीरगंज, १२ साउन 
 दोस्रो संविधानसभाको चुनावलाई  बिथोल्ने प्रयास गरिरहेका केही दलहरूलाई चुनावमा सहभागी गराउनका लागि सरकार तथा उच्च राजनीतिक संयन्त्रले प्रयास जारी राखेको मजफो गणतान्त्रिकका अध्यक्ष्ँ राजकिशोर यादवले बताए ।
    पार्टीको भ्रातृ स·ठन सुदृढीकरणका लागि वीरगंज आएका अध्यक्ष यादवले मधेसी पत्रकार समाजले आयोजना गरेको पत्रकार सम्मेलनमा चुनावमा भाग नलिने घोषणा गरेका दलहरूको सहभागिताबिना कुनै पनि हालतमा संविधानसभाको चुनाव हुन नसक्ने दाबी गरे ।
    सरकार तथा उच्च राजनीतिक संयन्त्रले ती दलहरूलाई जसरी पनि सहमतिमा ल्याउन भरमग्दुर प्रयास गरिरहेका अध्यक्ष यादवले बताए ।
    विगतबाट पाठ नसिकेर दलहरू अगाडि बढे मुलुकलाई अपूरणीय क्षति हुने उनको भनाइ थियो । विगतको संविधानले सम्पूर्ण नेपालीलाई समेट्न नसकेकोले आज देशको अवस्था यस्तो भएको पनि उनले बताए । निर्वाचन क्षेत्र निर्धारण आयोगले पेश गरेको प्रतिवेदन त्रुटिपूर्ण रहेको भन्दै उनले जनसङ्ख्याको आधारमा निर्वाचन क्ष्ँेत्र निर्धारण नगरेआप्mनो पार्टी आन्दोलन गर्न पछि नपर्ने अध्यक्ष्ँ यादवले बताए ।
    विगतको संविधानसभाले धेरै विषयमा सहमति गरिसकेकोले सहमति हुन नसकेका विषयहरूमाथि अहिले नै छलफल र सहमति गर्दा आगामी संविधानसभाबाट संविधान जारी गर्न सजिलो हुने उनले सुझाव दिए । मधेसी दलहरूबीच एकता जरुरी भएपनि आपसी मदभेदका कारण एकीकरण असम्भव रहेको बताए । विभिन्न तŒवहरूले निर्वाचन बिथोल्न खोजे पनि उनीहरूको प्रयास असफल हुने दाबी उनको थियो ।
विस्तृतमा पढ्नुहोस् | comments (1)

बालबालिकालाई विषबाट जोगाऔं

- प्रमोद पौडेल   
बजारमा बेच्नका लागि राखिने खानेकुरा तथा खेलौनाहरूले बालबालिकाको स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्ने गरेको छ । खानेकुरामा प्रयोग हुने र· तथा खेलौनामा प्रयोग हुने पारो, लिड जस्ता विषालु पदार्थको प्रयोगले स्वास्थ्यमा नराम्रो असर पारिरहेको छ ।
    हालै भारतको विहार राज्यको गन्डमाल गाउ“मा सरकारले उपलब्ध गराएको दिउ“सोको खाजामा परेको विषका कारण २३ जना बालबालिकाहरूको जीवन अस्ताएको छ भने कयौं सिकिस्त बिरामी परेका छन् । बालबालिकालाई खान दिएको तरकारीमा समेत विषादी भेटिएको थियो । यो घटना हाम्रो शहरमा पनि हुनसक्छ । त्यसकारण समयमैं राज्य तथा अभिभावक सचेत हुनु आवश्यक छ ।
    खासगरी आवासीय विद्यालयहरूमा दिइने खानाको गुणस्तरका बारेमा गम्भीर हुनुपर्छ । आवासीय विद्यालयको भान्साघरमा प्रयोग हुने खाद्य सामग्रीको अनुगमन हुनुपर्दछ । क्षणिक लाभका लागि बालबालिकालाई विषादीयुक्त खाना त खुवाइरहेका छैनन् भन्ने बारेमा सरकार तथा अभिभावक सचेत हुनुपर्छ । समस्या बल्झिएमा एक अर्कामाथि दोष थोपार्दै शैक्षिक वातावरण बिगार्नुको कुनै अर्थ हु“दैन ।
    अभिभावकले पनि बालबालिकालाई जड्ढ पूmडबाट टाढा राख्नुपर्छ ।  अभिभावकले आपूmलाई सजिलोका लागि बालबालिकालाई जड्ढ पूmड खान दिन्छन् र बालबालिकाहरूको पनि जड्ढ पूmडप्रति मोह बढ्दै जान्छ । यस्तो हेलचक्रयाइ“ले हामीले जानीजानी बालबालिकालाई विषादीयुक्त खानेकुरा खान प्रेरित गरिरहेका छौं । विष बेचेर उद्यमी तथा व्यवसायीले सम्पत्ति त कमाउलान् तर  शान्ति र सन्तोष कहिले पाउने छैनन् ।
    खेलौनाजस्ता वस्तु उत्पादन र बिक्री गर्दा क्षणिक लाभमात्र नहेरी बालबालिकाको स्वास्थ्यमा समेत ध्यान पु¥याउनुपर्छ । स्वास्थ्यमा असर नपर्ने गरी खेलौनाहरूको उत्पादन गर्नुपर्छ किनकि बालबालिकाहरूले खेलौनालाई सोभैm आप्mनो मुखमा राख्ने भएको हुनाले पारो, लिडजस्ता विषालु पदार्थको सम्पर्कमा बालबालिकाहरू सजिलै आउने गर्छन् र अस्वस्थ्य हुन्छन् । राज्यले कमसल खेलौनाहरू बिक्री गर्न प्रतिबन्ध लगाउनुपर्दछ । अभिभावकहरूमा चेतनाको विकास हुनुपर्दछ ।
    बजारमा खुल्ला ठाउ“ बेच्न राखिएका सामग्रीहरूलाई रोक लगाउनुपर्छ । ठेलामा खुल्लारूपमा राखिएका चटपटे, पुच्का (पानीपुडी)लगायतका खानेकुराहरू बेच्न प्रतिबन्ध लगाउनुपर्दछ । बजारमा राखिएका आकर्षक र·युक्तका खानेकुराहरू खानयोग्य हु“दैनन् । तर पनि अभिभावकहरूले यसतर्पm पटक्कै ध्यान दिएका छैनन् । समयमैं सचेत नभएमा यसले ठूलो दुर्घटना निम्त्याउ“छ ।
    राज्य र अभिभावक आप्mनो कतव्र्यप्रति इमानदार नभएसम्म बालबालिकाहरू सुरक्षित हुन सक्दैनन् ।  
वीरगंज–१४
उचबmयम)ण्ण्ढढ२थबजयय।अयm    
विस्तृतमा पढ्नुहोस् | comments

भोजपुरी बालगीत तथा कथा–४

- उमाशङ्कर द्विवेदी   
बालक हिंड्न, बस्न र बोल्न थालेपछि आप्mनो सामुन्ने उपस्थित भएका विभिन्न वस्तुहरूप्रति उसको उत्सुकता प्रखर रहेको हुन्छ तथा ऊ प्रत्येक कुराको वास्तविकता जान्न खोजिरहेको हुन्छ । यस क्रममा घरमा यताको वस्तु उता, उताको वस्तु यता गर्न थाल्दछ । चाहिने नचाहिने उपद्रो गरेर आमालाई हैरान पार्दछ । उसको चकचकेपनले आमालाई घरधन्दा सम्हाल्नमा विघ्न–बाधा उत्पन्न गर्दछ । बालकको यस्तो बाललीला वास्तवमा भन्ने हो भने मनोमुग्धकारी त हुन्छ । तर, घरधन्धाको चटारोलाई साम्य पार्न पनि आवश्यक नै हुन्छ । बालकको यस्तो अवस्थामा बालगीत तथा कथाहरूले उसको मनमस्तिष्कको विकास गर्न निकै सघाउ“छ । यस्तो स्थितिमा बालकलाई सम्हाल्नको निम्ति भोजपुरी भाषामा बालकथाहरूको ठूलो राश नै पाइन्छ । बालकथा वास्तवमा लय हालेर गीत गाइने खालका हुन्छन् । यस्ता कथाहरूले बालकको मेधा वृद्धि गर्नुका साथै नीति निपूण बनाउनमा पनि निकै मदत पु¥याउ“छ । यस्ता कथाहरू शिक्षाप्रद हुनुका साथै बालकहरूलाई मनोरञ्जन प्रदान गर्नमा पनि सहायक सिद्ध हुन्छन् । यहा“ भोजपुरी भाषाका केही बालकथाहरूको चर्चा गर्ने प्रयास गरिएको छ ।
    भोजपुरी बालकथाहरूमध्ये एउटा कथा छ– ‘फरगुदी के कथा’ । फरगुदी नामक चरा गौथलीभैंm जीउडाल भएको चरा हो । एक दिन फरगुदीले चारा टिप्ने क्रममा एउटा चनाको गेडा पाइछ । फरगुदीले मनमनै विचार गरी,“यस चनालाई कुनै उपायले दलेर दाल बनाउन सकियो भने राम्रो हुनेछ तर यसलाई दल्ने केमा ?” यताउति भौतारिंदै उसले काठको एउटा किल्ला (जसलाई भोजपुरी भाषामा खु“टा भनिन्छ) गाडेको पाइछ । किल्लामा एउटा सानो प्वाल थियो ।  दाल बनाउनका लागि त्यसै प्वालमा चना राखेर फरगुदी किल्लावरिपरि घुम्न थाली । एकै छिनमा किल्लाको प्वालबाट चनाको एउटा दाल बाहिर झ¥यो तथा अर्को दाल किल्लाभित्र नै रहिरहयो । फरगुदीले जति प्रयास गर्दा पनि अर्को दाल झरेन । । फरगुदीले मनमा विचार गरी किल्ला चिरेर दाल झिक्नको लागि सिकर्मीलाई बोलाउन गइन् र भन्न थाली,“बढइ बढइ त“ू खु“टा चिर, खु“टा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” फरगुदीको हैसियत हेरेर सिकर्मीले किल्ला चिर्न मानेन । सिकर्मीले किल्ला चिर्न नमानेपछि उसलाई दण्ड दिलाउनका लागि गौरोकहा“ गएर भन्न थाली,“गौरो गौरो तू“ बढइ डांडे, बढइ ना खु“टा चिरे, खु“टा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” फरगुदीको हैसियत देखेर गौरोले सिकर्मीलाई दण्डित गर्न मानेन । गौरोले सिकर्मीलाई दण्डित गर्न नमानेकोले गौरोलाई दण्डित गराउनका लागि महथाकहा“ गएर भन्न थाली,“महथा महथा तू“ गौरो डांडे, गौरो ना बढइ डांडे, बढइ ना खु“टा चिरे, खु“टा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” महथाले पनि फरगुदीको बिन्ती मानेन । महथाको चाला देखेर उसलाई दण्डित गराउनका लागि मन्त्रीकहा“ गएर भन्न थाली,“मन्त्री मन्त्री तू“ महथा डांडे, महथा ना गौरो डांडे, गौरो ना बढइ डांडे, बढइ ना खु“टा चिरे, खु“टा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” फरगुदीको कुरा मन्त्रीले पनि मानेनन् । अब मन्त्रीलाई दण्डित गराउनका लागि फरगुदी राजाको दरबारमा गएर कराउन थाली,“राजा राजा तू“ मन्त्री डांडे, मन्त्री ना महथा डांडे, महथा ना गौरो डांडे, गौरो ना बढइ डांडे, बढइ ना खु“टा चिरे, खु“टा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” फरगुदीको कुरा राजाले पनि मानेनन् । अब राजाको हत्या गराउनका लागि फरगुदी सर्पकहा“ गएर भन्न थाली,“सर्प सर्प तू“ राजा के डंस, राजा ना मन्त्री डांडे, मन्त्री ना महथा डांडे, महथा ना गौरो डांडे, गौरो ना बढइ डांडे, बढइ ना खु“टा चिरे, खु“टा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” सर्पले पनि फरगुदीको कुरा मानेन । अब सर्पलाई मार्नका लागि लट्ठीकहा“ गएर फरगुदीले भन्न थाली,“लाठी लाठी तू“ं सर्प मार, सर्प ना राजा डंसे, राजा ना मन्त्री डांडे,  मन्त्री ना महथा डांडे, महथा ना गौरो डांडे, गौरो ना बढइ डांडे, बढइ ना खु“टा चिरे, खु“टा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” लट्ठीले पनि फरगुदीको कुरा मानेन । लट्ठीलाई जलाउनका लागि फरगुदीले आगोलाई गुहार्न थाली,“आगी आगी तू“ लाठी जर, लाठी ना सर्प मारे, सर्प ना राजा डंसे, राजा ना मन्त्री डांडे, मन्त्री ना महथा डांडे, महथा ना गौरो डांडे, गौरो ना बढइ डांडे, बढइ ना खु“टा चिरे, खु“टा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” फरगुदीको कुरालाई आगोले पनि सुनेन । अब आगो निभाउनका लागि फरगुदी समुद्र किनारा गएर भन्न थाली,“समुद्र समुद्र तू“ आग बुझाव, आगी ना लाठी जारे, लाठी ना सर्प मारे, सर्प ना राजा डंसे, राजा ना मन्त्री डांडे, मन्त्री ना महथा डांडे, महथा ना गौरो डांडे, गौरो ना बढइ डांडे, बढइ ना खुंटा चिरे, खुंटा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” समुद्रले पनि फरगुदीको कुरा सुनेन । अब समुद्रलाई सोसेर सुकाउनका लागि हात्तीकहा“ गएर फरगुदीले भन्न थाली,“हाथी हाथी तू“ समुद्र सोख, समुद्र ना आग बुझावे, आगी ना लाठी जारे, लाठी ना सर्प मारे, सर्प ना राजा डंसे, राजा ना मन्त्री डांडे, मन्त्री ना महथा डांडे, महथा ना गौरो डांडे, गौरो ना बढइ डांडे, बढइ ना खु“टा चिरे, खु“टा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” हात्तीले पनि फरगुदीको कुरा नसुनेपछि अन्त्यमा फरगुदी जङ्गली बेल
(लता)को नजिक गएर भन्न थाली,“लती लती तू“ हाथी छान, हाथी ना समुद्र सोखे, समुद्र ना आग बुझावे, आगी ना लाठी जारे, लाठी ना सर्प मारे, सर्प ना राजा डंसे, राजा ना मन्त्री डांडे, मन्त्री ना महथा डांडे, महथा ना गौरो डांडे, गौरो ना बढइ डांडे, बढइ ना खु“टा चिरे, खु“टा में मोर दाल बाटे, का खाइ“, का पीं, का ले परदेश जाइ“ ?” फरगुदीको कुरा सुनेर द्रवित भई जङ्गली बेल हात्तीलाई छान्नको लागि तयार भयो । यो कुराबारे थाहा पाएर हात्तीले भन्न थाल्यो,“हमे छानो ओनो मत कोइ, हम समुद्र सोखेम लोइ ।” समुद्रले यसबारे सुनेर भन्न थाल्यो,“हमे सुखावो उखावो मत कोइ, हम आगी बुझावे लोइ ।” एवं प्रकारले सर्पले राजालाई डस्न तयार भयो, राजाले मन्त्रीलाई, मन्त्रीले महथालाई, महथाले गौरोलाई, गौरोले सिकर्मीलाई दण्डित गर्न तयार भयो । सिकर्मीले आपूm दण्डित हुने खबर सुनेपछि किल्ला चिरी दियो तथा फरगुदीले किल्लामा अड्केको दाल लिएर फुर्र उडेर गई ।
    भोजपुरी लोकजीवनमा यस्ता
थुप्रै बालकथाहरू विद्यमान छन् ।
यस्ता कथाहरूले बाल मस्तिष्कलाई
उत्सुक बनाउन, उत्साही बनाउन तथा शिक्षाप्रद बनाउन निकै मदत गर्दछ ।
तर, आधुनिक समयमा जनमानसको व्यस्त दिनचर्या तथा टीभीको सस्तो
मनोरञ्जनको कारणले बालगीत, कथा तथा खेलहरू बिस्तारै लोपोन्मुख अवस्थामा छन् । भोजपुरी जनमानस, विज्ञ तथा समाज यसको जगेर्ना, अन्वेषण तथा परिमार्जनमा चनाखो भई सत्प्रयासमा लाग्नुपर्ने बेला आइसकेको छ ।
विस्तृतमा पढ्नुहोस् | comments

दुई बहुमूल्य उपहार

    प्रत्येक व्यक्तिलाई ईश्वरले दुई बहुमूल्य उपहार दिएका छन्– बुद्धि एवं भावना । यी दुई यस्ता चीजहरू हुन्, जसको सही उपयोगको आधारमा एकातर्पm व्यक्तिले सांसारिक जीवनमा आशातीत सफलता प्राप्त गर्न सक्दछ भने अर्कोतर्पm आध्यात्मिक जीवनमा विशेष प्रगति गर्न सक्दछ । तर यसका साथ दुई शर्तहरू छन्– पहिलो त बुद्धि एवं भावना, दुवै परिष्कृत हुनु र दोस्रो शर्त हो– यसको सही सुनियोजन हुनु । सही सुनियोजनको तात्पर्य हो कि जहा“ बुद्धिको प्रयोग हुन्छ, त्यहा“ भावनाको प्रयोग हुनुहु“दैन र जहा“ भावनाको प्रयोग जरुरी छ, त्यहा“ बुद्धिको प्रयोग हुनुहु“दैन । जहा“ दुवैको आवश्यकता पर्दछ, त्यहा“निर बुद्धिको अनुसार भावनाको सही प्रयोग हुनुपर्दछ ।
    भावना एवं बुद्धिको हाम्रो जीवनमा हर समय उपयोग हुन्छ । यसको सही बुझाइ नभएको कारण व्यक्ति आप्mनो जीवनमा अनेक बहुमूल्य अवसरहरूबाट वञ्चित हुन्छन् । भावना जीवनको रस हो भने बुद्धि त्यस रसको सही उपयोग गर्ने विधा हो । भावनाहीन व्यक्ति त्यस पशु समान हुन्छ, जसलाई मानवीय संवेदनाको कुनै समझ नै हु“दैन । यसैगरी व्यक्ति दुष्ट बन्छ र आप्mनो सुखको लागि अरूलाई कष्ट दिन्छ ।
    यस संसारको एउटा खासियत यो हो कि प्रत्येक व्यक्ति अरूस“ग केही लिन चाहन्छ, आप्mनो फाइदा मात्र चाहन्छ र यसको लागि आप्mनो बुद्धिको प्रयोग गरिरहन्छ । अरूस“ग केही पाउने चाहनामा उसको मन सदा रिक्त रहन्छ र ऊ एक यस्तो भीखमङ्गा जस्तो हुन्छ, जो जहिले पनि मागी नै रहन्छ र उसको त्यो माग कहिल्यै पनि पूरा हु“दैन । ऊ घोर अतृप्त एवं असन्तुष्ट हुन्छ र यसैले उसले आप्mनो परिजनस“गको सम्बन्ध लामो समयसम्म दृढताका साथ निभाउन सक्दैन । उसको जीवनमा कलह–क्लेशको अन्त्य कहिल्यै हु“दैन ।
    यसको कारण यतिमात्र हो कि यस्तो परिस्थितिमा भावनाहरूको कुनै प्रकारले विकास हुन पाउ“दैन, अरूस“ग माग्ने चक्करमा उसको मन त्यस बच्चाको समान अपरिपक्व हुन्छ, जो सधैं अरूमाथि निर्भर रहन्छ । यदि व्यक्तिलाई यो भूल सुधार्नु छ भने उसले केही नमागी एवं बिनाशर्त अरूलाई त्यो वस्तु दिने बानी बसाल्नुपर्दछ, जुन आपूmले अरूस“ग चाहेको हुन्छ । भावनायुक्त प्रेमको साथ एउटा शर्त यो पनि छ कि यो अरूस“ग साट्दा बढ्छ, तर आपैंmस“ग राख्दा टाढिदै जान्छ र यस कुरालाई अनुसरण नगरेर प्रेम आपैंmस“ग जम्मा गर्दा व्यक्तिले आप्mनो सबैथोक गुमाउ“छ र ऊ सधैं अतृप्ति एवं अशान्तिले भरिएको हुन्छ ।
    मनोविज्ञानको भाषामा भन्ने हो भने व्यक्तिको ९० प्रतिशत जीवनसम्बन्धी समस्याहरू मनोविज्ञानिक हुन्छन् अर्थात् मनका समस्याहरूस“ग सम्बन्धित हुन्छन् । मनको उथलपुथल, भावनाहरूको आन्तरिक दबाब, चिन्ता, तनाव आदिले व्यक्तिलाई आन्तरिकरूपले दुःख दिनुका साथसाथै शारीरिक रोगहरूका रूपमा पनि बाहिर आउ“छ र उसको जीवनमा व्यवहार एवं चिन्तनसम्बन्धी विकृतिहरूलाई बढावा दिन्छ । लामो समयसम्म यी विकृतिहरू रहनाले व्यक्ति मनोरोगी बन्दछ । यसविपरीत यदि सबैप्रति राम्रो भाव राख्नाले, राम्रो कर्म गर्नाले र आप्mनो प्रत्येक कर्मलाई ईश्वरप्रति समर्पण गर्नाले ईश्वरकै शक्ति एवं प्रेरणाले व्यक्तिले आप्mनो जीवनमा केही गर्न सक्दछ । यस्तो व्यक्तिको व्यक्तित्व गुणहरूको खानी हुन्छ र ऊ आप्mनो जीवनयात्राको चरममा सन्त, महात्मा वा महापुरुष बन्दछ र आप्mनो जीवनले अरूहरूको जीवनको दुःख–कष्ट हर्दछ ।
    वर्तमान समयमा समाज जुन अनैतिक कर्महरूले बा“धिएको छ, त्यसमा एक नशाको प्रवृत्ति हो । हाम्रो समाजमा व्याप्त नशाको प्रवृत्तिका कारण युवाशक्तिको नराम्ररी क्षरण भइरहेको छ । नशाको लतले व्यक्तिलाई भित्रैदेखि खोक्रो बनाउ“छ र उसलाई मृत्युशøयासम्म लैजान्छ । तर, नशालाई अपनाउनुपर्ने मुख्य कारण भावनात्मक अतृप्ति नै हो । जब व्यक्तिको भावना कहींबाट पनि तृप्त हु“दैन, तब त्यस व्यक्तिले स्वयम्लाई तृप्त गर्न नशाको सहारा लिन थाल्दछ र यसमा यति डुब्दै जान्छ कि त्यहा“बाट आपूm स्वयम्लाई बाहिर निकाल्न उसलाई गा¥हो हुन्छ । एक समझदार व्यक्ति कहिल्यै पनि नशा गर्न चाह“दैन । तर, आप्mनो जीवनका असफलताहरू एवं निराशाहरूका बीचमा नराम्रो सङ्गतमा लागेर व्यक्ति नशाको चङ्गुलमा फस्दछ । हरेक व्यक्तिले यस कुरालाई बुझेर भावनात्मक तृप्तिको लागि भगवान्को शरणमा जाने, राम्रा व्यक्तिहरूको सङ्गत गर्ने र नशा गर्ने व्यक्तिहरूलाई नशाको लतबाट छुटकारा दिलाउन मदत गर्नाले भावनात्मक तृप्तिको साथसाथै सन्तुष्टि एवं शान्तिलाई पनि आप्mनो जीवनमा अनुभव गर्दछ ।
    कुनै पनि कार्य गर्नको लागि भावनात्मक स्थिरता हुनु जरुरी छ, तबमात्र व्यक्ति धैर्यपूर्वक स्थिर रहेर कार्यलाई लगनताको साथ पूर्ण गर्न सक्दछ । भावनात्मक अस्थिरता भएमा व्यक्तिभित्र अञ्जान भय र हिचकिचाहट रहिरहन्छ । व्यक्तिभित्र आत्मविश्वासको कमी एवं असुरक्षाको भावना प्रबल हुन्छ । यस्तो व्यक्तिले यदि साहस देखाए पनि अर्को क्षण घोर निराशामा जान्छ । तर, भावनात्मकरूपले स्थिर व्यक्तिले यदि साहस देखाउ“छ भने अरू व्यक्तिहरूलाई पनि साहस एवं उत्साहले भरिपूर्ण पारिदिन्छ । ऊ अरूलाई पीडा हु“दा कहिले पनि चुप लागेर बस्दैन र पीडा निवारण गर्न आप्mनो बुद्धिको प्रयोग गरेर सही कदम उठाउ“दछ ।
    भावनात्मक स्थिरताको लागि व्यक्तिले आप्mनो जीवनमा आउने उतारचढावहरूको निरीक्षण गर्नुपर्दछ । यसबाट हडबडाउनुको साटो सिक्ने प्रयत्न गर्नुपर्दछ र आप्mनो बुद्धिको सही प्रयोग यस्ता समस्याहरूबाट पार पाउन गर्नुपर्दछ । यदि व्यक्तिले सकारात्मक सोच अपनाउ“छ, राम्रा व्यक्तिहरूका साथ रहन्छ भने बिस्तारै बिस्तारै स्वतः ऊ भावनात्मकरूपले स्थिर हुन थाल्छ किनकि हाम्रो जीवनले हामीलाई धेरै कुराहरू सिकाउ“छ । आप्mनो र अरूको जीवनमा घटित अनगिन्ती घटनाहरू एवं इतिहासका घटनाहरूले हामीलाई बताउ“छ कि हामीले कसलाई अपनाउने र कसलाई त्याग गर्ने । 
    भावना एवं बुद्धिको साथ यदि व्यक्तिमा तपशक्ति भएमा ऊ दैवीय सहायता प्राप्त गर्ने अधिकारी हुन्छ । दैवीय सहायता त्यो हो, जसमा व्यक्तिको समस्याहरू समाधान गर्नका लागि अदृश्य शक्तिहरूद्वारा सहयोग गरिन्छ र त्यो सहायता तबमात्र पाइन्छ, जब ती शक्तिहरूले व्यक्तिको राम्रोस“ग परख गर्दछ । तीन आधारहरूमा व्यक्तिको परख गरिन्छ–
१) व्यक्तिको व्यक्तित्व परिष्कृत छ कि छैन ।
२) व्यक्तिको कार्यको उद्देश्य एवं दृष्टिकोण उच्चस्तरीय छ कि छैन ।
३) व्यक्तिको भित्र अटूट श्रद्धा एवं विश्वास छ कि छैन ।
    परिष्कृत व्यक्तित्व, उच्चस्तरीय उद्देश्य एवं दृष्टिकोण तथा अटूट श्रद्धा एवं विश्वासको शर्त पूरा भएमा व्यक्तिले निस्सन्देह अदृश्य सहायताहरू पाउ“छन् र उसको भावना एवं बुद्धिको सही विकास पनि हुन्छ ।
विस्तृतमा पढ्नुहोस् | comments

जनतान्त्रिकका सैन्य कमान्डर अग्नि पक्राउ

राजेश केशरीवाल, रक्सौल, ११ साउन/
    सशस्त्र भूमिगत विद्रोही जनतान्त्रिक तराई मुक्ति मोर्चा (प्रकाश) का पर्सा, बारा, रौतहट सैन्य कमान्डर अग्नि भनिने सुनील जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
    अग्निलाई नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त सुरक्षा टोलीले गएराति आदापुरबाट नियन्त्रणमा लिएको हो ।
    २०६६ साल पुस २२ गते  गंजभवानीपुर–२ बस्ने रामप्रकाश यादव, निजका भाइ कन्हैया यादव, भान्जा
द्वारप्रसाद यादव र सोही गाविस–९ का अम्बिका महतो नुनियालाई हत्या गरेको अभियोग लागेपछि फरार जयसवाल भारत, आदापुर आसपास क्षेत्रमा लुकी छिपी बसेका थिए । भारतीय प्रहरीको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको अभियुक्तलाई तत्कालै नेपाल प्रहरीको जिम्मा लगाएको भारत रक्सौल थाना प्रभारी जितेन्द्र पाण्डेले बताए ।
    नारायणी अञ्चल प्रहरी कार्यालय, वीरगंजका प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले लामो समयदेखि खोजीसूचीमा राखी नेपाल भारत प्रहरीले खोजतलास गरिरहेको निजहरू यसपटक पक्राउ परेको जानकारी प्राप्त भएको बताए ।
    उनले पक्राउ परेका जयसवाल भारत प्रहरीकै जिम्मामा रहेको बताउँदै नेपाल ल्याएको कुरा अस्वीकार गरे ।
सिकेन्द्र पासवान, कलैया/
    प्रहरीले अपहरण शैलीमा छोरा सुनील जयसवाललाई पक्राउ गरेको भन्दै उनका पिता कलैया–४ बस्ने
रामचन्द्रप्रसाद जयसवालले छोराको जीवनरक्षाका लागि सञ्चारकर्मी र अधिकारकर्मीहरूसँग अपिल गरेका छन् ।
    आदापुर ससुराली घरमा बसेको बेला गएराति ३ बजे प्रहरीले नियन्त्रणमा लिएको भए तापनि अहिलेसम्म सार्वजनिक नगरेको भन्दै उनले जीवन रक्षाको अपिल गरेका हुन् ।
विस्तृतमा पढ्नुहोस् | comments

मारवाडी सेवा समितिद्वारा फ्रिज हस्तान्तरण

प्रस, वीरगंज, ११ साउन/
    मारवाडी सेवा ट्रस्ट राणीसती अतिथि सदनले आज एक कार्यक्रम गरी नेपाल रेडक्रस सोसाइटी पर्सा रक्तसञ्चार केन्द्रलाई एक थान फ्रिज हस्तरान्तरण गरेको छ ।
    मारवाडी सेवा ट्रस्ट एक सामाजिक संस्थाको रूपमा स्थापित भएकोले विभिन्न सामाजिक क्षेत्रलाई सहयोग गर्दै आएको  संस्थाका अध्यक्ष हीरालाल केडियाले बताए ।
    फ्रिज हस्तान्तरण कार्यक्रममा केडियाले प्राप्त जानकारीको आधारमा आवश्यकता भएको क्षेत्रको विकासका लागि सहयोग गर्ने गरेको बताए ।
    संस्थाका उपाध्यक्ष बाबूलाल अग्रवालले यस संस्थाले शिक्षा स्वास्थ्य लगायत धार्मिक कार्यक्रम गर्दै आएको बताए ।
    सामाजिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल यस संस्थाले आवश्यक परेको बेला सामाजिक क्षेत्रमा अझै पनि  सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
    संस्थाले उपलब्ध गराएको एक थान फ्रिजबाट रक्तसञ्चार केन्द्रलाई निकै सहगोग पुग्ने नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष फुलमहम्मद मियाँले बताए । रक्तदान कार्यक्रममा धेरै मात्रामा रक्रदान हुँदा रगत राख्न समस्या भइरहेको बेला नेपाल रेडक्रस सोसाइटीले फ्रिजको लागि सहयोग मागेको अध्यक्ष मियाँले बताए । सहयोग दिएकोमा मियाँले मारवाडी सेवा ट्रस्टप्रति आभार प्रकट गरेका थिए ।
विस्तृतमा पढ्नुहोस् | comments

मङ्सिर ४ गते निर्वाचन हुनेमा शङ्का– यादव

सिकेन्द्र पासवान, कलैया ११ साउन/
    मधेसी जन अधिकार फोरम गणतान्त्रिकका राष्ट्रिय अध्यक्ष राजकिशोर यादवले संविधानसभाको दोस्रो निवार्चन मङ्सिर ४ गते हुनेमा शङ्का रहेको बताएका छन् ।
    कलैयामा पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट एवं छलफल कार्यक्रमलाई सम्बोधन गर्दै सरकारको रवैया र ठूला चार राजनितिक दलको हैकमवादले निर्धारित समयमा चुनाव हुन आशङ्का बढेको उनले बताए । मुलुकको एक मात्र निकास संविधानसभा निवार्चन भएकोले भयमुक्त अवस्थामा र बढीभन्दा बढी जनताको सहभागितामा चुनाव गराउन सबै राजनीतिक दलहरूलाई संवेदनशील बन्न आग्रह गरे ।
    आत्म अधिकारको निर्णयसहित श्वेत प्रदेश निर्माण, समतामूलक समाज स्थापना गर्न आफ्नो पार्टी लागिपरेको बताउँदै उनले मधेसी जनताको भवनाविपरीत केही मधेसवादी दलहरूले कुर्सी र पैसामा लागेर मधेसको मुद्दा बिर्सेको आरोप लगाए । मधेसीमाथि भइरहेको विभेदको अन्त्य गरी राज्यका सबै निकायमा जनसङ्ख्याका आधारमा समानुपातिक प्रतिनिधित्व भए मात्र मुलुकमा स्थायी शान्ति र विकास सम्भव हुने भन्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थायित्व हुने उनले जिकिर गरे ।
    पार्टी जिल्ला अध्यक्ष रामकिशोर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वरिष्ठ नेता राजलाल यादव, महासचिव शशिकपुर मियाँ, केन्द्रीय सदस्यद्वय उमेशलाल दास, पवन ब्याहुत तथा सि.पि सिंह, विजय महासेठ लगायतले विचार व्यक्त गरेका थिए ।
    सच्चिदानन्द यादवले स्वागत गरेको सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी फोरम गणतान्त्रिकमा अशोक यादव लगायत करिब सयजना प्रवेश गरे ।
विस्तृतमा पढ्नुहोस् | comments

लोभको परिणाम

– रमेश पटेल
    एउटा गाउँमा एकजना मध्यमवर्गीय किसान बस्दथ्यो । किसानका तीनजना छोराहरू थिए । छोराहरू यौवनावस्थामा पुगिसकेका थिए । किसानले आफू बुढेसकाल लागेपछि जेठो छोराको विवाह गरिदिएको थियो । किसानसँग एक बिघा जति खेत थियो तर घडेरी सानो थियो । त्यसैमा तीन कोठाको एउटा घर बनाएको थियो । तीन कोठाको उक्त घरको एउटा कोठा जीर्ण अवस्थामा पुगिसकेको थियो ।
    बिस्तारै बूढाबूढीको आयु छिप्पिदै गयो र एक वर्षकै अन्तरालमा दुवैजनाको मृत्यु भयो । आमाबुबा जीवित छँदासम्म तीन भाइछोराहरूले कहिल्यै झगडा गरेनन् । जेठाको नाम पुष्कर, माहिलाको सन्देह र कान्छोको नाम बहादुर थियो । पुष्कर र सन्देह बाठा थिए भने बहादुर अलि लाटो थियो । बहादुरलाई गाउँका अधिकांश मानिसहरूले लाटो भनेर बोलाउँथे । आमाबुबाको मृत्युपश्चात् सन्देहले पनि बिहे गर्‍यो । त्यसपछि घरको कामलाई लिएर पुष्कर र सन्देहका पत्नीहरूबीच दिनहुँजसो झगडा हुन थाल्यो । दिन बित्दै जाँदा पुष्कर र सन्देहले आ–आफ्नो पत्नीको पक्ष लिएर झगडा गर्न थाले । दुवैजनाले अलग–अलग खाना बनाएर खान थाले । आफ्नो पक्षमा नबोलेको भन्दै लाटोलाई पुष्कर र सन्देह दुवैले कुनै वास्ता गरेनन् ।
    अब एकै ठाउँमा बस्ने अवस्था रहेन । भागबन्डा गरेर तीनैजना अलग–अलग बस्न थाले । कान्छोले जीर्ण अवस्थामा पुगेको घर र कम उब्जाउ हुने ५ कट्ठा खेत मात्र पायो । तर पुष्कर र सन्देहले राम्रो घर र उब्जाउ खेतहरू लिए । खेतको उब्जनी झन् बढाउन उनीहरूले आ–आफ्नो खेतमा बढी रासायनिक मल छर्न थाले । एकअर्काभन्दा धनी बन्नलाई मल छर्ने होडबाजी नै चल्यो । लाटो एक्लै भएकोले कम उब्जनीले पनि उसलाई वर्षभरि खान पुग्थ्यो । त्यसैले ऊ खेतमा कमसेकम रासायनिक मल छथ्र्यो । केही वर्षपछि पुष्कर र सन्देहको खेतको उत्पादन ह्वात्तै घट्यो । सिंचाइ र गुणस्तरीय बीउको सुविधा पाउँदै गएपछि लाटोको खेतको उत्पादन बढ्दै गयो । जब पुष्कर र सन्देहको खेतको उत्पादनले बिहान–बेलुकाको छाक टार्न पनि धौंधौं पर्न थाल्यो । त्यसपछि उनीहरूले लाटोको घरबाट खाद्यान्न र पैसा चोर्न थाले । लाटो एक्लै भएकोले घरमा ताला लगाएर आफ्नो काममा जान्थ्यो । तर जीर्ण अवस्थामा पुगेको लाटोको घरमा अनेक प्रकारका ढोकाहरू थिए, जुन दिनरात खुल्लै रहन्थ्यो । दिनहुँजसो चोरी बढ्दै गएपछि लाटोलाई पनि बिहान–बेलुकाको छाक टार्न धौंधौं पर्न थाल्यो । घर बनाउन जम्मा गरेको सबै अन्न र पैसा चोरी भएपछि लाटोले रिसाएर आफ्नो घरमा आगो लगायो र त्यहाँबाट हिंड्यो । आगो लागेको कुरा गाउँभरि फैलियो र गाउँलेहरू आएर आगो निभाउन थाले । आगो निभाउन्जेलसम्म लाटोको घर पूर्णरूपले जलिसकेको थियो तर लाटोको घरसँगै टाँसिएको सन्देहको घरमा नाममात्रको क्षति भएको थियो । बेलुका लाटो घर आएपछि रिसमा आएर घर जलाएकोमा पछुतो मान्न थाल्यो । अब लाटोले कुनै विकल्प सोच्न थाल्यो ।
    भोलि मध्यरातमा यही गाउँ भएर राजाको बहुमूल्य वस्तु भित्रिने कुरा उसको दिमागमा आयो । राजाको बहुमूल्य वस्तु बोकेको टायरगाडाको ठाउँमा आफ्नो घरको खरानी भएको टायरगाडा छोड्ने र बहुमूल्य वस्तु भएको टायरगाडा झिक्ने उसले विचार गर्‍यो । ऊ चोर्न सजिलो हुने खालको टायरगाडा र गोरु खोज्न राति नै हिंड्यो । खोज्दै जाँदा गाउँको मुखियाको गोठमा टायरगाडा र गोरु ढोका खुल्लै रहेको अवस्थामा देख्यो र फर्केर आयो । बिहान भएपछि लाटोले एउटा नयाँ पाल किनेर ल्यायो । अघिल्लो रातको योजनाअनुसार मध्यरातमा सबै मान्छे मस्त निद्रामा सुतेपछि मुखियाको टायरगाडा र गोरु खोलेर ल्यायो । टायरगाडाभरि खरानी राख्यो र पालले सिलबन्दी गरी राजाको टायरगाडा आउने बाटोमा लगेर रोक्यो । मध्यरातको समय भएकोले चारैतिर एकदमै सुनसान थियो । लाटोले गोरु हिंडेको आवाज सुनेपछि आफ्नो गोरु पनि बिस्तारै हाँक्न थाल्यो । राजाको धेरै टायरगाडा भएकोले अघिपछि को छ भन्ने कुरा राजाका पहलमानहरूलाई थाहा थिएन । लाटोको टायरगाडा राजाको टायरगाडासँगै केही पर पुगेपछि लाटोले आफ्नो गोरुको डोरी बेस्सरी तानेर पिट्न थाल्यो । गोरुको डोरी बेस्सरी तानेकोले जति पिटे पनि गोरु हिंड्दैन्थ्यो । एकछिनमा सबै टायरगाडाहरूको लाम लाग्यो । सबैभन्दा पछिल्लो टायरगाडाको पहलमान आवश्यकताभन्दा धेरै बाटो र फुर्तिलो थियो । बाटो जाम हुनेबित्तिकै आफ्नो टायरगाडा छोडेर अगाडि आयो । गोरु हिंड्न नमानेको कुरा लाटोले उसलाई बतायो । त्यसपछि लाटोलाई ओराल्न लगाइ आपैंm लाटोको टायरगाडामा चढ्यो । टायरगाडामा चढ्ने बित्तिकै उसले गोरुलाई बेस्सी पिट्यो । त्यसपछि गोरु दौड्न थाल्यो । “मेरो टायरगाडा सबैभन्दा पछाडि छ लिएर आउनुस् है,” त्यो पहलमानले लाटोलाई भन्यो । लाटोले पनि हुन्छ भन्यो । सबै टायरगाडाहरू अघि बढिसकेपछि लाटोले आफू चढेको टायरगाडा पछाडि फर्काएर आफ्नो घर ल्यायो । घर जलिसकेकोले लाटोले सबै बहुमूल्य वस्तुहरू पाल टाँगेर राखेको थियो ।
    भोलिपल्ट बिहान पुष्कर, सन्देह र उनीहरूका पत्नीलाई लाटोको सम्पत्ति हेर्ने बित्तिकै लोभ लाग्यो । यतिका धनसम्पत्ति कहाँबाट ल्याएको भनी उनीहरूले लाटोसँग सोध्दा उसले भन्यो,“पल्लो गाउँका मानिसहरू धेरै धनी छन् । उनीहरूले खरानीसँगै आफ्नो बहुमूल्य वस्तु साटिदिन्छन् । मैले त्यहीबाट साटेर ल्याएको ।” केही नसोची लाटोको कुरामा विश्वास गरी उनीहरूले आ–आफ्नो घरमा आगो लगाएर खरानी बनाए । टायरगाडा भाडामा लिएर जम्मै खरानी राखे र पल्लो गाउँ पुगे । तर, त्यस गाउँका मानिसहरू निकै गरीब थिए । खरानीसँग बहुमूल्य वस्तु साट्ने कुरा सुन्दा गाउँलेले उनीहरूलाई पागल भनी गाउँबाट लखेट्यो । घर फर्कने बेलामा उनीहरू बीच बाटोमा आइपुगेपछि जोडले हावा बग्न थाल्यो र हावाले जम्मै खरानी उडाएर लग्यो । त्यसपछि उनीहरू रुँदै घर आए । आ–आफ्ना पति रोएको देखेर दुवैका पत्नी पनि रुन थाले । यो सबै देखेर लाटो मुस्कुराइरहेको थियो ।
    लाटोले धोका दिएको भन्दै पुष्कर, सन्देह र उनीहरूका पत्नीले लाटोलाई तह लगाउने विचार गरे । उनीहरूले लाटोलाई बोरामा बन्द गरी नदीमा बगाउने विचार गरे । योजनाअनुसार उनीहरूले लाटोलाई बोरामा बन्द गरी नदीको छेउमा पुर्‍याए । हात्तीमा सवार एकजना व्यक्ति आइरहेको देखेर लाटोलाई नदी छेउमैं राखेर उनीहरू भागे । तर हात्तीमा सवार मान्छेले केही पनि देखेन । किनभने ऊ आपैंm रिसले चूर थियो । कुनै कारणवश उक्त मान्छे हात्तीमा चढेर मर्न आइरहेको थियो । आफूसँगै हात्तीलाई किन मार्नु बरु यो बोरा भएको वस्तु निकाली आफू बोरामा पसेर नदीमा हाम फाल्दा छिट्टै मर्छु र बढी छटपटाउनुपर्दैन भनी विचार गर्‍यो । हात्तीबाट ओर्लेर बोरा खोली लाटोलाई बाहिर निकाल्यो र लाटोसँग केही नबोली बोरामा पसेर नदीमा हाम फाल्यो । त्यसपछि लाटो हात्ती लिएर घर आयो ।
    लाटोले हात्ती ल्याएको देखेर चारैजना छक्क परे र सोधे । उनीहरूको कुरा सुनेर लाटोले मनमनै विचार गर्‍यो,“अब तिमीहरूको अन्तिम समय आइसकेछ,” उसले भन्यो,“म खोलाभित्र जाँदा धेरै हात्तीहरू थिए । बोराको मुख खोलेपछि जम्मै हात्तीहरू भाग्यो र एउटा मात्र समात्न सकें । भोलि फेरि मलाई त्यसरी नै गर्नु म अरू हात्ती समातेर ल्याउँछु ।” लाटोको कुरा सुनेपछि यसरी त हामी पनि हात्ती समात्न सक्छौं भन्दै दुईवटा बोरा लिएर चारैजना नदीतिर लागे । दुवैजनाका पत्नीले आ–आफ्नो पतिलाई बोरामा बाँधेर नदीमा फाले । पतिहरू हात्ती लिएर निस्कन्छन् भनी पत्नीहरू साँझसम्म पर्खेर बसे तर पतिहरू निस्केनन् । यत्तिकैमा एउटा माझी माछा मारेर त्यही नदीको किनार भएर आइरहेको थियो । माझीलाई आफ्नो कुरा सुनाएपछि माझीले तिमीहरूका पति हात्ती लिएर हैन, उनीहरूका मृत शरीर आउने बताएपछि पत्नीहरू रुँदै घर फर्के ।
विस्तृतमा पढ्नुहोस् | comments

ads2

स्वतन्त्र विचार

धर्म–संस्कृति

अर्थ-उद्योग-वाणिज्य

कबीरा खडा बजार

मन्तव्य

अर्थविशेष

शिक्षा नेपाल

 
Copyright © 2009-2013. prateek daily - All Rights Reserved
Template Modify by mukesh basnet Inspired email
Proudly powered by Blogger