Friday, July 12, 2013

मेरो जन्मभूमि

        हामी सबै विद्यार्थी हौं, भोलिका कर्णधार,
        एकजुट भई बनाउने छौं देशको बलियो आधार ।
        आइलागेका शत्रुबाट डराउनुहुन्न,
        देश विकासमा पछाडि पर्नुहुन्न ।
नेपाल आमाको काखमा हामी हुर्केका छौं,
आफ्नो परिश्रम र पौरखले देशलाई सिंगार्ने छौं ।
आफ्नो जन्भूमिलाई नै आफ्नो कर्मभूमि बनाउने छौं
        देश निर्माणमा सक्दो हात लगाउने छौं ।
        दु:खसुख गरी जन्मभूमिका लागि मरिमेट्ने छौं,
        आँधी तुफानलाई पनि आफ्नो छातीमा रोक्नेछौं ।
        परिश्रम र सकारात्मक विचारको खोला बगाउने छौं,  
      आफ्नो जन्मभूमिका लागि वैचारिक क्रान्ति ल्याउने छौ ।
   – जिक्की कुमार गुप्ता, 
कक्षा–१०, माउण्ट एडमण्ड माध्यमिक विद्यालय

SHARE THIS

Author: Prateek Daily

वीरगंजबाट प्रकाशित राष्ट्रिय “क” वर्गको दैनिक पत्रिका

0 comments:

Find us