Home » » अनिश्चितकालीन भोक हडताल जारी मिलले तत्काल १२ करोड भुक्तानी दिने

अनिश्चितकालीन भोक हडताल जारी मिलले तत्काल १२ करोड भुक्तानी दिने

प्रस, रौतहट, ३ असोज/
    उखु उत्पादक सङ्घ जिल्ला कार्य समिति रौतहटले विभिन्न माग राखी अनिश्चितकालीन भोक हडताल शुरु गरेको छ ।
    उखु उत्पादक सङ्घ जिल्ला कार्य समिति रौतहटका जिल्ला अध्यक्ष जयनाथ यादवको नेतृत्वमा भोक हडताल शुरु भएको हो ।
    श्रीराम सुगर मिल गरुडाको प्रशासन शाखाको मूलगेटमा १५—२० जना कृषक भोक हडतालमा बसेका सङ्घले जनाएको छ ।
    श्रीराम सुगर मिल गरुडाले आव ०६८/०६९ को बाँकी रकम नयाँ क्रसिङ शुरु हुन २७ दिन पहिले भुक्तानी दिनुपर्ने, कारखानाबाट उत्पादित बायो प्रोडक्ट प्रेस मडबाट जैविक मल तयार गरी कृषकहरूलाई सर्वसुलभ दरमा उपलब्ध गराउनुपर्ने र ०६९।०७० को प्रस्ट कार्यक्रम जानकारी गराउन दबाबमूलक भोक हडताल गरेका हुन् ।
    श्रीराम सुगर मिलका प्रशासकीय अधिकृत जयम·ल यादवले कृषकहरूको बाँकी १८ करोड रकममध्ये १२ करोडको भुक्तानी सूची प्रकाशित गरिसकेको बताउँदै छिटै बाँकी ६ करोडको व्यवस्था मिलाउने बताए । जैविक मल बनाउन करोडौं लागत लाग्ने भएको हुनाले हाल सम्भव नरहेको बताए । आगामी कार्यक्रमबारे कृषक सङ्घको सहमतिमा मिल सञ्चालन हुनु अगावै सार्वजनिक गरिने बताए ।
Share this article :

No comments:

Post a Comment

 
Copyright © 2009-2013. prateek daily - All Rights Reserved
Template Modify by mukesh basnet Inspired email
Proudly powered by Blogger